NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ? सोमवार साउन ५ , २०८२
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

गीतमय संसद, गीतबाटै घोचपेच, अब संसदमा नाच्न मात्रै बाँकी

सोमवार असार २४ , २०८१
Reading Time: 1 min read
A A
राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ असार , काठमाण्डौ।

दोस्रो ठूलो नेकपा एमाले तेस्रो ठूलो दल नेकपा माओवादीबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्दै सरकारमा सहभागी भएको ४ महिना नपुग्दै प्रतिपक्ष बेन्चमा पुगेको छ । एमाले त्यो बेन्चमा अब केही दिन मात्रै बस्नेछ । आफैले बनाएका प्रधानमन्त्रीको साथ छाड्न गएको असार १९ गते नेकपा (एमाले) का ८ जना मन्त्रीहरू राजीनामा दिएर पत्र बुझाउन बालुवाटार पुगेका थिए।

त्याहा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले मन्त्रीहरूलाई गीत सुनाए–यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले। उनले राजीनामा बुझाउन गएका मन्त्रीहरुलाई फत्तेमान राज भण्डारीको गीत गुनगुनाएर सुरु भएको गीतको घोचपेच आज प्रतिनिधिसभा बैठकमा ब्यापक रुपमा देखियो । प्रधानमन्त्रीले गुनगुनाएको सो गीत एमालेका प्रमुख सचेतक महेश वर्ताैलाले संसदमा सम्झिए ।

Advertisement

लगत्तै उनले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई गीतबाटै जबाफ फ¥काए। ’म प्रधानमन्त्रीलाई अञ्जु पन्तको गीत स्मरण गराउन चाहन्छु’, सांसद बर्तौलाले भने, ’तिमीले पराई ठानेपछि पराई हुनु के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र।’ दाहाललाई प्रधानमन्त्रीमा पछिल्लो पटक एमालेलगायत दलले सहयोग गरेका थिए।

एमालेले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसदमा प्रतिपक्षी सिटमा बसिसकेको छ। एमाले प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालले सदवै सँगै रहने तर अर्को दाउपेचको प्रक्रियालाई जोडिरहने गरेको आरोप लगाए। ’हामी सरकारमा थियौँ, एमालेलाई एक्ल्याउने अवस्था भयो,’ बर्तौलाले भने।

संसदमा गीतबाट प्रधानमन्त्री दाहालमाथि आलोचना हुन थालेपछि प्रधानमन्त्री दाहालको दल नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले पनि गीतबाटै बचाउ गरे। ’मलाई पनि एउटा गीतको अन्तरा भन्न मन लाग्यो’, सांसद घर्तीले कुन्ति मोक्तानले गाएको र शिलाबहादुर मोक्तानले संगीत भेरको गीत सुनाए, ’कति जल्छौँ आरिशले अझै जल्दै गर, म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर।’

माओवादी सांसद घर्ती यतिमै रोकिएनन्। अर्को गीत पनि गाए। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले ’मुरलीधरले एउटा गीत गाउनु भएको छ– उडायो सपना सबै हुरीले भन्ने चरितार्थ नबनोस्,’ भने। असार १७ मा भएको सहमतिअनुसार पहिलो कार्यकाल ओली प्रधानमन्त्री बन्ने कांग्रेस र एमालेबीच सहमति छ। संसदमा गीतबाटै सवाल जबाफ चलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले व्यङ्ग्य गरेकी छन् ।

’आजकाल सदन रोचक भएको छ। कविता सुनिन्छ, गीत सुनिन्छ। कुनैदिन अगाडि नाच पनि हेर्न पाइएला,’ उनले भनिन्। यस्तै नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले केही दिन यता संसदमा दोहोरी चलेको टिप्पणी गरे। ’एउटाले आहान भनेको छ, अर्कोले गीत गाएको छ. गीत गाउँदैमा हाम्रो अवधि जाने हो कि!’ उनले भनेका छन् ।

त्यसअघि आजै एमालेका ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भएपनि संविधानमा प्वाल खोजेर बसिरहेको आरोप लगाउदै गीत नै सम्झिएका थिए ।उनले भनेका थिए, ‘सरकारको कुरा के गर्नु हामीले बेला बेलामा सुन्दै आएको, पढ्दै आएको आजपनि उद्धरण हुँदै गरेको कुरा रोम जलिरहेको बेला राजा निरोले बाँसुरी बजाएर बसेको भनेजस्तै देशमा सरकार घोर अल्पमतमा परेको छ । तर बाँसुरी बजाइरहेको छ । सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदोरहेछ कहिले कहिले भनेर गीत गाएर बसिराखेको छ ।

बरु उडायो सबै सपनाहरु हुरीले भन्ने गित गाए हुने नि । आज देशमा यो तहको परिस्थिति बनिरहेको बेला प्रधानमन्त्रीज्यू धारा पानी खोज्दै हुनुहुन्छ । आइतबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले पनि गीत सुनाए। कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठनको सहमति भइसकेको अवस्था रहेको बताएका उनले रामकृष्ण ढकालको गीत संसद बैठकमा सुनाएका थिए ।

शर्माले भने, ’ओराली लागेको हरिणको चाल भयो, बाँचुञ्चेलसम्म पनि मरेकै हाल भयो, त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर पाएको, माया त रहेछ धारिलो छुरा रेटिनै प¥यो नि!’ सांसद शर्माले यो गीत प्रचण्डलाई समर्पित गर्न चाहेको बताएका थिए ।

Tags: #अब संसदमा नाच्न मात्रै बाँकी#गीतबाटै संसदमा घोचपेच#गीतमय संसद#निशानामा ओली र प्रचण्ड

लोकप्रीय

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

विचार

थप समाचार

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति
अन्तर्राष्ट्रिय

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?
खेलकुद

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२

हालका पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.