१९ पुष, एजेन्सी ।
नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो २०२४ को वार्षिक क्वालेन्डर सार्वजनिक गरेको छ । क्यानले सन् २०२४ मा ३० देखि ३५ वटा क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । तालिका अनुसार नेपालले आइसिसी विश्वकप लिग २, टि२० आई सिरिज र ओडिआई सिरिजहरु छन् ।
सिरिजमा नेपालसँगै महिला क्रिकेट, उमेर समूह र प्रथम श्रेणी जस्ता अन्तर्राष्ट्रिय खेलहरु खेल्नेछन् । नेपालले २०२४ मा क्यानडासँग ७ ओडिआई खेल खेल्ने भएको छ । आइसिसी विश्वकप लिग– २ र ५ सिरिज गरि नेपालले क्यानडासँग ७ ओडिआई खेल खेल्ने भएको हो ।
नेपालले फेब्रुअरी १० देखी १४ सम्म क्यानडासँग तीन खेलको ओडिआई सिरिज घरेलु मैदानमा खेल्नेछ । त्यसपछि नेपालले १७ फेब्रअरी देखी २४ सम्म नेदरल्यान्ड्स र नामिबियासँग लिग २ सिरिज खेल्नेछ । उक्त लिग २ अघि क्यानडासँग सिरिज खेल्न लागेको हो ।
नेपालले सेप्टेम्बरमा क्यानडामा गएर आइसिसी विश्वकप लिग २ सिरिज खेल्नेछ । उक्त लिग २ मा नेपाल, क्यानडा र ओमान हुनेछन् । त्यसपछि नेपालले जुलाई अगष्टमा क्यानडासँग उसको घरेलु मैदानमा दुई ओडिआई खेलको सिरिज खेल्नेछ ।
त्यस्तै नेपालले सेप्टेम्बरमा नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टि२० आई सिरिज पनि खेल्ने भएको छ । नेपालले फेब्रुअरी ५ देखी २५ मार्चमा टियुमा क्यानडा ए र नेपाल ए बीच सिरिज खेल्ने कार्यक्रम पनि छ । फेब्रुअरी २७ देखी ५ मार्चसम्म टि२० आई त्रिकोणात्मक सिरिज पनि खेल्ने भएको छ ।
उक्त त्रिकोणात्मक सिरिज डबल राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । यस वर्ष अन्तिम लिग २ त्रिकोणात्मक सिरिज अक्टोबरमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुनेछ । उक्त सिरिज अमेरिकामा हुनेछ ।
क्यालेन्डर अनुसार नेपालले मार्च ६ देखी १२ सम्म चार देश सम्मिलित टि२० आई सिरिज पनि खेल्नेछ । मार्च १९ देखी ३० सम्म घरेलु मैदानमा नेपाल ए र आयरल्यान्ड ए बीच पाँच एकदिवसीय र तीन टि२० खेलको सिरिज पनि खेल्नेछ ।
यस्तै क्यानले पुस २५ गतेपछि मात्र सन्दीप लामिछानेबारे औपचारिक निर्णय गर्ने बताएको छ । क्यान सचिव पारस खड्काले सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टीममा रहने÷नरहनेबारे औपचारिक धारणा सार्वजनिक हुने बताए । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कारमा दोषी ठह¥याएको छ । पुस २५ गते सन्दीपमाथि हुने कैद सजाय सुनाउँदैछ ।