पूर्वाञ्चल विश्वविद्यालयमा एमबीबीएस पढाई हुने

पूर्वाञ्चल विश्वविद्यालयमा एमबीबीएस पढाई हुने

विराटनगर : पुर्वाञ्चल विश्वविद्यालय (पूवि) ले एक वर्ष भित्रमा विद्यावारिध र एमबीबीएसको पढाई सुरु गर्ने भएको छ । पुविका उपकुलपति प्राडा घनश्यामलाल दासले आफ्नो चारवर्षे कार्यकालको बाँकी एक वर्षको अवधिमा विद्यावारिधिको पढाई र मेडिकल कलेज खोल्ने बाचासमेत गरेका छन् ।आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

पूवि अन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट (पुसम) को २२ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार विराटनगरमा भएको कार्यक्रममा आफ्नो कार्यकालमा पूविमा धेरै प्राज्ञिक काम भएको दावी गरे ।

उनले भने ‘पूर्वाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा पहिले ९ कार्यत्रलम मात्र पढाई हुन्थ्यो भने अहिले बढेर २० पुर्याइएको छ । ’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.