एजेन्सी,असोज २
करीब २० वर्षपछि बलिउड अभिनेता ऋषि कपूर र अभिनेत्री जूही चावलाको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ ।
यी दुई स्टार्स एक पारिवारिक कमेडी फिल्ममा देखिन लागेको सोमवार सोसल मिडियाबाट जानकारी गराइएको छ ।
यो जोडीलाई पछिल्लो पटक १९९६ मा फिल्म ‘दरार’ मा देखिएको थियो । जूही चावलाले सोसल मिडियामा यस फिल्मको स्टारकास्टको एक तश्बिर शेयर गरेकी छन् ।
उनका अनुसार, फिल्मको छायांकन चाँडै सुरु हुनेछ । ठूलो पर्दामा ऋषि कपूर र जूहीको जोडी सुपरहिट रहेको थियो । यो कपलले ‘बोल राधा बोल’,‘ईना मीना डीका’ र ‘साजन का घर’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।
फिल्मको अहिलेसम्म नाम तय भइसकेको छैन । यसको निर्माण सोनी पिक्चर्स इन्टरनेशनल प्रोडक्शंस इन इन्डिया र र म्याकगुफिन पिक्चर्सले गर्ने जनाईएको छ ।