NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स सोमवार मंसिर २९ , २०८२
अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर सोमवार मंसिर २९ , २०८२
एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ? सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि सोमवार मंसिर २९ , २०८२
बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ? सोमवार मंसिर २९ , २०८२
Next
Prev

समाचार

चीनलाई टक्कर दिने कस्तो छ अमेरिकी ‘स्क्वाड’ ?

सोमवार बैशाख ३१ , २०८१
Reading Time: 1 min read
A A
रुसलाई हतियार नदिन चीनलाई अमेरिकाको चेतवानी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३१ वैशाख , विराटनगर । 

चीनले रुस–युक्रेन युद्ध रोक्नका लागि प्रभावकारी भूमिका खेलिदिओस् भन्दै विश्वले आशा र कामना गरिरहेको छ । हालैमात्र युरोपियन देशहरुले पनि राष्ट्रपति सी जिङपिङलाई यस्तै अपिल गरेका छन् । युरोप भ्रमणमा निस्किएका सीले पनि चीन कहिले पनि द्वन्दको सर्जक नबन्ने बरु शान्तिका लागि नेतृत्व लिने प्रतिबद्धता जाहेर गरे । चीनले एकातिर शान्तीदूत बन्ने घोषणा गरिरहँदा अर्कातिर कर्पोरेट सेना ब्यूँत्याएर बाँकी विश्वलाई नै अचम्ममा पार्ने गरी एउटा दुर्लभ अभ्यास गरिरहेको छ ।

१९७० पछि पहिलो पटक चिनियाँ कम्पनीहरुले आफ्नै निजी मिलिसिया तथा स्वयंसेवक सेना भर्ना गरेका छन । कम्तीमा चीनका प्रमुख ६ वटा कम्पनीहरुले यस्ता सेना भर्ना गरेका छन । जसमध्ये निजी स्वामित्वमा चलेको डेरी उत्पादक कम्पनीले पनि लडाकु जत्था भर्ना गरेको बताइएको छ । यस्तो युनिटलाई ‘पिपुल्स आम्र्ड फोर्स’को रुपमा चिनिन्छन । यद्यपी उनीहरु सम्बन्धित कम्पनीमै कार्यरत नियमित जागिरेहरु नै हुन्छन । तर उनीहरु चिनियाँ सेनाको सहायक सेनाको रुपमा काम गर्ने हुनाले शक्तिराष्ट्रहरुको ध्यान खिचेको छ ।

हुनत यस्ता सेनाहरुले प्राकृतिक विपद्मा उद्धारका लागि खट्ने, सामाजिक व्यवस्था कायम गराउनेदेखि युद्धको समयमा लडाइँमा सामेल हुनेसम्मको जिम्मेवारी उनीहरुको हुन्छ । अमेरिकी नेशनल गार्डसँग समान जस्तो देखिने यो फोर्स तत्काल चीनबाहिर कतै पनि खटिने छैन। अर्धसैन्य समूहको रुपमा देखिने यो समूहको स्थापना चीनले १९७० पछि पहिलो पटक स्थापना गरेको हो । जुन स्थापनाले अन्य देशहरुसँग चीनको सम्भावित द्वन्द्वसँगै घरेलु सामाजिक अशान्तिलाई पनि संकेत गरेको विश्लेषकहरुको भनाइ छ ।

यसलाई कोरोना महामारीपछिको अवस्थासँग लड्ने उपायको रुपमा पनि हेरिएको छ । साथै कर्पोरेट क्षेत्रसँगै समाजमा कम्युनिस्ट पार्टीको नियन्त्रण बढाउने चिनियाँ नेता सीको प्रयासको रुपमा पनि हेरिन्छ । चीनमा सम्भावित उपभोक्ता आन्दोलन तथा श्रमिकहरुको हडताल लगायतका समस्या रोक्नका लागि पनि यस युनिटले चिनियाँ कम्यनिस्ट पार्टीलाई सहायता गर्नसक्ने विश्लेषकहरु बताउँछन । हालसम्म मिलिसिया घोषणा गरेका अधिकांश कम्पनीहरु राज्यनियन्त्रित कम्पनीहरु हुन ।

जुन प्रत्यक्ष रुपमा केन्द्र वा क्षेत्रीय सरकारकै स्वामित्वमा सञ्चालित छन ।तर गत डिसेम्बरमा पाँचौं ठूलो डेरी उत्पादक कम्पनी यिली ग्रुपले मिलिसिया युनिट स्थापना गरेको थियो । जुन निजी क्षेत्रबाट यस्ता सैनिक भर्ना गर्ने पहिलो निजी कम्पनीको रुपमा चिनिएको छ । यिली सञ्चालित भएको सहर होहोटस्थित कम्पनीमा स्थानीय सरकारको ८.५ प्रतिशत सेयर भएकोले यसलाई आंशिक रुपमा राज्य नियन्त्रित मान्न सकिन्छ ।

जवकि यसको बहुमत नियन्त्रण अधिकार राज्य नभएर कम्पनीमै छ । विश्वको दोश्रो ठूलो अर्थतन्त्र भएको र सर्वाधिक शक्तिशाली सेना रहेको चीनका लागि वर्तमान अवस्थामा ‘कर्पोरेट मिलिसियाहरुको आवश्यकता किन पर्यो ? पश्चिमा मिडियासहित देशहरुले यस्तो अभ्यासलाई लिएर चीनले आफ्नो प्रतिरक्षा गरिरहेको टिप्पणी पनि गरिरहेका छन । कतिपय विश्लेषकहरु भने कोरोना महामारी घरजग्गा क्षेत्रमा देखिएको संकटका कारण चीनले कर्पोर्ट मिलिसिया स्थापना गरेको हुनसक्ने बताउँछन ।

मिलिसियाको पुर्नस्थापना पनि सी चिनफिङको चिनियाँ सेनालाई व्यापक रुपमा परिचालन गर्ने योजनासँग सम्बन्धित रहेको पनि विश्लेषण गरिएको छ । वर्षौंदेखि चलेको बजारको मन्दीले व्यापक रुपमा बन्द र हड्ताल निम्त्यायो । २०२२ पछि चीनका थुप्रै सहरमा समस्यासँग जुधिरहेका निर्माण कम्पनीहरुले निर्माणमा ढिलाइ गर्दा घर खरिदकर्ताहरुले आफ्नो धरौटीको भुक्तानी गर्न तयार भएनन । रियल इस्टेट क्षेत्रमा देखिएको मन्दीले विशेषगरी वित्तीय क्षेत्रमा नराम्ररी असर पुग्यो ।

जसले गर्दा प्रमुख बैंकहरुले आफ्नो लगानी उत्पादन गुमाइरहेका छन । यसले गर्दा आफ्नो रकम गुमाइरहेका नागरिकहरु प्रदर्शनमा उत्रिन थाले । पछिल्लो समय मिलिसिया निम्त्याउनुको पछाडि पीएलएलाई आधुनिकीकरण गर्ने र विश्वस्तरीय लडाकु फौज बनाउने उनराष्ट्रपति सीको गोप्य उद्देश्य रहेको पनि बताइन्छ । यसवाहेक मिलिसियाको पुनस्र्थापनालाई कतिपयले माओको जनयुद्धको पुनस्र्थापना तथा नागरिक र सैन्य क्षेत्रको मौलिक सहअस्तित्वसँग पनि जोडेर हेर्ने गरेका छन ।

अर्थात माओले १९५० देखि ६० को बीचमा गरे जस्तै समाजलाई कडा नियन्त्रण र देशलाई युद्धस्तरमा तयार पार्ने बेइजिङको चाहना यसमा देखिने पनि विश्लेषण हुने गरेको छ । दिर्घकालीन रुपमा राष्ट्रपति सीले ताइवानमा आफ्नो कब्जा जमाउन खोजिरहेका छन । जवकि चीनका ठूला सहरहरु सैन्य क्षेत्रको रुपमा परिणत भइसकेका छन । गत सेप्टेम्बरमा सांघाइ महानगर लगानी समूहले पीएलए विभाग स्थापना गरेको थियो । जसलाई राज्यकै जनमुक्ति सेनाले निगरानी गर्छ ।

पिएलएका कमान्डर लिउ जिएका अनुसार मिलिसियाले सेनालाई सीपमुलक कामदारलाई रोजगारी प्रदान गर्न वा सैन्य भर्ती जस्ता गतिविधिमा सहयोग गर्छन । यसरी गत वर्ष कम्तीमा १४ वटा राज्य नियन्त्रित कम्पनीहरुले मिलिसिया स्थापना गरेका थिए । गत अक्टोबरमा रक्षा मन्त्रालयका प्रवक्ताले भने अनुसार राज्य नियन्त्रित कम्पनीहरुमा भर्ना भएका मिलिसियाहरु राष्ट्रिय सुरक्षा विकासलाई बलियो बनाउनका लागि हुन ।

उता चीनलाई टक्कर दिन इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकाले अर्को सुरक्षा समूह बनाएको छ । जसमा अमेरिका, अस्ट्रेलिया, जापान र फिलिपिन्स छन् । यो समूहलाई अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरुले ‘स्क्वाड’ नाम दिएको ब्लुमबर्गले उल्लेख गरेको छ । गत बिहीबार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले ती मुलुकका समकक्षीसँग हवाइमा वार्ता गरेका थिए । यो चार देशीय समूह चीनको प्रभाव विस्तार हुन नदिन अमेरिकाले बनाएको अनेकौँ समूहमध्ये सबैभन्दा पछिल्लो हो ।

यसअघि अमेरिका, अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वाड सक्रिय छ । त्यस्तै अस्ट्रेलिया, बेलायत र अमेरिकाबीच अकस गठन गरी रक्षा सम्झौता गरिएको छ ।‘हामी यहाँ जम्मा भएका छौँ किनकि इन्डो–प्यासिफिकमा शान्ति, स्थायित्व र निरोधका विषयमा हाम्रो साझा दृष्टिकोण छ,’ अस्टिनले अन्य तीन समकक्षीसँगै पत्रकार सम्मेलनमा भने । स्क्वाडका रक्षामन्त्रीहरुबीच पहिलो पटक जुन २०२३ मा सिंगापुरमा भएको सांग्रिला डायलगको साइडलाइनमा वार्ता भएको थियो ।

अप्रिलमा यी चार मुलुकले फिलिपिन्समा संयुक्त सैन्य अभ्यास गरेका थिए । पछिल्लो समय फिलिपिन्स र चीनबीच दक्षिण चीन सागरमा तनाव बढ्दै गएको छ । चार मुलुकबीच थप समुद्री सैन्य अभ्यास हुने अस्टिनले बताए । अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएअनुसार अमेरिकाले एसियामा ज्यादती र आक्रमकतालाई रोक्न यस्तो समूह बनाएको हो ।

अमेरिकाले नयाँ सुरक्षा समूह अघि सारिरहँदा भारत समेत सम्मिलित क्वाडमा भने सुस्ती देखिएको छ । युक्रेनमा रुसको आक्रमणमा तटस्थ बस्ने भारतीय निर्णयबाट पश्चिमा मुलुकहरु सशंकित छन् । भारतीय कूटनीतिज्ञहरुले पश्चिमा आरोपहरुको चर्को जवाफ पनि दिँदै आएका छन् । त्यसमाथि भारतभन्दा विपरीत फिलिपिन्ससँग अमेरिकाको आपसी रक्षा सन्धि नै छ । मार्कोस जुनियरको प्रशासनले फिलिपिन्समा अमेरिकी सैन्य अखडाको संख्या पनि बढाउने सहमति दिएको छ ।

यसले चीनसँगको टक्करमा फिलिपिन्सलाई अझ बलियो बनाउने विश्लेषण गरिएको छ । चीनविरुद्धको समूहमा आफूलाई बाहिर राखेपछि भारतले भने आफूलाई अमेरिकाको विकल्पका रुपमा उभ्याउने कोसिस गरेको छ । अमेरिकाले इजरेललाई दिँदै आएको बमलगायतका विस्फोटक रोकेपछि भारतले इजरेलमा विस्फोटक र किलर ड्रोन निर्यात गरेको छ । यसअघि अमेरिकी आग्रह विपरित भारतले रुसी इन्धन खरिद गरिरहेको छ ।

सीमा विवाद लगायतका विषयमा भारत र चीनबीच कटुता रहदै आएपनि पछिल्लो समय यी दुई देशबीच समन्ध सुमधुर उन्मुख देखिएको छ । दुई दिन अघि मात्रै चीनले १८ महिनापछि भारतका लागि चिनियाँ राजदूत दिल्ली पठाएको छ । समग्रतामा अमेरिकाको चीन घेर्ने नीति, चीनको कर्पोरेट सेना र भारतको अमेरिकाविरुद्धको कदमबारे तपाईँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #चीनले ब्यूँत्यायो ‘कर्पोरेट सेना’#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
अन्तर्राष्ट्रिय

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि
अन्तर्राष्ट्रिय

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.