बालेनलाई मिसन ०८४ बारे मध्यरातमा झ्वाक चल्यो

बालेनलाई मिसन ०८४ बारे मध्यरातमा झ्वाक चल्यो

१४ मंसिर, काठमाण्डौ ।
लामो समयदेखि समसामयिक राजनीतिक विषयमा टिकाटिप्पणी नगरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराति मिसन–८४का बारेमा तिखो टिप्पणी गरेका छन् । उनले मिसन ८४ अभियानमा लागेकाहरुप्रति लक्षित गर्दै मिसन ८४ ले देश नबन्ने बताएका छन् ।

बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन् । राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरेका हुन् ।

र्यापरसमेत रहेका मेयर बालेनले कवितात्मक शैलीमा फेसबुकमा लेखेका छन् , ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’ । अहिले सत्तारुढ दलसहित प्रतिपक्षदलहरु समेत मिसन ८४ भन्दै सार्वजनिक समारोहहरुमा अभिब्यक्तिहरु दिइरहेका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले मिसन ८४ कै लागि मध्यपहाडी लोकमार्गमा पदयात्रामा हिजैदेखि निस्किएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन ८४ लाई अलिक महत्वका साथ प्रचार गरिरहेको छ । यसका सभापति रवि लामिछानेले त झनै अन्य पूराना राजनीतिक दलहरुलाई मिसन ८४ भन्ने अधिकार नै रहेको बताउँदै आएका छन् ।

उनले केही दिन अघि मधेसका विभिन्न सभाहरुमा मिसन ०८४ मा रास्वपाले दुई तिहाइ मत पाउने भन्दै रास्वपाको सरकार बने मधेसमा समस्या समाधान गर्ने आश्वासन दिएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि मिसन ८४ लाई जोडतोडले उठाउँदै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.