काठमाडौं,भदौ ३०
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८।५ मेगावाट बिजुली सोलार प्रविधिबाट उत्पादन गर्ने भएको छ । कम्पनीले बुटवलमा सोलार आयोजना बनाएर बिजुली उत्पादन थाल्ने भएको हो ।
कम्पनीले सोलार आयोजना बनाउन बैंकबाट ऋण लिने भएको छ । आउदो असोज २० गते बस्ने १७ औं वार्षिक साधारणसभाबाट ऋण स्वीकृतका लागि प्रस्ताव पेश हुने रिडीले जानकारी दिएको छ । ऋण स्वीकृत भएपछि कर्जा लिने प्रक्रिया अघि बढ्ने छ ।
सोलार आयोजनालाई लगानी जुटाउन कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृत गर्ने छ ।
बोनस सेयर बाँडफाँडपछि कायम हुने चुत्तापुँजीको शत्प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीको चुत्तापुँजी ५० करोड रुपैयाँ छ । हकप्रद सेयर जारीपछि कम्पनीको चुत्तापुँजी १ अर्ब रुपैयाँ नाघने छ । कम्पनीले २।५ मेगावाटको रिडी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।(विकास न्युजबाट)