विराटनगर महानगरपालिकाले अब सबैखाले कर तथा राजस्व वडा स्तरबाटै संकलन गर्न थालेको छ । गत साउन देखि नै वडास्तरबाट कर तथा राजस्व संकलन गर्ने निर्णय भएपनि महानगरले कर तिर्ने एउटा काउन्टर भने महानगरपालिका कार्यालयमा पनि राखेको थियो ।
तर कर तिर्न आएका सेवागा्रहीबाट घुस लिने कर्मचारी रंगेहात पक्राउ गरेपछि महानगरको २६ औँ कार्यपालिका बैठकले अब कुनै पनि कर महानगरबाट नलिने निणर्य गरेको छ ।
स्थानिय तहले सातवटा शिर्षकमा राजस्व संकलन गर्न पाउने कानुनी ब्यबस्था छ । घर– जग्गा कर, ब्यबसाय कर, विज्ञापन कर, सवारी पार्किङ कर, दण्ड– जरिवाना, धरौटी जफत र नक्सा पास दस्तुरसहित विविध शिर्षकबाट महानगरमा तिर्नुपर्ने आर्थिक ऐनबमोजिम कर तथा दस्तुर सम्बन्धि वडामै बुझाउने ब्यबस्था गरिएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएकोे छ ।