NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

लाभरोभ र काजी बीच के कुरा भयो ? शव र क्षतिपूर्ति कहिले ?

शुक्रबार फाल्गुन २५ , २०८०
Reading Time: 1 min read
A A
लाभरोभ र काजी बीच के कुरा भयो ? शव र क्षतिपूर्ति कहिले ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ फागुन, विराटनगर ।

राजनीतिक दलहरुबीच सत्तासमीकरण फेरबदल भएपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी क्षेष्ठ दोस्रो पटक परराष्ट्र मनत्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन् । तत्कालीन समयमा डा .बाबुराम भट्टराई प्रधानमन्त्री रहेको बेला २०६८ मा परराष्ट्र मन्त्रालयको जिम्मेवारी रोजेका काजी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागि भएपछि गृहबाट परराष्ट्रमा पुगेका छन् । काजीका लागि परराष्ट्र पहिलो रोजाई पक्कै थिएन ।

विगत एक वर्षदेखि गृह सम्हालिरहेका काजी त्यसमै रहीरहन अनेक प्रयत्न गरेपनि सफल नभएपछि परराष्ट्रमा जान तयार भए । अहिले १२ वर्षपछि परराष्ट्रमा पुगेका काजीका लागि आफूलाई अब्बल सावित गर्ने चुनौती र अवसर लामो समयदेखि प्रतिक्षा गरेर बसिरहेको छ । आफ्नो गृहको बसाई सफल रहेको बताएका काजीका लागि अब रुस र युक्रेनमा रहेका नेपालीहरुको स्वदेश फिर्ती ,त्याहा जीवन गुमाएका १३ नेपालीको शव स्वदेश ल्याउनु र हमासको आक्रमणपछि वेपत्ता भएका विपीन जोशीको खोजी र शकुसल स्वदेश फिर्ती नै परीक्षा बनेका छन् ।

पूर्व निर्धारित तालिका भएपनि काजीले पद सम्हाले लगत्तै रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग प्रत्यक्ष संवाद गरेका छन् ।

निवर्तमान पररराष्ट्र मन्त्री एनपी साउदले यसका लागि पहल गरिरहेको बताएपनि १३ नेपालले रुसका लागि ज्यान अर्पण गरिसक्दा सम्म रुसी उच्च राजनीतिक नेतृत्वसँग प्रत्यक्ष संवाद सफल भएको थिएन । उपप्रधानमन्त्री श्रेष्ठले रुसका विदेशमन्त्री सर्गेइ लाभरोभसँग विहीबार भएको टेलिफोन वार्तामा रुसी सेनामा रहेका नेपाली र मृतकको शव र क्षतिपूर्तिका लागि प्रष्ट आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

कुराकानीका क्रममा रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेकामा बधाई दिँदै शुभकामना व्यक्त गर्नुका साथै व्यापार, पर्यटन, संस्कृतिलगायत विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए। दुवै परराष्ट्रमन्त्रीले रुसी सेनामा रहेका नेपाली नागरिकको समस्यालगायत नेपाल–रुस सम्बन्धका विविध पक्षमा पनि छलफल गरेको उक्त मन्त्रालयले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले क्षतिपूर्तिको प्रक्रिया प्रारम्भ गरेकामा रुसी महासंघका विदेशमन्त्रीलाई धन्यवाद दिँदै त्यसलाई चाँडोभन्दा चाँडो टुंग्याउन आग्रह गरेका थिए भने विदेशमन्त्री लाभरोभले नेपाली पक्षको चासो सम्बोधन गर्न आफू नेतृत्वको मन्त्रालयले सहयोग गर्ने आश्वासन दिएका थिए।

युक्रेनसँगको युद्धमा रुसी सेनाको तर्फबाट लडेका १३ जना नेपालीको मृत्यु भइसकेको छ। उनीहरुको शवसमेत नेपाल आउन नपाएको स्थिति छ। युद्धमोर्चामा पठाइएका दर्जनौँ नेपाली युवा सम्पर्कविहीन छन्। उनीहरुको परिवार पीडाको पहाडमा छन् । फिर्ता पठाइदिन परिवारजनले गर्नसक्ने जान सक्ने जति सबै स्थानमा पुगि हार–गुहार गरिरहेका छन्।

नेपालले रुसी सेनामा रहेका नेपालीलाई फिर्ता पठाइदिन पटक—पटक आग्रह पनि गर्दै आएको छ। तर, यस्तो आग्रहले अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन। युद्धमा मारिएकाका परिवार सास नभएपनि लाशको प्रतिक्षामा छन् । नत कुनै क्षतिपूर्तिको टुंगो लागेको छ । यस्तो समस्याका बीच निवर्तमान परराष्ट्र मन्त्री साउदले यो विषय रुससमक्ष राख्ने प्रयास नगरेका होइनन् । तर रुसले प्रत्यक्ष चासो नेपालका लागि राखेन् ।

गत पुसमा परराष्ट्रमन्त्री साउदको सचिवालयले यसै विषयमा कुराकानी गर्न परराष्ट्र सचिवालयले मन्त्री साउद रुस भ्रमणमा जाने योजना सार्वजनिक गरेपनि रुसले यसलाई अनुमति दिएन । नत लाभारोभसँग फोनमा संवाद ने सफल भयो । अहिले आएर काजीलाई त्यो अवसर रसले दिएको छ । जे भएपनि उनले रुसी उच्च अधिकारीको कानसम्मै नेपालीको पीडा पुर्याउन सफल भएका छन् ।

तर, लामो समयदेखि हुन नसकेको फोन कुराकानी श्रेष्ठले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेको भोलिपल्टै हुन सक्यो। रुसी विदेशमन्त्री लाभारोभसँगको कुराकानीपछि परराष्ट्र मन्त्रालयको विज्ञप्तिबाट बुझिन्छ कि, रुसी सेनामा रहेका नेपालीबारेको सरोकारलाई उनले गम्भीरतापूर्वक सुनेका छन् ।

विदेशमन्त्री लाभारोभ विश्वका ‘लंगेस्ट सर्भिङ फरेन मिनिस्टर’ मध्ये एक हुन् । जो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अत्यन्त विश्वासपात्र मानिन्छन् । उनी पुटिनपछि रुसी राजनीतिमा सर्वाधिक प्रभावशाली नेता मध्येका एक हुने् । जोसँग उपप्रधानमन्त्री काजीले देशको पीडा पोख्ने अवसर पाएका छन् । सरकार प्रचण्डकै नेतृत्वमा थियो तर सरकारमा कांग्रेस र परराष्ट्र मन्त्री साउद थियो ।

साउदले त्यो अवसर नपाउनु र काजीले पाउनुमा नेपालले विगतमा गरेका निर्णयहरु पनि कारक रहन सक्ने विश्लेषण गरिएको छ । रुसविरुद्ध अमेरिकाले ल्याएका प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भएको थियो। जबकि, सन् २०१४ मा रुसले क्रिमियालाई गाभ्ने निर्णय गर्दा संयुक्त राष्ट्र संघमा भएको मतदानमा नेपाल तटस्थ बसेको थियो।

त्यसको अवसरले पनि साउदले त्यो अवसर नपाएको हो कि भन्ने विश्लेषण समेत गरिएको छ । तर, गठबन्धन परिवर्तनसँगै नयाँ परराष्ट्र मन्त्रीसँग रुसी विदेशमन्त्रीले कुराकानी गरेका छन्, नेपालको सरोकारलाई सम्बोधन गरिने विषयमा आश्वस्त गराएका छन्। सानो र स्वाभाविक जस्तो लागे पनि गठबन्धन परिवर्तनलगत्तैको यो घटनाले नेपाललाई गर्ने व्यवहार र रुसी दृष्टिकोणमा फरक आएको अनुमान लगाउन सकिन्छ ।

परराष्ट्र मन्त्री काजीका अर्का चुनौती हुन् विपिन जोशी र सिद्धार्थ ढकालको खोजी र स्वदेश फिर्ता । विपिन इजराइलमा बेपत्ता छन् भने सिद्धार्थ युक्रेनमा छन् । तर सरकारले तिनका परिवारलाई प्रयास गरिरहेको बाहेक अन्य जवाफ दिन सकेको छैन् । सरकारले उनीहरूको अवस्था पत्ता लगाउन कूटनीतिक प्रयास गरे पनि सफलता भने मिल्न नसकेको जवाफ दिएको छ।

हुन्लाई विपिनको खोजी नेपालको एक्लो प्रयासले मात्रै संभव नहोला तर जसरी थाइल्याण्डले आफ्ना् सफल कुटनीति प्रस्तुत गर्दै हमासकै कानसम्म आफ्ना नागरिकको रिहाइका लागि संवाद गर्याे त्यो अवस्था नेपाल सरकारले निर्माण गर्नुपर्दछ । जोशीलाई हमास आक्रमणकारीले नियन्त्रणमा लिएको उनका साथीहरूले बताएका थिए।मृत्यु भएकाहरूको इसराइलका लागि नेपाली दुतावासले डिएनए परीक्षण गरेको थियो। त्यसमा विपिनको डिएनए परीक्षण कोहीसँग नमिलेकाले उनी जीवितै छन् भन्ने आशामा उनका परिवार छन् ।

आशा अझै मरेको छ्रैन् तर जवाफ कसैसँग छैन् । अब यसको जवाफ काजीले नै खोज्नु पर्नेछ ।यसैगरी नेपालसँग सरोकार नै नभएको युद्धको मारमा परेका अर्का युवा हुन २२ वर्षीय सिद्धार्थ ढकाल। काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल पनि अहिलेसम्म बेखबर छन्। रूसी फौजमा जागिर खाएकाले ‘रेड जोन’बाट युक्रेनी सेनाले उठाएर लगेर बन्धक बनाएको भन्दै भिडिओ सार्वजनिक भएको थियो।

त्यसपश्चात् उनको बारेमा केही खबर आएको छैन। उनी असोज २ गते पढ्न र सँगसँगै काम गर्ने योजनाले रूस गएका थिए। १२ पास गरेका उनी स्वदेशमा रोजगारी नपाएपछि रूस गएका हुन्। त्यसपछि रुसी सेनामा सामेल भएका ढकालको कुनैअतोपत्तो छैन् । रुसी सेनामा कति नेपाली छन् भन्ने वास्तविक तथ्यांकसमेत छैन् । सरकार नै अनुमानको भरमा छ । अब काजीको अर्काे दायित्व रुसी सेनामा रहेका नेपालीको वास्तविक संख्या खोज्नु पर्ने हो ।

रसियन सरकारले समेत एक दर्जन नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने ९ परिवारका आफन्तले काजकिरिया गरेका छन्। रूसी सेनामा भर्ती भई बेपत्ता भएका र सम्पर्कमा रहेर फर्किन चाहेका परिवारका आफन्तलाई परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागमा निवेदन दिन आग्रह गरिरहेको छ।

सोही अनुसार अहिलेसम्म २ सय ४५ जनाका परिवारले उद्धार तथा बेपत्ता भएको भन्दै निवेदन दिएका छन् । अब उपप्रधान काजीले तिनलाई पनि तत्कालै स्वदेश फर्काउनु पर्नेछ । यी नेपालीका पीडालाई काजीले कहिले र कसरी मलम पट्टी लगाउँलान् ? तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ#लाभरोभ र काजी बीच कुराकानी

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.