रोनाल्डोले जब आफूले पाएको पेनाल्टी फिर्ता गरे….

रोनाल्डोले जब आफूले पाएको पेनाल्टी फिर्ता गरे….

१२ मंसिर,एजेन्सी ।
उत्कृष्ट खेल तथा गोल गर्ने शैलीका कारण चर्चामा रहिरहने क्रिस्टियानो रोनाल्डो पछिल्लो एक निर्णयका कारण चर्चामा रहेका छन् । रोनाल्डोको टिम अल नासरले एसियन च्याम्पियन्स लिगअन्तर्गत इरानी क्लब पर्सेपोलिससँग मंगलबार राति प्रतिस्पर्धा गरेको थियो।

खेलको दोस्रो मिनेटमै रोनाल्डोलाई विपक्षी टिमका खेलाडीले लडाएपछि चिनियाँ रेफ्री मा निङले अल नासरलाई पेनाल्टी दिएका थिए। तर आफूले पाएको पेनाल्टी हान्नुको साटो रोनाल्डोले पेनाल्टी फिर्ता लिन रेफ्रीलाई आग्रह गरे। रोनाल्डोले विपक्षीबाट फाउल नभएको भन्दै उक्त निर्णयलाई उल्टाउन भने।

निंगलाई पिचसाइड मनिटरमा पठाइयो र अन्ततः उनको कल परिवर्तन भयो। भिडियो सहायक रेफ्री र रोनाल्डोको इमानदारीताको संयोजन पर्सेपोलिसको उद्धारमा काम आयो। भीडिओ असिसटेन्ट रेफ्री (भार) को सहायताले रेफ्रीले उक्त पेनाल्टी रद्द गरेका थिए।

पछि खेलको १७ मिनेटमै अल नासरका खेलाडी अली लाजामी रेडकार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल नासर १० खेलाडीमा सीमित भएको थियो। उक्त खेल गोलरहित बराबरीमा रोकियो। तर यसअघिको अंकका आधारमा अल नासर च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।

पाँच खेलबाट १३ अंक जोड्दै अल नासर अन्तिम १६ मा प्रवेश ग¥यो। २०२३ जनवरी १ देखि २०२५ सम्मका लागि अल नासरमा इतिहासकै सर्वाधिक बजेटमा सम्झौता गरेका रोनाल्डोले क्लबबाट २९ गोल गरिसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.