NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

पाकिस्तानलाई अमेरिकाले आज रोक्न सक्ला ?

बिहिबार जेष्ठ २४ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
पाकिस्तानलाई अमेरिकाले आज रोक्न सक्ला ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ जेठ, एजेन्सी ।

टी–२० विश्वकपमा आज पाकिस्तान र अमेरिका आमनेसामने हुँदैछन् । पाकिस्तानले विश्वकपको सुरुआत आज आयोजक राष्ट्र अमेरिकाविरुद्धको खेलसँगै गर्दैछ । खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालामा नेपाली समय अनुसार, राति ९ः१५ बजे सुरु हुनेछ । सन् २०२१ को संस्करणमा पाकिस्तान सेमिफाइनलमा रोकिएको थियो । त्यसको पनि एक वर्षपछिको संस्करणमा फाइनलमा पराजित भयो । अब भने उसले उपाधिको आशा राखेको छ ।

पाकिस्तान र अमेरिका प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा भारत, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् । पाकिस्तानबाहेक सबै टोलीले आफ्नो एक–एक खेल खेलिसकेका छन् । उक्त समूहको पहिलो खेलमा अमेरिकाले छिमेकी राष्ट्र क्यानडालाई सात विकेटले हराएको थियो । अर्को खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । त्यसैले आज रातिको खेलमा पाकिस्तान पहिलो जितको खोजीमा हुनेछ ।

LS Auto

अमेरिका भने बलियो टेस्ट राष्ट्रलाई हराउँदै लगातार दोस्रो जितसहित सपुर–८ चरणको यात्रा सहज बनाउने धुनमा रहने छ । यता पाकिस्तानले यही विश्वकपका लागि भनेर तीन महिना अगाडि कप्तान फेरेको छ । शाहिन शाह अफ्रिदीको स्थानमा बाबर आजम फेरि कप्तानका रूपमा फर्केका छन् । यो आफैंमा विवादास्पद निर्णय रह्यो । पछिल्लो समय ट्वान्टी ट्वान्टी क्रिकेटमा पाकिस्तानको प्रदर्शन पनि गतिलो रहन सकेको छैन ।

न्युजिल्यान्डविरुद्ध घरमा ट्वान्टी ट्वान्टी सिरिज बराबरी खेलेको पाकिस्तान आयरल्यान्डविरुद्धको सिरिजमा विजयी त रह्यो, तर पहिलो खेल गुमाएर दबाबमा पनि रह्यो । अहिले तत्कालका लागि पाकिस्तानी टिम खासै चर्चामा छैन । तर कप्तान आजम उत्साहित छन् । उनी भन्छन्, ‘पहिला सेमिफाइनल । त्यसपछि फाइनल । अब हाम्रो लक्ष्य उपाधि नै जित्ने हो ।’ समूह ‘ए’ मा रहेका दुई टोली भारत र पाकिस्तान टी–२० विश्वकपका पूर्वविजेता पनि हुन् ।

भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो । पाकिस्तानले भने सन् २००९ मा सम्पन्न दोस्रो संस्करणको उपाधि चुमेको थियो । त्यतिबेला पाकिस्तानले फाइनलमा श्रीलङ्कालाई आठ विकेटले हराएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पाकिस्तानभन्दा अमेरिका निकै पछाडि छ । उक्त वरीयतामा पाकिस्तान छैटौँ र अमेरिका १८औँ स्थानमा आसीन छन् ।

पाकिस्तानी टोलीले टी–२० विश्वकपमा पहिलो संस्करणदेखि नै नियमित रूपमा सहभागिता जनाउँदै आएको छ । अमेरिकाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । यसपटक अमेरिका आयोजकका रूपमा विश्वकपमा उपस्थित भएको हो । पाकिस्तान भने अघिल्लो विश्वकपमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकपमा छनोट भएको हो । पाकिस्तानले हालसम्म टी–२० विश्वकपमा कुल ४७ खेल खेलिसकेको छ ।

पाकिस्तान त्यसमध्ये २८ खेलमा विजयी भएको छ भने १८ खेलमा पराजित । पाकिस्तानी टोलीको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । यसको विपरीत अमेरिकाले टी–२० विश्वकपमा हालसम्म एक खेलमात्र खेलेको छ । त्यो खेल पनि यही विश्वकपमा खेलेको हो । यस अर्थमा टी–२० विश्वकपमा अमेरिकाको यात्रा निकै सुखद देखिन्छ । टी–२० विश्वकपको इतिहासमा पाकिस्तान सफल टोलीका रूपमा दरिएको छ ।

पाकिस्तानी टोली तीनपटक टी–२० विश्वकपको फाइनलमा पुगिसकेको छ । त्यसमध्ये एक पटक उपाधि जित्न सफल भएको पाकिस्तान बाँकी दुई अवसरमा भने फाइनलमा पराजित भएको छ । टी–२० विश्वकपको पहिलो संस्करणको फाइनलमा पाकिस्तानलाई चिर प्रतिद्वन्द्वी भारतले पाँच रनले पराजित गरेको थियो । पाकिस्तान टी–२० विश्वकपको साबिक उपविजेता पनि हो ।

सन् २०२२ मा सम्पन्न टी–२० विश्वकपको फाइनलमा इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । पाकिस्तान र अमेरिकाले यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आपसमा एक खेल पनि खेलेका छैनन् । त्यसैले बिहीबार राति यी दुई टोली पहिलो पटक आपसमा भिड्ने छन् । यी दुई टोलीको पछिल्लो पाँच खेलको अवस्थालाई हेर्दा भने पाकिस्तानभन्दा अमेरिकाको नतिजा आकर्षक देखिन्छ ।

अमेरिकी टोली आफूले खेलेका पछिल्ला पाँचमध्ये चार खेलमा विजयी भएको छ । बाँकी एक खेलमा भने अमेरिका पराजित भएको छ । अर्कोतिर, पाकिस्तानी टोलीले आफूले खेलेको पछिल्ला पाँचमध्ये एक खेलमा मात्र जित हात पार्न सकेको छ । अमेरिकाले गत अप्रिल १३ तारिखमा खेलिएको खेलमा क्यानडालाई चार विकेटले हराएको थियो । त्यसपछि मे २१ तारिखमा खेलिएको खेलमा अमेरिकाले बङ्गलादेशलाई पाँच विकेटले पराजित गरेको थियो ।

मे २३ तारिखमा खेलिएको खेलमा अमेरिकाले बङ्गलादेशलाई ६ रनले हराएको थियो । यसैगरी मे २५ तारिखमा खेलिएको खेलमा भने अमेरिकी टोली बङ्गलादेशसँग १० विकेटले पराजित भएको थियो । त्यसपछि जुन २ तारिखमा खेलिएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको थियो । पाकिस्तानले भने गत मे १४ तारिखमा खेलिएको खेलमा आयरल्यान्डलाई ६ विकेटले हराएको थियो ।

मे २२ तारिखमा पाकिस्तान र इङ्गल्यान्डबिच हुने भनिएको खेल वर्षाका कारण रद्द भएको थियो । मे २५ तारिखमा खेलिएको खेलमा इङ्गल्यान्डले पाकिस्तानलाई २३ रनले हराएको थियो । यसैगरी विश्वकप सुरु हुनुअघि मे २८ तारिखमा पाकिस्तान र इङ्गल्यान्डबिच हुने भनिएको खेल भने वर्षाका कारण रद्द हुन पुगेको थियो ।

विश्वकप सुरु हुनुअघि मे ३० तारिखमा खेलिएको आफ्नो अन्तिम खेलमा पाकिस्तानी टोली इङ्ल्यान्डसँग सात विकेटले हारेको थियो । यसरी पछिल्लो समय अमेरिकी टोली लयमा देखिएको छ । त्यसमाथि विश्वकप सुरु हुनुभन्दा ठिकअघि बङ्गलादेशजस्तो बलियो टोलीलाई हराएपछि अमेरिकाको मनोबल अझ उच्च देखिएको छ ।

त्यसमाथि अमेरिकाविरुद्धको खेल सुरु हुनुअघि आफ्ना प्रभावशाली बलर इमाद वसिम घाइते हुँदा पाकिस्तान थप दबाबमा परेको छ । घाइते भएका कारण अमेरिकाविरुद्धको खेलमा पाकिस्तानी टोलीका अलराउन्डर इमाद वसिम उपस्थित हुने छैनन् । इमादको चोटले पाकिस्तानी टोली थप दबाबमा परेको छ । इमाद वसिम घाइते भएपछि कप्तान बाबर आजम पनि चिन्तित देखिएका छन् ।

इमाद वसिम विश्वकप खेल्न सन्न्यास फिर्ता लिएर पाकिस्तानी टोलीमा फर्किएका हुन् । इमादसँगै तिब्रगतिका बलर मोहम्मद आमिरले पनि विश्वकप खेल्न आफ्नो सन्न्यास फिर्ता लिएका थिए । सन्न्यास फिर्ता लिएलगत्तै इमादलाई न्युजिल्यान्ड, आयरल्यान्ड र इङ्गल्यान्डविरुद्धको टी–२० शृङ्खलाका लागि टोलीमा समावेश गरिएको थियो ।

अमेरिकाको सम्भावित टोलीमा मोनांक पटेल, स्टिभन टेलर, एन्ड्रिज गौस, एरोन जोन्स, नितिस कुमार, कोरी एन्डर्सन, हरमित सिंह, साड्ली भान साल्कविक, जसदीप सिंह, अली खान र सौरभ नेत्रवाल्कर रहेका छन् । यसैगरी पाकिस्तानको सम्भावित टोलीमा बाबर आजम, मोहम्मद रिजवान, साइम अयुब, फाखर जामन, सदाब खान, ईफ्तिखार अहमद, आजम खान, साहिन शाह अफ्रिदी, नसिम शाह, ह्यारिस रौफ र मोहम्मद आमिर रहेका छन् ।

पाकिस्तानी टिम रनका लागि अत्याधिक कप्तान आजम र मोहम्मद रिजवानमा निर्भर हुनेछ । बलरमा अफ्रिदी प्रमुख रहने छन् नै । खासमा पाकिस्तानको प्रमुख अस्त्र भनेकै सटिक बलिङ आक्रमण नै हो । पाकिस्तान यो विश्वकपमा त्यो समूहमा छ, जसमा भारत पनि छ । जति बेला पाकिस्तान र भारत भिड्ने छन्, त्यो यस विश्वकपकै सबैभन्दा ठूलो खेल हुनेछ ।

Tags: #टी–२० विश्वकप#पाकिस्तान र अमेरिका आमनेसामने

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

जापानमा मानव तस्करी गर्न अमेरिकामा बनेको थियो योजना

सोमवार कार्तिक २६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.