३० मंसिर,एजेन्सी ।
भारतीय क्रिकेटर, स्टार अलराउन्डर हार्दिक पाण्ड्यालाई इण्डियन प्रिमियर लिग आईपीएलको टिम मुम्बई इन्डियन्सले कप्तान बनाएको छ । यसअघि भारतीय टोलीका कप्तान रोहित शर्माले यो टोलीको कप्तानी गर्दै आएका थिए ।
पाण्ड्याले यसअघि गुजरात टाइटन्सको कप्तानी गरेका थिए । रोहित शर्मा अब आईपीएलमा कुन भूमिकामा रहने छन् भन्नेबारे अहिलेसम्म कुनै खुलासा भएको छैन । रोहित २०१३ देखी २०२३ सम्म मुम्बईको कप्तानी गरेका थिए ।
रोहितको कप्तानीमा मुम्बईले पाँच पटक (२०१३, २०१५, २०१७, २०१९ र २०२० ) मा उपाधि जितेको थियो । चेन्नई सुपर किंग्सका महेन्द्र सिंह धोनीले पनि पाँच उपाधि जिताएका छन् । हार्दिकले २०१५ मा मुम्बईको लागि डेब्यू गरेका थिए ।
मुम्बईलाई चार उपाधि दिलाउन हार्दिकको महत्वपूर्ण भूमिका थियो । २०२२ को मेघा अक्सनमा मुम्बईले सबैलाई आश्चर्य पार्दै हार्दिकलाई टोलीबाट फुकुवा गरेको थियो । २०२२ मा गुजरात टाइटन्सबाट कप्तानी गर्दै टोलीलाई च्याम्पियन बनाएका थिए ।
गत वर्ष उनको कप्तानीमा गुजरात फाइनलमा चेन्नईमा पराजित भएको थियो । दुई सिजन गुजरातमा बसेपछि पुन आफ्नो पुरानो टोलीमा फर्किका हुन् । २०१५ को अक्सनमा मुम्बईले हार्दिकलाई १० लाख भारुमा किनेको थियो ।
उनी १५ करोड भारुमा २०२२ मा गुजरातमा गएका थिए । मुम्बईमा पनि उनले १५ करोड भारुनै पाउनेछन् । आइपिएल अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ । यस पटकको अक्सन निकै महत्वपूर्ण हुनेछ । पछिल्ला तीन सिजनमा भने मुम्बईले राम्रो प्रदर्शन गर्न सकेको छैन ।