८ पुष,एजेन्सी ।
अमेरिका केही समय यता इजरायल र युक्रेनको पछि बसेर रुस र हमासविरुद्ध अप्रत्यक्ष रुपमा लडिरहेको छ। अर्काे तर्फ हुथी विद्रोहीलाई लक्षित गर्दै इरानलाई साइजमा राख्ने लक्ष्यमा अमेरिका उभिएको छ । यसैका लागि नै १० देश सहभागि रहेको एक युनिट नै हुथीविरुद्ध अमेरिकाले अडा गरिसकेको छ ।
यस्तो अवस्थामा हुथीले इजरायलतर्फ जाने कुनै पनि जहाजलाई रेढ सीबाट अघि बढ्न नदिने भन्दै निरन्तर आक्रमण गरिरहेको छ । पछिल्लो समय मात्रै २५ जना भारतीय चालक दलका सदस्य रहेको एक जहाजमाथि हुथी विद्रोहीले आक्रमण गरेका छन् ।
यस्तो अवस्थामा भारतले भने हुथीका लागि सहयोग राष्ट्र भनिएको इरानलाई अमेरिकाको विपरित कित्तामा गएर साथ दिएको छ । भारतले ’इरानमा मानवअधिकारको अवस्था’ सम्बन्धी संयुक्त राष्ट्रसंघको प्रस्तावको विपक्षमा मतदान गरेको छ ।
यो मतदानमा भारतले आपूmलाई रुस र चीनले पक्षमा राखेको छ । रुस र चीनले पनि यो प्रस्तावको विपक्षमा मतदान गरेका छन् । अमेरिका यस प्रस्तावको पक्षमा छ । अमेरिका तथा युरोपेली राष्ट्रसहित अधिकांश देश यो प्रस्तावको पक्षमा छन्। यो प्रस्तावलाई ७८ सदस्य राष्ट्रले समर्थन गरेका छन् भने भारत, रुस, चीनलगायत ३० देशले विपक्षमा मतदान गरेका छन् ।
इरान सम्बन्धी संयुक्त राष्ट्रसंघको प्रस्तावमा इरानमा भएका मानवअधिकार उल्लङ्घनप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । प्रस्तावमा धर्म र आस्थाको स्वतन्त्रता पनि नभएको उल्लेख छ । विशेष गरी, यसमा बहाई सम्प्रदायको मानिसहरूलाई उनीहरूको आस्था अनुसार शव गाड्ने परम्परामा अनुचित प्रतिबन्ध र तिनीहरूको धार्मिक स्थानहरू विरुद्ध आक्रमणहरू समावेश छन्।
अन्य मानवअधिकार उल्लङ्घनहरूमा उत्पीडन, धम्की, यातना, स्वेच्छाचारी गिरफ्तारी र नजरबन्द समावेश छन्। प्रस्तावमा इरानमा आधिकारिक र अनौपचारिक मिडिया मार्फत हिंसा निम्त्याउन सक्ने गरी घृणा फैलाउन सकिने अवस्था रहेको समेत उल्लेख छ ।