NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

२१ वर्ष पूरानो सौर्य इन्जिन परीक्षण गर्न नपाई ध्वस्त

बुधबार साउन ९ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
बिग्रिएको सौर्यको जहाजलाई कसले दियो उडान अनुमति ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

९ साउन, विराटनगर ।

यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिन्छ, तर विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित हुँदै गएको थप पुष्टि गरेको छ । आज भएको सौर्य एयरलाइन्सको दुर्घटनाले पुनः एक पटक नेपालको हवाई सुरक्षाबारे चिन्ता र चासो बढेको छ ।

जसले सन् २०१३ देखि देशले सामना गरिरहेको युरोपेली सङ्घ ईयूको कालोसूचीबाट हट्नका लागि भइरहेका प्रयासलाई फेरि ओझेलमा पार्ने देखिन्छ । आज देशकै सबैभन्दा सुरक्षित मानिएको र सबैभन्दा धेरै स्रोतसाधन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । क्याप्टेन शाक्य सामान्य कुराकानी गर्ने अवस्थामा नै रहेका छन् । उनको टाउको, खुट्टा लगायतका भागमा चोट लागेको छ ।

अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा राखेर उनको उपचार भइरहेको छ । उनको टाउकोको सीटी स्क्यान गरिएको छ । शाक्यलाई कन्टेनर भित्रबाट निकालिएको थियो । विमान कन्टेनरमा ठोक्किँदा अगाडिको भाग त्यसैमा अड्किएको र बाँकी भाग तल बजारिएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दियो ।

अन्य मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । सबैको आजदेखि नै पोस्टमार्टम सुरु भएको छ । सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने बताइएको छ।

दिउँसो करिब ११ ः११ बजे सौर्य एयरलाइन्सको ९एन–ए एम ई कलसाइनको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै बजारिएको तल भुईँमा बजारिएको थियो । कन्टेनरलाई ठोक्किएपछि गोठाटार नजिकैको खाँेचमा दुर्घटना भएको विमान टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको हो ।

आगो लागेको विमानबाट धुँवाको मुस्लो निकै टाढा र धेरैबेरसम्म देखिएको थियो । विमानमा पाइलटसहित १९ यात्रु थिए । दुर्घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखकसहित उच्च अधिकारीहरुको टोली पनि त्यहाँ पुगेको थियो ।

त्यसको केही बेरपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका थिए । विमानमा सवार सबै सौर्य एयरलाइन्सको चालक दलका सदस्य, प्राविधिक तथा व्यवस्थापन समूहका रहेका थिए । सौर्य एयरलाइन्सले व्यवस्थापन टिमका उच्च अधिकारीहरू गुमाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागरकुमार आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्माको नाम उल्लेख छ ।

अन्य ज्यान गुमाउनेमा को–पाइलट एस कटुवाल, कर्मचारीहरूमा अमित मान महर्जन, मनुराज शर्मा, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् ।

आरिफ भने विदेशी नागरिक हुन् । यो जहाजमा सर्वसाधारण भने नरहेको बताइएको छ । तर सौर्य एयरले सबै यात्रुलाई प्राविधिक भनेपनि एक नाबालक र एक उर्जा मन्त्रालयमा कार्यरत कर्मचारी समेत सो दुर्घटनामा परेको खुलेको छ । प्रिजा खतिवडा, अधिराज शर्मा प्राविधिक मनुराज शर्माका पत्नी र छोरा हुन् ।

जहाज मर्मतका लागि पोखरा लैजादै गर्दा दुर्घटना भएको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकी प्रवक्ता जसोदा सुवेदीका अनुसार पोखराको ह्यांगरमा राखेर मर्मतका लागि उक्त विमान कम्पनीले अनुमति लिएको थियो ।

तर काठमाडौं टेकअफ गर्नेबित्तिकै सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गनजिकै दुर्घटनामा परेको हो । सौर्य एयरलाइन्सले काठमाडौंबाट पोखरा भने नियमित उडान गर्दैन । यो २१ वर्ष ४ महिना उडिसकेको विमान भएको खुलेको छ ।

बम्बार्डियर सीआरजे २०० सिरिजको यो जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो । सुरुमा अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले मे २००३ मा किनेको यो विमानको स्वामित्व अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एयरले लिएको थियो ।

जुन २००७ सम्म इन्डिपेन्डेन्स एयरले उडाएको यो विमान त्यसपछि नाइजेरियाको एरिक एयरले किन्यो । एरिकपछि अप्रिल २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसको स्वामित्वमा पुग्यो ।

करिब १० वर्ष साउथ अफ्रिकन एक्सप्रेसले उडाएको यो विमान जनवरी २०१७ मा अमेरिकाका लिजिङ कम्पनी एरोलिजले किन्यो । मार्च २०१७ मा सौर्य एयरलाइन्सले यसलाई खरिद गरेर नेपाल ल्याएको थियो ।

सौर्यले यो विमान उडाउन थालेको ६ वर्ष भइसकेको थियो । सौर्यले लिएपछि यसको कलसाइन ९ एन–एएमई राखिएको थियो । यसअघि २०७४ को फागुनमा बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस–बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।

त्यस क्रममा जहाज ‘ल्यान्ड’ हुनुपर्ने विन्दु काटेर गलत विन्दुबाट अवतरण गर्दा दुर्घटना भएको बताइएको थियो । उक्त दुर्घटनामा ५१ जना यात्रुको मृत्यु भएको थियो । जसमध्ये चिनियाँ, बंगलादेशीसहित नेपाली पनि थिए ।

नेपाली आकाश असुरक्षित भएको भन्दै युरोपियन युनियनले २०१३ देखि नेपाल वायुसेना कम्पनीमाथि प्रतिबन्ध लगाउँदै आएको छ । तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले नेपाली आकाश सुरक्षित रहेको र प्रतिबन्ध फुकुवा गर्नुपर्ने भनेकै चार दिनपछि नै तारा एयरको विमान दुर्घटना भएको थियो ।

नेपालको हवाई दुर्घटनाको इतिहास हेर्ने हो भने दर्जनौं विमान दुर्घटना भएका छन् । सन् १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको मृत्यु भएको थियो ।

नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको बताइन्छ । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा ८० को हाराहारीमा हवाई दुर्घटना भएका छन् । हवाई दुर्घटना न्यूनीकरणका लागि भन्दै पटक÷पटक छानबिन समितिसमेत गठन गरिए ।

प्रतिवेदन तयार पारिए तर कार्यान्वयन भने हुन नसक्दा पटकपटक उस्तै दुर्घटना दोहोरिने गरेको छ । नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए ।

यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो । यस्तै, सन् १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो ।

सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा प¥यो र १५७ जनाले ज्यान गुमाएका थिए । सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा प¥यो र पाँच जनाले ज्यान गुमाएका थिए ।

सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भएन । नेपाली आकाशमा पटकपटक हुने यस्ता हवाई दुर्घटनासँगै युरोपियन युनियनले नेपाली वायुसेवा कम्पनीलाई प्रतिबन्ध लगाएको छ ।

१० वर्षदेखि अहिलेसम्म फुकुवा गरेको छैन । यस्ता दुर्घटनाबारे जाँचबुझ आयोग नै बनाए पनि नेपाली आकाश सुरक्षित बन्न सकेको छैन । यसबारे टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला ।

तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #कन्टेरका कारण बँचे पाइलट#नेपाल टाइम्स् ट्रेडिंग#सौर्यले उच्च अधिकारीहरु गुमायो

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.