४ भारतीय चोरीको ९ लाखका मोबाइलसहित समातिए

४ भारतीय चोरीको ९ लाखका मोबाइलसहित समातिए

४ असोज, काठमाण्डौ ।
चोरीका मोबाइल बोकेर काठमाडौं उड्न लागेका ४ जना व्यक्ति नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन्। अन्दाजी ९ लाख रुपैयाँ मूल्य बराबरको चोरीका मोबाइलसहित नेपालगञ्ज विमानस्थल प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

बुद्ध एयरको जहाजबाट काठमाडौं जानका लागि विमानस्थलमा उनीहरुको झोला एयरपोर्टको एक्सरे मेसिनमा राखि चेकजाँच गर्दा ‘कैफियत’ देखिएपछि विमानस्थल प्रहरीले खोलेर तलासी गरेको थियो। तलासी गर्दा उनीहरुले बोकेको झोलामा विभिन्न कम्पनीका ३२ थान मोबाइल फेला परेका थिए। प्रहरीले भारतको मध्य प्रदेशको इन्दौर घर भएका ३८ वर्षीय अमित सोलंकी, इन्दौर नै बस्ने ३७ वर्क्षिषय सचिन कुक्रेजा, ३९ वर्षीय कमल बंसारी, अमित सोलंकीलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये अमित सोलंकीको साथबाट ८ थान, सचिन कुक्रेजाको साथबाट ८ थान, कमल बंसारीको साथबाट ८ थान र अमित सोलंकीको साथबाट पनि ८ थान मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.