अहमदाबादमा झण्डा गाड्ने भारत कि अस्ट्रेलिया ?

अहमदाबादमा झण्डा गाड्ने भारत कि अस्ट्रेलिया ?

३ मंसिर,एजेन्सी ।
एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा तय गरेका हुन् । आठ पटकसम्म फाइनल खेलेको अस्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ ।

चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ । विश्वकपको फाइनलमा दुई देशबीच सन् २००३ मा मात्रै खेल भएको थियो । त्यो खेल अस्ट्रेलियाले जितेको थियो । जारी विश्वकपमा भारत अहिलेसम्म अपराजित रहेको छ । अस्ट्रेलिया भने समूह चरणमा नै भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

उपाधि दाबेदार दुबै टोली स्टार खेलाडीले भरिएका छन् । तर केही यस्ता खेलाडी छन् जस्ले एक्लै टोलीको जित सहज बनाउन सक्ने खुबी राख्छन् । फाइनलमा सुपर हिरो बन्न सक्ने दुबै टोलीका खेलाडीहरुको विषयमा कुरा गर्नु पर्दा भारतीय विराट कोहली यस विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

उनले १० खेलमा ३ शतकसहित ७ सय ११ रन बनाएका छन् । कोहली दबाबमा टोलीलाई सम्हाल्ने ब्याटर हुन् । ओडिआईमा सर्वाधिक ५० शतक हान्ने कोहलीले २०११ को विश्वकप देखि हालसम्म थुप्रै कठिन खेल जिताएका छन् । घरेलु मैदान र दर्शकमा खेल्न झन खुशी हुनेछन् ।

उनी पछिल्लो दुई विश्वकपको सेमिफाइनलमा ब्यहोरेको हारको पीडा अहिले मेटाउन खोज्ने छन् । सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध १ सय १७ रन बनाएका थिए । उता अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको नामै काफी छ । उनीसँग अदभूत क्षमता छ । मैदानको हरेक भागमा सजिलै रन बनाउन सक्छन् ।

क्लिन हिटर उनी स्पिनर सामु झनै ठूला ठूला शर्ट प्रहार गर्ने गर्दछन् । स्विचहिट हेर्न अझ लायक हुनेछ । म्याक्सवेल उच्च लयमा पनि छन् । अफगानिस्तानलाई हराउन उनले ९१–७ को अवस्थाबाट २ सय १ रनको दोहोरो शतक हानेका थिए । नेदरल्यान्डविरुद्ध ४० बलमै शतक हानेका थिए ।

स्पिनर रबिन्द्र जडेजा र कुलदिप यादवको बलमा म्याक्सवेल कसरी खेल्छन त्यसले अष्ट्रेलिया योगफल निर्धारण हुन सक्छ । अष्ट्रेलियालाई च्याम्पियन बनाउन उनले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । म्याक्सवेल ब्याटिङ मात्रै होईन बलिङमा स्पिनरको भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । अर्का छन्, मिचेल स्टार्क ।

तिव्र गतिका बलर मिचेल स्टार्कलाई विश्वकपको बलर समेत भन्ने गरिन्छ । २०१५ र २०१९ को विश्वकपमा उनी सर्वाधिक विकेट लिने बलर हुन् । भारतले सुरुवातमा विकेट नगुमाएको खण्डमा सजिलै विशाल योगफल बनाउन सक्छ । मिचेलले आफ्नो स्विंङ र योर्करका साथ सुरुवातमा विकेट लिन सके खेलमा टोलीलाई हाबी बनाउन सक्छन् ।

यस्तै अर्को चमत्कार गर्न सक्ने नाम हो मोहम्मद शमी । भारतलाई अपराजित रहदै फाइनलमा पुर्याउन शमीको भुमिका निकै महत्वपूर्ण छ । हार्दिक पान्ड्या घाइते भएपछि उनले टोलीमा खेल्ने मौका पाएका थिए । शामीले ६ खेलमा २३ विकेट लिदै शिर्ष स्थानमा छन् ।

सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउन उनले एक्लै ७ विकेट लिएका थिए । उता अष्ट्रेलिया बायाँहाते ओपनर डेविड वार्नर बिग म्याच प्लेयर हुन् । विश्वकपमा उनले लगातार राम्रो गर्दै आएका छन् । वार्नरले १० खेलमा २ शतकका साथ ५ सय २८ रन बनाएका छन् । वार्नर सुरुवातमा आक्रमण शर्ट खेल्ने गर्दछन् ।

उनी चलेको खण्डमा ठूलो इनिङ खेल्दै सजिलै विशाल योगफल बनाउन सक्छन् । उनले राम्रो खेल्दा मिचेल मार्श र ग्लेन म्याक्सवेलले थप आक्रमण क्रिकेट खेल्न सक्छन्। भारतका कप्तान रोहित शर्मा पनि आजको खेलमा सुपर हिरो बन्ने सक्ने क्षमता राख्छन् ।भारतले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दा कप्तान रोहित शर्माको भुमिका महत्त्वपूर्णछ । उनी सुरुवातमा आउट हुँदा टोली समस्यामा पर्नेछ । तर उनी टिकेको खण्डमा सजिलै विशाल योगफल बनाउन सक्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.