दक्षिणी सुडानमा बिद्रोहीको आक्रमणमा नेपाली सैनिक भेष निरौला घाईते

दक्षिणी सुडानमा बिद्रोहीको आक्रमणमा नेपाली सैनिक भेष निरौला घाईते

काठमाडौँ,असोज १
संयुक्त राष्ट्र संघको आह्वानमा दक्षिणी सुडानमा खटिएका नेपाली सेनाको नारायण दल गणका सिपाही भेष निरौला बिद्रोहीको आक्रमणमका परी घाइते भएका छन् ।

दक्षिणी सुडानको एइ भन्ने स्थानमा खटिएको नारायण दलको १७० जनाको टोलीमा रहेका निरौलालाई आक्रमणकारीले आक्रमण गरी घाइते बनाइदिएको छ ।

घाईते सिपाही निरौलाको दाहिने घुडामा गम्भिर चोट लागेको छ । उनको स्थानीय लेभल १ अस्पतालमा उपचार हुन नसकेपछि लेभल ३ अस्पतालमा पठाइएको छ ।

आक्रमणकारी समुहले नेपाली सेनामाथि एसएलआर हतियार प्रयोग गरेर आक्रमण गरेका थिए । घाईते सिपाही निरौला ब्यारेककालागि पानी लिन गएको मैका पारी आक्रमणकारी आक्रमण गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.