भारत हार्नुको प्रमुख कारण के–के हुन् ?

भारत हार्नुको प्रमुख कारण के–के हुन् ?

४ मंसिर,काठमाण्डौ ।
आइतबार आफ्नै घरमा लज्जास्पद हारका साथ उपाधि रक्षा गर्न नसक्नुमा भारतका लागि अष्ट्रेलिया ओपनर ट्रविस हेड मुख्य बाधक र टाउको दुखाईको कारण बने । लिगमा एक खेल नहारे पनि भारत एक हारबाटै अर्काे सुनौलो इतिहास रच्नबाट विमुख बन्यो ।

अष्ट्रेलियाले भने सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेपछि सानदार पुनरागमन गर्दै भारतकै घरेलु मैदानमा पहिलो हारको बदला लिदै ६ विकेटले उपाधी जित्यो । भारतलाई हराउन हेड ब्याटिङ र फिल्डिङ दुबैमा नायक बने ।

अष्ट्रेलियालाई जिताउन हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकिय इनिङ खेले । उनका अघि भारतीय एकसेएक बलरहरु निरीह सावित भए । मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया सुरुवात भने कमजोर रह्यो ।

एक समय ७ ओभरमा ४७–३ को अवस्थामा पुगे पनि हेडले मार्नस लाबुसेनसँग चौथो विकेटका लागि १ सय ९२ रनको सानदार शतकीय साझेदारी गर्दै जित पक्का गराए । उता भारतले टस हारेर पहिला ब्याटिङ गर्दा विस्फोटक सुरुवात गरेको थियो ।

कप्तान रोहित शर्माले उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर ग्लेन म्याक्सवेलको दशौं ओभरको चौथो बलमा ठूलो शर्ट खेल्ने धुनमा कभरमा रोहित ४७ रनमा क्याच आउट भए । हेडले लामो दौडका साथ ड्राइभ हान्दै उत्कृष्ट क्याच लिए । त्यो नै खेलको प्रमुख टनिङ प्वाइन्ट थियो ।

यससंगै १२ वर्षदेखिको भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । भारतलाई खेल जित्न अष्ट्रेलियालाई अल आउट गर्नु पर्ने हुन्थ्यो । भारतले सुरुवातमै वार्नर ७, मिचेल मार्श १५ र स्टिभ स्मिथलाई ४ रनमा आउट गरेपछि ७ ओभरमा ४७–३ को अवस्थामा पुर्याएको थियो ।

यो अवस्थामा थप दुई विकेट लिएको भए भारत जित्न सक्थ्यो । किनभने यी दुई जोडीपछि ब्याटरको रुपमा म्याक्सवेल र जोश इंग्लिस थिए । त्यसपछि बलर आउथे । तर लाबुसेन र हेडले १ सय ९२ रनको सानदार शतकिय साझेदारी गर्दै सहज जित दिलाए ।

स्कोर बोर्डमा धेरै रन नहुदा एउटा सानो साझेदारी भारतलाई भारी पर्ने पक्का थियो । यी दुइ साझेदारी तोड्न नसक्नु हारको एक कारण हो । यसैगरी रोहित उत्कृष्ट क्याचको सिकार हुनु अर्को कारण थियो । ओडिआईमा २ सय ४० रन मध्यम योगफल मानिन्छ ।

भारतले विशाल योगफल बनाउन कुनै एक ब्याटरले ठुलो इनिङ खेल्नु पर्ने थियो । यस अघि भारतका शिर्षक्रमका ब्याटरले ठूलो इनिङ खेल्दै आएका थिए । तर फाइनलमा शिर्षक्रम चलेन । मध्यक्रम र तल्लोक्रमका ब्याटरले राम्रो गर्न सकेनन् ।

यस्तै अर्को कारणमा फाइनलमा भारतले बाउन्ड्रीको जोखिम नलिनु पनि रह्यो । रोहित शर्मा बाहेक कुनै पनि ब्याटरले बाउन्ड्रीको जोखिम लिन सकेनन् । उता अष्ट्रेलिया ट्रविस हेडले एक्लै १५ चौका र ४ छक्का हानेका थिए । बाउन्ड्रीले बलरलाई र डट बलले ब्याटरलाई दबाब बढाउछ ।

तर चौका र छक्का प्रहार गर्न भारतीय ब्याटर डराएका थिए । त्यसैको कारण विशाल योगफल बनाउन सकेन । मौका आएको बलमा पनि जोखिम नलिनु हारको कारण थियो । यस्तै भारतको सबैभन्दा ठूलो कमजोरी नै दबाबमा खेल्न नसक्नु हो । भारतले प्रतियोगिताभर सानदार क्रिकेट खेलेको थियो । तर फाइनल भारतले दबाब झेल्न सकेन । उपाधि पाहुना टोली अष्ट्रेलियालाई सुम्पिन पुग्यो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.