NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ? आइतवार अशोज २६ , २०८२
आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ? आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

दल फेर्दै सकिने भो बाबुरामको राजनीति

बिहिबार कार्तिक ९ , २०८०
Reading Time: 1 min read
A A
‘बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याउँ, संविधान चाहिँ जोगाऔँ’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ कार्तिक,काठमाण्डौ ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । ७ वर्ष अघि माओवादी परित्याग गरी वैकल्पिक शक्तिकै रुपमा नयाँ शक्ति पार्टी गठन गरेपनि ३ वर्षपछि पूरानै राजनैतिक दलसँग समाहित गराएका बाबुरामले अहिले आएर फेरि वैकल्पिक शक्तिको नारा अघि सारेका छन् ।

सामाजिक संजाल एक्समार्फत डा. भट्टराईले संविधान जारी भएपछि कान्तिकारीहरू नै सत्ताको चानीमा डुब्ने आँकलन गरेर नै आफूले नयाँ शक्ति निर्माणको अभियान थाले पनि पुरानाहरूलाई नै लिएर सुधार गर्ने आदर्श प्रयासले असफलता हात परेको स्वीकार गरेका छन् ।

“हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचारसहितको ‘नयाँशक्ति’ को आवश्यकता भनेका हौँ र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौँ । परन्तु बीचबीचमा हामीले तिनै प्रतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोसिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन,” डा. भट्टराईले लेखेका छन्, “केही समययता हामी आफ्ना गल्तीकमजोरीलाई सच्याएर नयाँ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौँ ।”

LS Auto

उनले पुराना दलहरूको अकर्मन्यता र गलत कर्मले नयाँ वैकल्पिक शक्ति निर्माणका आधार तयार गर्दै गरेको पनि उल्लेख गरेका छन् । “यो बीचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक छ,” भट्टराईले भनेका छन्, “असन्तुष्टी नै नयाँ सिर्जनाको जननी हो भने झै यसले नयाँ वैकल्पिक शक्तिको निर्माणमा नयाँ आधार निर्माण पनि गर्दैछ ।”

डा. भट्टराईले अल्वर्ट आइन्सटाइन र रोजा लग्जेम्बर्गका भनाइहरू कोट गर्दै दुवैका विचारहरू साथमा लिएर नयाँ वैकल्पिक शक्ति निर्माणको प्रयास हु्ने बताएका छन् । आइन्सटाइन भन्थे– जुन चेतनाले कुनै समस्या सिर्जना गरेको हुन्छ त्यही चेतनामा उभिएर सो समस्या हल गर्न सकिन्न ।’

त्यस्तै, लेनिनलाई दरो वैचारिक टक्कर दिने रोजा लग्जेम्बर्ग भन्थिन– कुनै पनि क्रान्ति स्थिर रहन सक्दैन, त्यो कि अघि बढ्छ कि पछि हट्छ । उनले नेपालमा बीपी कोइराला र प्ुष्पलाल श्रेष्ठले सुरु गरेको राजनीतिक आन्दोलनले ०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपनि राजनीतिक दलहरूको सत्ता स्वार्थले त्यसलाई कार्यान्वयनमा अवरोध गरेको उल्लेख गरेका छन् ।

“नेपालमा २००७ सालतिर बीपी र पुष्पलालहरूले सुरू गरेको पुँजीवादी लोकतान्त्रिक क्रान्तिलाई ६५ बर्षसम्म संघर्षका विभिन्न उतारचढाव हुँदै हाम्रो पुस्ताले २०७२ सालमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेर सापेक्ष पूर्णतामा पु¥याएकै हो,” भट्टराईले भनेका छन्, “परन्तु त्यस यताको समयमा त्यो ऐतिहासिक राजनीतिक क्रान्तिलाई पछिल्लो भू–राजनीतिक र भू–आर्थिक विशेषता र नेपालको विशिष्ठता अनुरूप नयाँ आर्थिक–सामाजिक क्रान्तिको विचार÷नीति÷योजना÷कार्यान्वयन मार्फत रक्षा र विकास गर्दै आम जनतालाई सुशासन र समतामूलक समृद्धिको प्रत्याभूति र समग्र क्रान्तिको निरन्तरता दिनु पर्नेमा पुराना क्रान्तिकारी नेताहरू नै सत्तास्वार्थको चास्नीमा डुब्न पुग्नु अहिलेको नेपालको प्रमुख समस्या हो ।”

उनले यी समस्याका बावजुत आफूले आइएन्सटाइन र लग्जेम्वर्गको भनाइलाई आन्मसाथ गर्दै क्रान्ति र परिवर्तनको प्रक्रियालाई अघि बढाइरहेको भन्दै युवा र पुराना शक्तिहरूलाई पनि विचार गर्न आह्वान गरेका छन् । “अतः पछिल्लो इन्टरनेट र एआई प्रविधिमा पोख्त हाम्रो नयाँ पुस्ताले यसमा विशेष ध्यान देओस् पुराना क्रान्तिकारी आन्दोलनका भ्रष्टिकृत नभैसकेकाहरूले पनि आइन्सटाइन र रोजालाई सम्झिउन !,”

डा. भट्टराईले भनेका छन् । संयुक्त जनमोर्चा हुँदै लामो समय माओवादीबाट राजनीतिमा सक्रिय रहेका पूर्वप्रधानमन्त्री डा भट्टराई पछिल्लो ७ वर्षमा नयाँ शक्ति, जनता समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टीसम्म आईपुगेका छन् ।

उनी नेतृत्वको नेसपाका अर्का अध्यक्ष महेन्द्रराय यादवसँग समेत अहिले असन्तुष्टि बढिरहेका बेला डा भट्टराईले वैकल्पिक शक्तिको मुद्धा उठाएका छन् । माओवादीको चुनावचिन्हबाट सांसदमा विजयी भइ मन्त्री समेत बनेका यादव भने बाबुरामको इच्छाविपरित माओवादीसँग पार्टी एकताको पक्षमा छन् ।

Tags: #डा.बाबुराम भट्टराई#बाबुरामको राजनीति

लोकप्रीय

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२

विचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२

थप समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै
समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड
खेलकुद

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?
ताजा समाचार

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२
आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली
ताजा समाचार

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.