भारतीय ट्रकले लियो आमाको ज्यान, श्रीमान र छोरी घाईते

भारतीय ट्रकले लियो आमाको ज्यान, श्रीमान र छोरी घाईते

विराटनगर,भदौ २६
विराटनगरको बसपार्क नजिकै ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् ।

आज बिहान करिब ११ बजे उत्तरबाट दक्षिणतर्फ गईरहेको HR55 L-1414 नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ गईरहेको को ५प ३२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा पछाडि सवार मोरङको रंगेली नगरपालिका –४ बस्ने ३० वर्षीया की आशु अग्रवालको मृत्यु भएको हो ।

दुर्घटनामा परी उनकी छोरी अनिशा अग्रवाल र श्रीमान मनोज अग्रवाल घाईते भएका छन् । घाईते दुवै जनाको सप्तकोशी अस्पताल, विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका असई चुणामणी आचार्यले जानकारी दिए ।त्यस्तै ट्रकका चालक ३० वर्षीय कमल सिंहलाई  जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.