आत्मघाती गोलले बार्सिलोना हारबाट जोगियो

आत्मघाती गोलले बार्सिलोना हारबाट जोगियो

१० मंसिर,एजेन्सी ।
स्पेनिस लालिगा फुटबलमा बार्सिलोना अन्तिम समयमा आत्माघाती गोलका कारण सम्भावित हारबाट जोगिएको छ । शनिबार साँझ भएको खेलमा बार्सिलोना रायो भालेकानो विरुद्ध १–१ को बराबरीमा रोकिएको हो । फ्लोरियन लेजुएनले आत्मघाती गोल गर्दा बराबरीमा रोकिएको रायोका लागि उनाइ लोपेजले सुरुवाती अग्रता दिलाएका थिए ।

पछिल्लो समय आफ्नो लय बिराएको बार्सिलोनाले फेरि पनि सोचेजस्तो प्रदर्शन गर्न सकेन । सुरुवाती समयमा रायोले नै प्रभुत्व जमाएको थियो । खेलमा अग्रता पनि रायोले नै लिएको थियो । ३९औं मिनेटमा लोपेजले बक्स बाहिर बाट सुन्दर प्रहार गर्दै बार्सिलोनाका गोलरक्षक इनाकी पेनाविरुद्ध गोल गरेका थिए ।

दोस्रो हाफमा भने बार्सिलोनाले केहि सुधारिएको प्रदर्शन गर्यो । ४७औं मिनेटमा लामीन यमालको प्रहार पोस्टको केही माथि बाट बाहिरियो । ५४औं मिनेटमा फेरान टोरसको प्रहार रायो गोलरक्षक दिमित्रिएभ्सकीको हातमा सिधै जाना पुग्यो ।

६४औं मिनेटमा इलकाय गुन्डोगानको क्रसमा इनीगो मार्टिनेजको हेडरले पोस्टको दिशा लिन सकेन । ८२औं मिनेटमा बार्सिलोनाले बराबरी गर्यो । अलेकज्याण्डर बाल्डेको क्रसमा रायोका डिफेन्डर लेजुएनले आत्मघाती गोल गरेका थिए ।

बराबरी पछि बार्सिलोनाको १४ खेलमा ३१ अंक रहेको छ । एक खेल कम खेलेका जिरोना र रियल म्याड्रिडको क्रमशः ३४ र ३२ अंक रहेको छ । चौथो स्थानमा रहेको एटकेटीको म्याड्रिडको दुई खेल कम खेल्दा २८ अंक रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.