NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!

आइतवार बैशाख २ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२ वैशाख , विराटनगर ।

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन अहिले युवा पुस्तामा सर्वाधिक चर्चित नाम हो । के बृद्ध, के बालक, बालेन हरेक उमेर समूहका लागि परिचित अनुहार हो । काठमाडौं महानगर पालिकाको मेयरमा उम्मेदवार बनेदेखि नै सर्वाधिक चासो र चर्चाको चुलीमा रहेका बालेन निर्वाचित पछि त झन शिखर छन् । उनका हरेक निर्णय र कदमले काठमाडौंमा मात्रै होइन देशभर तरङ उत्पन्न गराउँदै आएको छ ।

काठमाडौंको फोहोर व्यवस्थापनका लागि बालेनले चालेका कदम, त्यसका लागि आएका अवरोधहरुलाई पन्छाउन उनले खेलेको भूमिका अनि निर्वाचनमा जनाएका वाचा पूरा गर्ने गरी उनले अघि सारेका योजनाले बालेनले काठमाडौबासीको मात्रै होइन देशवासीकै मन जित्दै आएका छन् । बालेनले आफूले महानगरवासी समक्ष जनाएको प्रतिवद्धतासँगै उपमेयरसहित वडासदस्यदेखि वडाध्यक्षहरुले जनाएका प्रतिवद्धताहरुलाई क्रमश बजेट नीति तथा कार्यक्रममा प्राथकिमताका साथ समेट्दै आएका छन् ।

यसमा उपमेयर सुनिता डंगोल सबै ३२ वडाकै जनप्रतिनिधीको साथ र समर्थन रहदै आएको छ । स्वतन्त्र मेयर बालेनले चुनावी मैदानमा उत्रदै गर्दा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका २८ बँुदे प्रतिवद्धता सार्वजनिक गरेका थिए । अहिले बालेन तिनै आफ्ना प्रतिवद्धताहरुसहित सबै जनप्रतिनिधित्वका वाचाहरु अक्षरंश पालना गराउन कटिवद्ध देखिन्छन् ।

बालेनले आफ्ना वाचा पूरा गर्ने क्रममा नयाँ वर्ष २०८१ मा श्रम तर्फ सुनौलो अवसरको घोषणा गरेका छन्। नयाँ बर्षमा महानगरका तर्फबाट तालिम दिएर कम्तिमा २०८१ जनाका लागि रोजगारीको अवसर प्रदान गरिने बालेनले घोषणा गरेका हुन्। यस अभियानमा महानगरले १५हजार जना बेरोजगार युवाहरुलाई सीपमुलक तालिम प्रदान गरी कम्तिमा ५हजार जनालाई रोजगार÷स्वरोजगार बनाउने उद्देश्य सहित यस आर्थिक बर्षको बार्षिक बजेट तथा कार्यक्रममा महानगर गौरब योजनाको रुपमा “रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि “ आयोजना सुरूवात गरेको छ ।

साथै सीपयुक्त जनशक्तिलाई रोजगारको अवसर सृजना गर्न श्रम बैंक स्वर्णिम योजना समेत सञ्चालनमा रहेको छ। यी आयोजना अन्तर्गत हालसम्म हामीले करिब ५ हजार जनालाई सीपमूलक तालिम प्रदान गरीसकेको छ भने करिब ६०० जनालाई प्रत्यक्ष रोजगार र १ हजार भन्दा बढीलाई अप्रत्यक्ष रोजगारीको अवसर प्राप्त भएको महानगरका प्रमुख बालेन्द्र शाहले बताएका छन् । नेपालमा बेरोजगारी समस्या युवाहरूको प्रमुख चुनौती बनेको छ ।

यही चुनौतीलाई चिर्न सीप विकासलाई थप आकर्षित र अभियानको रूपमा अगाडी बनाउन काठमाडौँको टुँडिखेलमा यहि नयाँ बर्ष २०८१ बैशाख १९ गते अर्थात मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनबाट सुरु हुनेगरी २०८१ जना बेरोजगार युवाहरुलाई सीप सिकाएर रोजगार÷स्वरोजगार बनाउने उद्देश्य सहित “सीप मेला –२०८१” सञ्चालन गर्ने भएको छ ।यस्तै महानगरले उद्यमशिल महिलालाई विभिन्न किसिमको सीपमुलुक तालिम, व्यवसायिक सिकाई जस्ता रोजगारमुलक कार्यक्रममार्फत उत्पादन र बजारसँग जोड्ने भएको छ।

महानगरले ३२ वटै वडामा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम शुरु गरेको छ । महानगरपालिकाले ‘एक वडा एक नमूना उद्यमशिलता,आफ्नै सीपमा मौलिक पन,आत्मनिर्भर उद्यमी, हाम्रै्र लगानी,हाम्रै श्रम’ नारासहित उक्त कार्यक्रमको थालनी गर्न लागेको हो । महानगरपालिकाले महानगरभित्रका ३२ वडाका उद्यमशिल बन्न चाहने महिला तथा पुरुषहरुको लागि उद्यमशिल तालिम कार्यक्रम शुरुवात गरेको छ ।

पहिलो चरणमा १६ वटा वडाहरुमा योजना बनाइरहेको छ । १६ वडा वडाको सिकाई, अनुभवको आधारमा ३२ वटावडाहरुमा एक वडा एक नमूना उद्यमशिलता कार्यक्रम लैजाने योजना बनाएको छ । महानगरले गर्ने उद्यमशिल तालिम ३२ वटामा फरक–फरक किसिमका हुनेछन् ।

काठमाडौं महानगरलाई कृषिजन्य, काष्ठ र माटोजन्य वस्तु उत्पादनमा आत्मनिर्भर महानगर बनाउन सिपमुलक तालिमसहित प्राविधि समेत दिएर उद्यमी बनाउने उद्देश्य रहेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । उनले महानगरका ३२ वटै वडाभित्र उद्यमी बन्न चाहनेहरुलाई फरक–फरक सीपको तालिम दिने र फरक–फरक उत्पादन गरी उत्पादनलाई बजारसँग जोडिने उल्लेख गरेकी छन् ।

उपप्रमुख डंगोलले उद्यमशिल तालिममा महिला उद्यमी मात्रै नभएर पुरुष उद्यमीहरु पनि जोडिन सक्ने जानकारी दिएकी छन् । महानगरका हरेक वडामा फरक–फरक किसिमको तालिम तालिमका लागि मात्रै नभएर तालिम लिएको क्षेत्रमा विज्ञ बनाएर उद्यमी बनाउने गरी उनीहरुलाई तालिम दिने योजना र कार्यक्रम बनाएको उनले दाबी गरेकी छन् ।

उपप्रमुख डंगोलले उद्यमशिल तालिम लिने तर उद्यमीहरुले उत्पादन गरेका वस्तुले बजार नपाउँदा उद्यमशिलता हराउँदै गएको पाइएको बताउदै यस्ता उद्यमीको उत्पादनलाई बजारसँग जोडेर उनीहरुलाई उद्यमी बनाउँने कार्यक्रम रहेको बताएकी छन् ।३२ वटामा नै उद्यमी जन्माउनको लागि महानगर अन्य निकायहरुसँग पनि सहकार्य र समन्वय गरी काम गर्ने गरी योजना बनाइरहेको छ ।

उनले काठमाडौंमा भएको शहरी गरिव अन्त्य गर्नको लागि पनि उद्यमशिल तालिम अघि सारिएको बताएकी छन् । उनले काठमाडौं महानगरभित्रको गरिबीको रेखामुनी रहेकालाई उद्यमशिलता मार्फत जीवनस्तर माथि उकास्ने योजना रहेको बताएकी छन् । ३२ वडामा बस्ने काठमाडौंवासी मात्रै नभएर बाहिरबाट आएर काठमाडौंका विभिन्न वडामा बस्नेहरुले पनि आवेदन दिई उद्यमशिल तालिममा सहभागिता जनाउन सक्नेछ ।

आवदेन दिनेहरुको उद्यमी बन्ने इच्छाशक्ति र विगतलाई समेत हेरेर महानगरले छनोट गरी तालिम दिएर आर्यआर्जन गरी उद्यमी बन्न सक्ने आधार बनाउने महानगरले जनाएको छ । कुनै वडामा गुन्द्रुक बनाउने, मस्यौरा बनाउने,कुनै वडामा माटोका भाडा बनाउने तालिम दिने महानगरको योजना छ । महानगरको वडा नम्बर ५ मा माटोको भाँडा बनाउने तालिम ,१२ नम्बर वडामा सुकुल बुनाउने तालिम, १६ नम्बर वडामा काष्ठ बनाउने र वडा नम्बर ८ पशुपति क्षेत्रमा रुद्राक्षको माला दुना टपरीको निकै माग हुने भएकाले रुद्राक्षको माला र दुना टपरी बनाउने तालिम दिने तयारी रहेको छ ।

काठमाडौं महानगरभित्र पनि शहरी गरिबी रहेको छ । मुलुकको राजधानी काठमाडौंमा पनि गरिबीको रेखामुनी रहेका मानिसहरु बसोवास गर्ने गरेका छन् । खास गरी उनीहरुको जीवनस्तर माथि उठाउने र आयआर्जनको माध्यमबाट गरिबी अन्त्य गर्ने योजनाका साथ ३२ वडामा गरिबी लक्षित रोजगार मुलक सीप तालिम सञ्चालन गर्न लागिएको उप्रमुख डंगोलको भनाई छ ।

काठमाडौं महानगरले महानगरभित्रका गरिबी पहिचान गरिरहेको छ । महानगरले गरिबी पहिचानको यकिन तथ्याङ्क आएसँग त्यही अनुसार कार्यक्रमहरु ल्याउने र गरिबीको रेखामा रहेकालाई उद्यमशिलतासँग जोडर उद्यमी बनाउने महानगरले लक्ष्य लिएको छ । यस्तै महानगरले महानगरले ३२ वडामा उद्यमशिल तालिम दिएर प्रविधिमार्फत उत्पादन शुरु गरेपछि हरेक वडामा एक कोसेली घर स्थापना गर्ने योजना बनाएको छ ।

सीपमुलक तालिममार्फत उत्पादन भएका वस्तुहरुलाई बजारसँग जोड्नको लागि कोसेली घर स्थापना गरिने महानगरले जनाएको छ । यस्तै उद्यमीहरुले उत्पादन गरेका वस्तुको लागि विभिन्न मार्ट र सुपर मार्केटमा ‘मेड इन काठमाडांै’को छुट्टै स्पेस अनिवार्य राख्नुपर्ने अवधारणा ल्याउन लागेको छ । महानगरले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई पहिलो प्राथमिकतामा राखि नेपाली वस्तुहरुको प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अवधारण अघि सार्न लागेको हो ।

उनले मार्ट तथा सुपर मार्केटहरुमा मेड इन नेपाल,मेड इन काठमाडौं सेक्सन बनाएर हरेक मार्टबाट त्यस्ता वस्तुहरुलाई जोड्ने लक्ष्य महानगरको रहेको बताएकी छन् ।मेयरको कार्यभार सम्हालेको १०० दिनमा नै बालेनले आफ्ना सुरुवाती उपलब्धि सार्वजनिक गरेका थिए । आफूहरू १०० दिनको दौडमा नरहेको र काम गर्नका लागि पाँच वर्षे योजना रहेको बताउदै बालेनले सय दिनमा फुटपाथको ठेला हटाएको लगायतका उपलब्धि सार्वजनिक गरेका थिए ।

पछि महानगरको नेतृत्व सम्हालेको एक वर्षपूरा भएको अवसरमा बालेनले थप उपलब्धिहरु सार्वजनिक गरेका थिए । जसमा २५ पार्क ,४२ किलोमिटर सडक कालोपत्रे, १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण, १५०० मिटर फुटपाथ निर्माण , ७ कि.मी. नयाँ ढल निर्माण लगायत रहेका छन् । बालेनको काठमाडौंको मेयरका रुपमा ५ वर्षे कार्यकालमा दोस्रो वर्ष पूरा हुने तरखरमा छ ।

यसबीचमा स्वतन्त्र मेयर बालेन र नेकपा एमालेबाट प्रतिनिधित्व गरेकी उपमेयर सुनिता आफूहरुले जनाएका प्रतिवद्धताहरु पूरा गर्न योजनाबद्ध रुपमा कटिवद्ध देखिन्छन् । तपाईहरुले चाँही बालेन नेतृत्वको काठमाडौं महानगरले अहिलेसम्म गरेका काम र उनीहरुले जनाएका प्रतिवद्धतालाई कसरी हेर्नुभएको छ ? २ वर्षमा कति सफल छन् बालेन र सुनिता ? आफ्ना विचारहरु अवश्य ब्यक्त गर्नुहोला ?ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#बालेनको प्लान

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.