NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

स्पेनविरुद्ध अर्जेन्टिना फाइनलिसिमा २०२५ मा भिड्ने

शुक्रबार साउन ४ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
स्पेनविरुद्ध अर्जेन्टिना फाइनलिसिमा २०२५ मा भिड्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ साउन , एजेन्सी ।
२०२४ को युरोकप र कोपा अमेरिकाका विजेताहरु स्पेन र अर्जेन्टिना अब २०२५ मा आमनेसामने हुँदैछन् । यी दुवै च्याम्पियनहरुले अब २०२५ मा हुने अर्को महत्त्वपूर्ण टुर्नामेन्ट फाइनलिसिमामा एकअर्काविरुद्ध परिक्षणमा उत्रिने छन् । हालै स्पेनले आफूलाई युरोपेली च्याम्पियनसिपको इतिहासमा सबैभन्दा सफल टिम सावित गरिसकेको छ ।

युरोकप २०२४ मा उसले खेलेका सबै म्याच जित्यो । यो आफैंमा दुर्लभ थियो । साविक विजेता इटालीसहित क्रोएसिया, अल्बानिया, जर्जिया, जर्मनी, फ्रान्स र इंग्ल्याण्डलाई पाखा लगाउनु उपाधिबाहेक छुट्टै विशेष उपलब्धि थियो । आइतबार युरोकप २०२४ फाइनलमा स्पेन र इंग्ल्याण्डले महाद्वीपीय ट्रफीसँगै प्राप्त हुने प्रतिष्ठाका लागि प्रतिस्पर्धा गरे ।

सँगै धेरैलाई कमै थाहा भएको अर्को उपाधिनजिक जाने प्रयासमा पनि यी दुई टिमले प्रतिस्पर्धा गरेका थिए, त्यो हो– फाइनलिसिमा । हो, युरो च्याम्पियन स्पेनले सन् २०२५ मा हुने अर्को महत्त्वपूर्ण टुर्नामेन्ट फाइनलिसिमामा स्थान सुरक्षित गरेको छ । फाइनलसिमा एक यस्तो म्याच हो, जसमा कोपा अमेरिकाको विजेता र युरोपेली च्याम्पियनसिपमा जित्ने टिमबीच भिडन्त हुन्छ ।

LS Auto

यसपल्ट कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । त्यसैले सन् २०२५ मा हुने फाइनलिसिमामा अर्जेन्टिना र स्पेनबीच उपाधि भिडन्त हुने छ । विश्वविजेता अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिकाको उपाधि जितेर फाइनलिसिमाका लागि तयार छ । सन् २०२१ को युरो च्याम्पियन इटालीलाई फाइनलिसिमामा कोपा २०२१ विजेता अर्जेन्टिनाले सजिलै हराइदिएको थियो ।

यसपल्ट उसले युरोपकै सफल टिम स्पनेको सामना गर्ने छ । रोचक के भने, आफूले आदर्श मानेका अर्जेन्टिनी स्टार लियोनल मेसीलाई स्पेनिस योङस्टार लेमिन यमालले चुनौती दिनेछन् । दाहिने खुट्टामा लागेको चोटका कारण मेसीले कोपा अमेरिका २०२४ फाइनल पूरा खेल्न पाएनन् । खुट्टामा गम्भीर चोट लागेका उनी अबको डेढ महिना फुटबल खेल्ने छैनन् ।

मेसीले संन्यास लिने चर्चा पनि अहिलेलाई सेलाएको छ । त्यसैले उनले फाइनलिसिमा खेल्ने धेरैको अनुमान छ । यो मात्र होइन, उस्तै परे सन् २०२६ को विश्वकपमा समेत मेसी देखिन सक्ने अनुमान छ । यता, हालै सम्पन्न युरोबाट चम्किएका यमालले फ्रान्सविरुद्ध गोल गरेर स्पेनलाई फाइनलमा लगेका थिए । उनलाई फुटबलको नयाँ स्टारको रूपमा हेरिएको छ ।

अर्जेन्टिनासँग फाइनलिसिमा खेल्दा यमालले आफ्ना आदर्श मेसीलाई मैदानमा पाउँछन÷पाउँदैनन्, यो मेसीको हातमा छ । फाइनलिसिमा कोपा अमेरिका र युरो कप आयोजकबीच भएको सम्झौताको एक हिस्सा हो । खेलकुदको विस्तार, विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यी दुई संगठनले सहकार्य गरेका हुन् ।

फाइनलिसिमाको पछिल्लो संस्करण जून २०२२ मा लण्डनमा भएको थियो । आगामी संस्करणको ठ्याक्कै मिति तोकिएको छैन । यद्यपि, पहिलाकै जस्तो जून वा जुलाई २०२५ मा हुन सक्छ । यसपालिको खेल कहाँ खेलाइन्छ भन्ने पनि टुंगो लागिसकेको छैन । जहाँ भए पनि दुई सफल टिमबीचको प्रतिस्पर्धा निकै रोचक हुने छ ।

फाइनलिसिमा पहिलोपल्ट सन् १९८५ मा आयोजना गरिएको थियो, जसमा १९८४ को युरोपेली च्याम्पियनसिपको विजेता फ्रान्सको सामना सन् १९८३ को कोपा अमेरिका विजेता उरुग्वेसँग भएको थियो । म्याच फ्रान्सले २–० ले आफ्नो पक्षमा पारेको थियो ।

Tags: #चेला यमाल र गुरु मेसी एउटै मैदानमा#स्पेनविरुद्ध अर्जेन्टिना फाइनलिसिमा

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

जापानमा मानव तस्करी गर्न अमेरिकामा बनेको थियो योजना

सोमवार कार्तिक २६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.