गौशाला २६को तस्विर सार्वजनिक गरेपछि रास्वपाबाट निलम्बित

गौशाला २६को तस्विर सार्वजनिक गरेपछि रास्वपाबाट निलम्बित

२६ पुष, काठमाण्डौ ।
जिल्ला अदालतबाट बलात्कारको अभियोगमा दोषी ठहर भइ ८ वर्षको जेल सजाय तोकिएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित बनेकी गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको तस्बिर सार्वजनिक गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना कार्यकर्ता निलम्बनमा परेका छन्। रास्वपाले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो।

बिहीबार दिउँसो एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको उल्लेख गरेको छ। सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ। ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं,’ रास्वपाले सामाजिक संजालमा भनेको छ।

अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको भन्दै सापकोटालाई रास्वपाले निलम्बन गरेको हो। गोप्य राखिएको पीडितको पहिचान सार्वजनिक गर्न कानुनले रोक लगाएको छ। पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयतासम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफा अनुसार कैद सजाय हुने वयवस्था छ ।

अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने भनिएको छ । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद र ३ लाख जरिवाना र युवतीलाई सन्दीपबाट २ लाख क्षतिपूर्ति भराउनु पर्ने फैसला सुनाएको छ ।

८ वर्षको जेल सजाय तोकिएपनि सन्दीप तत्काल जेल भने जाने छैनन् । उनी पुनरावेदनको समयसम्म कम्त्तिमा ४ महिना जेल जाने छैनन् । यसैबीच उनलाई सजायको फैसलापछि गण्डकी प्रदेशका एक सांसदले विदेशीको इशारामा फसाइएको आरोप लगाएका छन् ।

बागलुङका सांसद कृष्ण पाठकले उनलाई अरूले नै फसाएको तर्क गरेका हुन् । ‘एउटा होनहार क्रिकेटरलाई विदेशीहरूको इसारामा बली चढाइयो’उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् । उनको स्ट्याटसमा कसैले समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन् । पाठक एमालेको समानुपातिक सूचीबाट सांसद बनेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.