काठमाडौं,भदौ २४
अभिनेत्री संचिता लुइँटेल अभिनित चलचित्र ’गुनगुन’ को टिजर सार्वजनिक भएको छ ।पुकार भट्टराईको निर्देशनमा तयार फिल्मले रिलिज कार्तिक ३० गते हुने घोषणा गरेको छ ।
सामाजिक कथावस्तुमा निर्मित फिल्मले भरपुर मनोरंजन दिने निर्माण युनिटको भनाइ छ । प्राथना फिल्म्सले तयार भएको चलचित्रमा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।
चलचित्रमा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । अस्ट्रेलियामा सेप्टेम्बर ३० मा वल्र्ड प्रिमियर हुने प्रेम कथामा आधारित यसफिल्मलाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन् ।