इटहरीमा सार्वजनिक जग्गाको खोजी सुरु, ९सय ९५ विगाह बढी ऐलानी जग्गा

इटहरीमा सार्वजनिक जग्गाको खोजी सुरु, ९सय ९५ विगाह बढी ऐलानी जग्गा

विराटनगर,भदौ २८
इटहरी उपमहानगरले सार्वजनिक,ऐलानी,पर्ति जग्गा खोजी अभियान तिव्र बनाउने भएको छ । इटहरी उपमहानगरमा रहेका सार्वजनिक,ऐलानी,पर्ति जग्गा खोजी गर्न गठित समितिको वैठकले खोजी अभियान तिव्र वनाउने निर्णय गरेको समितिका संयोजक वडा नम्वर १३ का अध्यक्ष शिव नारायण चौधरीले जानकारी दिए । इटहरी उपमहानगरभरको वडा नक्सा ल्याउन नापी कार्यालय जाने संयोजक चौधरीले वताए ।

नक्सा प्राप्त भएपछि प्राविधिक सहित प्रत्येक वडामा पुगेर अनुगमन गरिने छ । त्यसक्रममा जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि र नागरिक समाज लगायतसँग सर्वपक्षीय छलफल गरिने छ । उद्योग वाणिज्य संघ,नागरिक समाज र वुद्धिजिवि सँग समेत छलफल गरेर समिति अघि वढने उनले बताए । वडा वडामा गरिने छलफल र परामर्शवाट सार्वजनिक,पर्ति,ऐलानी जग्गा कहाँ कति छन थप जानकारी प्राप्त हुने समितिले अपेक्षा गरेको छ ।

कति छ इटहरीमा सार्वजनिक,पर्ति,ऐलानी जग्गा ?

यसअघि इटहरी उपमहानगरका इन्जिनियर विकास भट्टराईको संयोजकत्वमा वनेको ऐलानी पर्ति जग्गा खोजविन तथा संरक्षण समितिले उपमहानगरमा प्रतिवेदन वुझाइसकेको छ । सो समितिले वुझाएको प्रतिवेदनमा खोलानाला,पोखरी,मठमन्दिरले चर्चेको सहित इटहरीमा ९सय ९५ विगाह ६ कठ्ठा डेडधुर जग्गा ऐलानी, पर्ति, जग्गा रहेको छ । साविकको इटहरीमा २सय ३० विगाह ७ धुर,खनारमा ३सय २६ विगाह,१९ कठ्ठा ११ धुर,एकम्वामा १सय७३ विगाह १६ कठ्ठा ११धुर,पकलीमा १सय २२ विगाह ६ कठ्ठा ५धुर र हाँसपोसामा १सय४१ विगाह १५ कठ्ठा१५ धुर जग्गा रहेको छ ।

१३ नम्वर वडाका वडाध्यक्ष शिव नारायण चौधरी ऐलानी पर्ति सार्वजनिक जग्गा खोज समितिको नेतृत्वमा वनेको खोजी समितिका सदस्य अधिवक्ता शारदा अधिकारीका अनुसार अघिल्लो समितिले दिएको प्रतिवेदनमा वडा वडामा रहेका जग्गाको कित्ता नम्वर उल्लेख गरिएपनि नक्सा पचिहान हुन नभएकाले नक्सा पहिचान गरेर समिति अघि वढन लागेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.