१५ फागुन, काठमाण्डौ ।
तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका छन् । सेन्चुरी बैंकबाट ऋण प्रवाह गर्दा अनियमितताको आरोप उनीहरुमाथि लागेको छ । सबै तत्कालीन बैंकका कर्मचारी भएको प्रहरीले जनाएको छ । न्यौपाने २०७८ असारदेखि सेन्चुरीको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
सेन्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा गाभिएको छ । उक्त बैंकमा मनोज न्यौपाने अहिले वरिष्ठ डेपुटी सीइओका रुपमा कार्यरत छन् । उनी पूर्व प्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपालका भान्जा हुन् । यस्तै पक्राउ पर्ने अन्यमा तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ रहेका छन् ।
तुलसी गौतम पनि सेन्चुरीका पूर्व सीईओ हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सेन्चुरी बैंकका तत्कालीन सीइओ न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ । प्रहरीले ऋण प्रवाह अनियमितता आरोपमा पक्राउ गरेको र अनुसन्धान जारी रहेको जनाएको छ ।
सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोग उनीहरुमाथि लागेको हो । सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । नेपाल राष्ट्र बैंकको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् । बैंकका कर्मचारीको मिलोमतोमा एक अर्ब रुपैंयाको ओभर भ्यालुएसन मा रिण प्रवाह भएको प्रहरीको अनुशन्धानमा देखिएको छ ।
सीआईबीले गरेको अनुशन्धान अनुसार प्रवाह भएको रिणमध्ये ९९ करोड १९ लाख रुपैंया धितोले खाम्नेभन्दा बढी अर्थात ओभर भ्यालुएसन भएको देखिएको हो । २०७७ सालमा बैंकलले देउराली सहकारी मार्फत रिण प्रवाह गरेको थियो र देउराली सहकारीका संचालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र त्यो ऋण डुबेको आरोपमा संलग्न कर्मचारीहरुलाई पक्राउ गरिएको हो ।