विराटनगरको अरनिकोमा ११ सय ५१ नयाँ विद्यार्थी भर्ना

विराटनगरको अरनिकोमा ११ सय ५१ नयाँ विद्यार्थी भर्ना

३ साउन, विराटनगर ।

विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयको कक्षा ११ मा २६ औं व्याचका विद्यार्थीका रुपमा ११ सय ५१ जना नयाँ विद्यार्थी  भर्ना भएका छन् ।  उनीहरुलाई  बिहीबार एक कार्यक्रमको आयोजना गर्दै अभिमुखीकरण  गरिएको छ ।

कक्षा ११ मा भर्ना भएका ११ सय५१ जना विद्यार्थीलाई  विद्यालय परिसरमा अभिमुखीकरण  गरिएको हो । गुणस्तरीय शिक्षा र   कुशल व्यवस्थापनमा सञ्चालन भएको  विद्यालय काठमाण्डौ बाहिरकै उत्कृष्ट रहेको विद्यालयले जनाएको छ  ।

कार्यक्रममा विद्यालयले लिएको कक्षा ११ को तेस्रो त्रैमासिक परीक्षा, कक्षा ११ मा भर्ना भएकाहरुलाई लिएको प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान  समेत गरिएको छ  ।

यस्तै  एसईई मा ४ जिपिए ल्याउने अन्वेशा बस्नेत, गृष्मा लुइटेल, प्रतिभा रौनियार, सुत्र्रत बराल, कृतज्ञ दाहाल र अजय लिम्बुलाई समेत सम्मान गरिएको छ ।

अभिमुखिकरण कार्यक्रममा  प्रशिक्षक रमन भट्टराई, विद्यालयका अध्यक्ष लक्ष्मी अधिकारी, प्रिन्सिपल राजेश कार्की, एस्पायर कलेजका प्रिन्सिपल सिएम बस्नेत, कलेजका सञ्चालक उमेन्द्र विलास लुईटेल,कार्यक्रम संयोजक विकाश खनाल र सञ्चालक भरतराज दाहाललगायतले नयाँ भर्ना भएका विद्यार्थीको उज्वल भविष्य निर्माणका लागि विद्यालयले खेल्ने भूमिका र विद्यार्थीका दायित्वका विषयमा प्रकाश पारेका थिए ।

प्रिन्सिपल कार्कीले अरनिकोले गुणस्तरमा सम्झौता नगर्ने   प्रतिबद्धता व्यक्त गरे । कलेजमा भर्ना भएका विद्यार्थीले गौरव महसुस गर्ने वातावरण आफुहरुले तयार गर्ने उनले बताए ।

विद्यालयमा कक्षा ११ र १२ का लागि विज्ञान संकाय, होटेल म्यानेजमेन्ट र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ ।

केही समय अघि मात्रै अरनिकोले ‘प्रेष्टिजियस प्लस टु आउट अफ भ्याली अवार्ड’ प्राप्त गरेको  थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.