NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

पहिरोमा बेपत्ता ५ जना परेनन् फेला, भेटिएको शव पनि हरायो

सोमवार साउन १४ , २०८१
Reading Time: 1 min read
A A
पहिरोमा बेपत्ता ५ जना परेनन् फेला, भेटिएको शव पनि हरायो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ साउन , काठमाण्डौ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरू अझै फेला पर्न सकेका छ्रैनन् । उनीहरुको आज बिहानैदेखि फेरि खोजी सुरु गरिएको छ ।

भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेका छन् । पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ ।

LS Auto

बेपत्ताको खोजीका लागि ‘जेसिवी मेसिन’को प्रयोग गरिएको छ । आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उनीसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए ।

डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले आजदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको छ ।

यसैबीच आरुघाट नजिक बुढीगण्डकी किनारमा आइतबार साँझ एउटा शव देखिएको थियो । तर सो शव फेरि हराएको छ । आइतबार साँझ गोरखाको आरुघाट बजारदेखि तल बुढीगण्डकी किनारमा एक युवकको शव फेला परेको सूचना आज बिहान गोरखा प्रहरीलाई गएको थियो ।

‘हामी आज बिहान त्यहाँ पुग्दा शव थिएन,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक एसपी वासुदेव पाठकले भने, ‘नदी किनारमा हिजो साँझ देखिएको त्यो शव फेरि नदीले बगाएको हुनसक्ने आशंका हामीले गरेका छौँ।’

उक्त शव गोरखाको धार्चेमा आइतबार बिहान गएको पहिरोमा बेपत्ता भएका पाँच जनामध्ये कसैको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । यसैबीच त्रिशूली नदीमा आइतबार साँझ एक महिलाको पनि शव फेला परेको छ ।

‘त्यो शव पनि हिजो गोरखामा गएको पहिरोमा बेपत्तामध्येकै एक जनाको हो कि भन्ने आशंका प्रहरीले गरेको छ । ती महिलाको शव अहिले गोरखा जिल्ला अस्पतालमा राखिएको  एसपी पाठकले बताएका छन् ।

‘त्यो शव सनाखतको लागि पहिरोमा बेपत्ता भएकाहरुका आफन्तलाई खबर गरेका छौँ,’ उनले भने । बुढीगण्डकी नदी बेनीघाट तल त्रिशूलीमा मिसिन्छ । दुई नदीको मिलनबिन्दु नजिकै महिलाको शव फेला परेको हो ।

त्रिशूलीमा आइतबार फेला परेको शव कान्छी गुरुङको हुन सक्ने आशंका प्रहरीले गरेको छ । पहिरोमा बेपत्ताहरुलाई बाढीले बगाएर ल्याउन सक्ने भएकाले त्रिशूली र कालीगण्डकी किनारमा खोजी कार्य केन्द्रीत गरिएको एसपी पाठकले बताए ।

यता त्रिशूलीमै बेपत्ता दुईवटा बस पनि अहिलेसम्म फेला परेका छैनन् । यद्यपी सो बस खोज्ने क्रममा त्रिशूली नदीले बगाउँदा हराएको चुम्बक भने फेला परेको छ ।

नारायणगढ मुग्लिन सडकको सिमलतालमा गएको असार २८ गते पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक दुई दिनअघि त्रिशूलीमा हराएको थियो ।

‘साउन १२ गते त्रिशूलीमा हराएको चुम्बक काभ्रेघाटमा भेटिएको छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने ।

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न भारतबाट १४ र १९ किलोका दुईवटा चुम्बक ल्याइएको थियो ।

गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

ती दुवै बसमा सवार ६५ जनामध्ये तीनजना पौडिएर निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ। अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।

यसैबीच आज बिहानको मापन अनुसार कोशी, नारायणी, कन्काई, कमला, पूर्वी राप्ती, र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, लमजुङ, र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

यसैगरी भोजपुर, खोटाङ सोलुखुम्बु, सिन्धुली, धादिङ, काठमाडौँ, भक्तपुर, कास्की, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, कालिकोट, डोटी, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यस्तै केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन थालेको छ । गएराति देशका धेरै ठाउँमा पानी परेकोमा अहिले भने बिहानैदेखि चर्को घाम लागेको छ ।

काठमाण्डौसहित देशका धेरै ठाउँको मौसमको अवस्था अहिले यस्तै रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए । उनकाअनुसार मनसुन कम सक्रिय भएको बेला दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन्छ ।

अबको केही दिन मौसम यस्तै रहने र त्यसपछि मनसुन थप सक्रिय भएर देशका धेरै ठाउँमा दिउँसोसमेत पानी पर्ने सम्भावना रहेको उनले बताए । केही दिनदेखि मनसुन कम सक्रिय हुँदा दिउँसो केही ठाउँमा मात्रै पानी पर्ने गरेको छ ।

तर मनसुन थप सक्रिय भएपछि दिउँसो र रातिसमेत देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताए । आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Tags: #त्रिशूलीमा हराएको चुम्बक भेटियो#पहिरोमा बेपत्ता#भेटिएको शव पनि हरायो

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.