NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि छुट्ने संभावना अझै बाँकी,कैफियत प्रतिवेदन झिकाउने आदेश बुधबार भदौ ११ , २०८२
विराट टिचिङ हस्पिटलः कोशी प्रदेशको स्वास्थ्य हब बन्दै बुधबार भदौ ११ , २०८२
एलएस अटोको धमाकेदार सुरुवातः दुई अटो शोमै ८८ गाडी बुकिङ बुधबार भदौ ११ , २०८२
सुटकेस भित्र भेटिएकी रुबीका हत्याराआगो लागेको अवस्थामाफेला बुधबार भदौ ११ , २०८२
 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु मङ्लबार भदौ १० , २०८२
Next
Prev

समाचार

बम्जनलाई जेलको खाना रुचेन, मागे लसुनप्याज विनाको खाना

शुक्रबार पुस २७ , २०८०
Reading Time: 1 min read
A A
बम्जनलाई जेलको खाना रुचेन, मागे लसुनप्याज विनाको खाना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ पुष, काठमाण्डौ ।
हत्या, बलात्कार लगायतका अभियोग लागेका कथित ‘तपस्वी’ रामबहादुर बम्जन यतिबेला महोत्तरीको जलेश्वर कारागारमा छन् । बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका बम्जनलाई त्यहाँ अरु कैदीबन्दीसँगै राखिएको छ । उनलाई अन्य कैदीहरुलाई जस्तै व्यवहार गरिएको जलेश्व कारागारका प्रमुख रामचन्द्र साहले बताएका छन् ।

तर अन्य कैदीबन्दीहरुलाई पकाएको खाना खान भने बम्जनले मानेनन् । कारागारमा कैदी–बन्दीले खाने गरेको खाना खान उनले अस्वीकार गरेका छन् । एक किशोरीमाथि यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले सबै कैदीबन्दीलाई पकाएको खाना खान अस्वीकार गरेका हुन् ।

‘उनले गएराति अरु कैदी बन्दीलाई बनाएको खाना खान मानेनन्,’ जलेश्व कारागारका जेलर साहले भने, ‘मलाई छुट्टै खाना बनाएर दिनु, बेसार, लसुन, प्याज हालेको दाल, तरकारी म खान्न भन्ने कुरा उनले गरेका छन्।’ बम्जनले लसुन, प्याज हालेका खानेकुरा खाना नमानेपछि अब उनलाई त्यहाँ रहेका अन्य जोगीहरुलाई पकाएको खानेकुरा दिने जेलर साहले बताए ।

LS Auto

साहले भने, ‘यहाँ उनीजस्ता (जोगी) ५÷७ जना कैदी छन् । अब हामी बम्जनलाई पनि तिनै जोगीलाई बनाएको खाना दिन्छौँ।’ बम्जनलाई अरु कैदीबन्दीसँगै राखिएको साहले बताए । ‘उनलाई कुनै विशेष सुविधायुक्त ठाउँमा हामीले राखेका छैनौँ, अरु कैदीबन्दीसँगै राखेका छौँ,’ साहले भने, ‘जलेश्वर कारागारमा कुनै सुविधायुक्त कोठा पनि छैनन्। सबै एकै ठाउँमा बस्ने हो।’

बिहान आफूले कुरागर्दा बम्जनलाई शान्त देखेको जेलर साहले बताए । ‘उनी शान्त देखिएका छन्, अनुहारमा कुनै पीढाबोध छैन,’ उनले भने । गएको मंगलबार काठमाडौँबाट पक्राउ परेका बम्जनलाई बिहीबार राति प्रहरीले सर्लाही पु¥याइएको थियो । बिहीबारै सर्लाही जिल्ला अदालतमा पेस भएका बम्जन पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको हो । यसैबीच बम्जन पक्राउ परेसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली थप अनुशन्धान गर्न उनको आश्रममा जाने भएका छन् । हराएका व्यक्तिहरूका आफन्तले दिएको उजुरीका आधारमा सीआईबीको टोली पुनः बम्जनको आश्रम सिन्धुपाल्चोक र बारामा जान लागेका हुन् ।

बम्जनले सञ्चालन गरेको सिन्धुपाल्चोकको बाँडेगाँउको आश्रमबाट २०६९ मा हेटौँडाका ५१ वर्षीय सञ्चलाल बाइबा, २०७१ मा नुवाकोटका २९ वर्षीया चिनिमाया तामाङ, मकवानपुरकी फूलमाया रुम्बा र बाराको खुमजोर आश्रमबाट सुरेशकुमार आलेलाई बेपत्ता पारेको आरोप बम्जनमाथि छ । यसअघि समेत प्रहरीले बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएको नुनसहित केही शंकास्पद बस्तु फेला पारेको थियो ।

तर, शव पहिचान हुने अन्य प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन । त्यसैको खोजीमा सीआईबीको टोली पुनः आश्रमको अनुसन्धानमा जान लागेको सीआईबीका अधिकारीले बताएका छन् । त्योबाहेक सीआईबीले उनको घरबाट बरामद गरिएको विभिन्न १६ मुलुकको अवैध रुपैयाँ र नेपाली रकमको स्रोतबारे समेत अनुसन्धान सुरु गरेको छ ।

सीआईबीले बम्जन बस्दै आएको काठमाडौंको बूढानीलकण्ठस्थित घरबाट तीन करोड ३४ लाख नगद रुपैयाँ बरामद गरेको थियो । त्यस्तै, करोडौँ पर्ने टोयोटाको हाइलक्स गाडी, मोबाइल लगायत समेत नियन्त्रणमा लिएको छ ।

बम्जन बस्दै आएको घरबाट सीआईबीको टोलीले बिहीबार समेत केही शंकास्पद बस्तु नियन्त्रणमा लिएको छ । मंगलबार १५ थान मोबाइल फोन बरामद गरेको सीआईबीले बिहीबार थप केही थान पेनड्राइभ, सीसीटीभी स्टोरेज र तीनवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको हो ।

Tags: #कथित ‘तपस्वी’ रामबहादुर बम्जन#बम्जनविरुद्ध प्रमाण खोज्दै सीआईबी#बम्जनविरुद्ध सीआईबी

लोकप्रीय

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

रवि छुट्ने संभावना अझै बाँकी,कैफियत प्रतिवेदन झिकाउने आदेश

बुधबार भदौ ११ , २०८२
विराट टिचिङ हस्पिटलः कोशी प्रदेशको स्वास्थ्य हब बन्दै

विराट टिचिङ हस्पिटलः कोशी प्रदेशको स्वास्थ्य हब बन्दै

बुधबार भदौ ११ , २०८२
एलएस अटोको धमाकेदार सुरुवातः दुई अटो शोमै ८८ गाडी बुकिङ

एलएस अटोको धमाकेदार सुरुवातः दुई अटो शोमै ८८ गाडी बुकिङ

बुधबार भदौ ११ , २०८२

विचार

थप समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

सुटकेस भित्र भेटिएकी रुबीका हत्याराआगो लागेको अवस्थामाफेला
अपराध

सुटकेस भित्र भेटिएकी रुबीका हत्याराआगो लागेको अवस्थामाफेला

बुधबार भदौ ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Australiaलाई इरानले जवाफ दिने, ऊर्जा र उपकरणमा China विश्वकै पहिलो || Nepal Times

World News: Australiaलाई इरानले जवाफ दिने, ऊर्जा र उपकरणमा China विश्वकै पहिलो || Nepal Times

00:19:22

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

00:15:07

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

रवि छुट्ने संभावना अझै बाँकी,कैफियत प्रतिवेदन झिकाउने आदेश

बुधबार भदौ ११ , २०८२
विराट टिचिङ हस्पिटलः कोशी प्रदेशको स्वास्थ्य हब बन्दै

विराट टिचिङ हस्पिटलः कोशी प्रदेशको स्वास्थ्य हब बन्दै

बुधबार भदौ ११ , २०८२
एलएस अटोको धमाकेदार सुरुवातः दुई अटो शोमै ८८ गाडी बुकिङ

एलएस अटोको धमाकेदार सुरुवातः दुई अटो शोमै ८८ गाडी बुकिङ

बुधबार भदौ ११ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.