मिश्री भारतीय नयाँ विदेश सचिव

मिश्री भारतीय नयाँ विदेश सचिव

३० असार , काठमाण्डौ।
भारतका नवनियुक्त विदेश सचिव विक्रम मिश्रीले आफ्नो कार्यभार सम्हालेका छन् । उनले सोमबार ३५ औं भारतीय सचिवको कार्यभार सम्हालेका हुन् ।

यसअघिका विदेश सचिव बिनयमोहन क्वात्रा सेवा निवृत्त भएपछि मिश्रीले नयाँ जिम्मेवारी पाएका हुन् । मिश्रीले भारतको सहायक राष्ट्रिय सुरक्षा सल्लाहाकारका रुपमा समेत काम गरेका छन् ।

उनी चीन, स्पेन र म्यान्मारको राजदूत समेत भइसकेका छन् । मिश्रीले भारतका तीन प्रधानमन्त्रीहरू इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवका रुपमा समेत काम गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.