१६ भदौ, एजेन्सी ।
क्यानडाको धेरै जंगलहरुमा आगलागी भएको छ । पश्चिमी प्रान्तका ब्रिटिश कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरुमा डढलो लागेको हो । खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रण बाहिर रहेको बताइएको छ । २४ घण्टामा करिव २० ठाउँमा डढेलो लागेको छ ।
धेरैजसो डढेलो चट्याङका कारण लागेका हुन् । देशभर ४२० स्थानमा डढेलो लागेको बताइएको छ । सरकारले ४ हजार २ सय बढी परिवारलाई जोखिम क्षेत्रबाट स्थानान्तरण गरेको छ । त्यस्तै ६५ हजार बढीलाई स्थानान्तरण गराउन आदेश दिइएको छ । डढेलोको कारण प्रभावित प्रान्तमा दुई हप्ता आपत्कालीन अवस्था घोषणा गरिएको छ ।
ब्रिटिश कोलम्बियाले गत हिउँददेखि खडेरीको सामना गरिरहेको छ । उत्तरी क्षेत्रमा पानी नपर्दा आगो नियन्त्रणमा लिन झनै समस्या भएको बताइएको छ । सात दिनपछि मात्रै एकपटक दक्षिणी हावा बहेकोमा खशी भएको मन्त्री एमएले बताए ।
डढेलो निभाउन सकिन्छ की सकिँदैन भन्ने यकिन गर्नै गाह्रो भइरहेको पनि उनले बताए । यसैबीच फस्र्ट नेशनले क्यानडाको सास्काचेवानको एक पूर्व आवासीय विद्यालयमा ७९ वटा शंकास्पद बालबालिकाहरुको चिहान र १४ शिशु चिहान फेला पारेको बताएको छ । प्रत्येकलाई चिन्नको लागि ९३ वटा गुलावी झण्डा राखेर चिन्ह लगाइएको थियो ।
यसले उत्तरपश्चिमका १६ वटा समुदायलाई प्रभाव पार्ने बताइएको छ । इङ्लिस रिभर फस्र्ट नेसनले आफ्नो ग्राउण्ड—पेनिटे«टिङ राडार (जिपीआर) को खोज २ वर्षअघि शुरु भएको बताएको थियो । ब्युबल इण्डियन रेसिडेन्सियल स्कुल पहिलो पटक १८६० मा स्थापना भएको थियो । जो सय वर्ष भन्दा बढी समय सञ्चालन भएको थियो ।