NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

मुकुलले स्वर्णिमलाई भने देशद्रोही,पार्टीबाट निष्कासन गर्न माग

शुक्रबार साउन १८ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
स्वर्णिम पक्षबाट कुट्ने धम्की दिएको मुकुलको आरोप
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१८ साउन, काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य वाहेक सम्पूर्ण पद र जिम्मेवारीबाट बेदखल गरिएका रास्वपाबाट निलम्बित महामन्त्री मुकुल ढकाल फेरि उपसभापति डा स्वर्णिम वाग्लेविरुद्ध खनिएका छन् । निलम्बनमा परेपछि पार्टीे सभापति रवि लामिछाने, उपसभापति वाग्ले र डीपी अर्यालविरुद्ध गम्भिर आरोपहरु लगाउँदै आएका मुकुलले उपसभापति स्वर्णिम वाग्लेलाई पार्टीबाट निष्कासन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले वाग्लेको अभिव्यक्ति तर्फ लक्षित गर्दै उनको अभिब्यक्ति राष्ट्रियताको पक्षमा नभएको उल्लेख गरेका छन् । “कहिले सेनाको बारेमा, कहिले मनरो डक्ट्रिन त कहिले भुटानीकरण गरेर पटकपटक राष्ट्रघाती एवं देशद्रोही अभिव्यक्ति दिइरहेका व्यक्तिलाई पार्टीबाट बर्खास्त गरी पार्टीलाई राष्ट्रियताको पक्षमा सदा अडिग रहने शक्तिको रूपमा विकास गर्नुपर्छ,” उनले लेखेका छन् ।

ढकालले आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण भएको र प्रतिरक्षाको शैलीमा अञ्जानबस् प्रस्तुति गल्ती भएको स्वीकार गरेका छन् । तर, आफूले एक शब्द झुटो नबोलेको भन्दै प्रमाण दिन तयार रहेको बताएका छन् । “प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् । तर मैले यो बीचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन । मैले झुटो बोलेको छैन भनेर सावित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु,” उनले लेखेका छन् ।

उनले पार्टी सभापति रवि लामछिनेमाथि लागेका सबै आरोपउपर पार्टीभित्रै स्वतन्त्र छानबिन समिति गठन हुनुपर्ने पनि उल्लेख गरेका छन् । उनले राष्ट्रियता, पारदर्शीता र जवाफदेहीता र वैकल्पिक शक्तिको एकीकरणमा जोड दिएका छन् । पछिल्लो समय वाग्लेले मनरो डक्ट्रिनको विषयमा एमाले र कांग्रेस सांसदले प्रश्न उठाएपछि संसदमा जवाफ दिएका थिए ।

जसमा उनले एमाले सांसद रघुजी पन्त र ईश्वरी न्यौपालेलाई जवाफ दिने क्रममा साउथ एसियन मनरो डक्ट्रिन उच्चारण समेत गर्न नसक्ने सांसदहरु रातारात विज्ञ बनेको टिप्पणी गरे । यसअघि सांसद पन्तले वाग्लेले भारतको पक्षधरता लिँदै अभिव्यक्ति दिएको आरोप लगाउँदै आपत्ति जनाएका थिए भने न्यौपानेले ‘साउथ एसिएन मनरोडक्ट्रिन’बारे रास्वपाको आधिकारिक धारणा माग गरेकी थिइन ।

समेत संसदमा मुकुलले स्वर्णिममाथि लगाएको नेपाललाई भुटानीकरण गर्ने सम्बन्धी गम्भिर आरोपको विषय समेत उठाएका थिए । वाग्लेले हाकाहाकी झुट बोलेर भगाउन सकिन्छ कि भनेर प्रयास नगर्न चेतावनी पनि दिए । उनले राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद विगतमा नभएको भन्दै भइदिएको भए देश अफगानिस्तानपछिको दोस्रो मुलुक नहुने बताएका थिए ।

उनले राष्ट्रियताको विषयमा आफूमाथि उठेको प्रश्नको जवाफ दिँदै भनेका थिए,“हामी छिमेकी राष्ट्रहरूको उन्नयनमा प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमसत्तालाई अक्षुण्ण राख्दै आर्थिक लाभ लिने, हाकाहाकी संवाद गर्ने, आँखामा आँखा जुधाएर कुराहरू राख्ने ।” हामीलाई मध्यरातमा खुफिया एजेन्सीका प्रमुखहरूलाई बोलाएर गोप्य मन्त्रणा गर्नु छैन ।’

यसअघि पनि मुकुलले वाग्लेमाथि गम्भिर आरोप लगाएका थिए , भारतीय राजदूतलाई भेटेको विषय उल्लेख गर्दै उनले भनेका थिए ,‘राजदूतलाई भेटेर होटलको लिफ्टबाट तल झरिसकेपछि उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाल देशलाई भारतको राज्य बनाइदिनका लागि या भुटान जस्तै स्टेट बनाइदिनेगरी ‘एग्रिमेन्ट’ गरिदिनुपर्छ, यिनीहरूले मान्छन् भनेपछि मलाई त्यतिबेला झनक्क रिस उठ्यो’, उनले अगाडि भने, ‘त्यो दिनदेखि मैले स्वर्णिम वाग्लेलाई उपसभापति मानिनँ । म यस कुरामा पनि ‘लाइभ डिटेक्सन टेस्ट’ दिन तयार छु ।

रवि र स्वर्णिमका कुरा सुनिसकेपछि मैले विद्रोहको तयारी गरेको थिएँ । जहाँ उहाँहरूले नेपाललाई भारतको राज्य बनाउने कुरा गर्नु भयो, मैले नयाँ निष्कर्ष निकालिसकेको थिएँ । यसमा कुनै पनि प्रकारको छानबिन हुन्छ भने म तयार छु ।’ गत २५ असारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीको जिम्मेवारी खोसेपछि डा. मुकुल ढकाल चर्चामा छन् । यससँगै उनका विवादास्पद अभिव्यक्तिहरु क्तमिक रुपमा आउन थालेका छन् ।

ढकालले रास्वपा रविको क्लबमा परिणत भइसकेको भन्दै आफू महामन्त्री पदमै रहेको बताउँदै आएका छन् । यसका लागि उनी निर्वाचन आयोग समेत पुगेका थिए । तर अझै उनको नाम रास्वपाकै महामन्त्रीका रुपमा आयोगमा रहेको भन्दै यसबारे केही निर्णय गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म निर्वाचन आयोगको विवरणमा रास्वपाका महामन्त्रीमा ढकाल नै रहेकाले तत्कालै कारबाही अघि नबढ्ने प्रवक्ता रघुराम विष्टले बताएका छन् । मुकुललाई निलम्बन गरेपछि आत्मालोचनाका लागि रास्वपाले उनलाई ३५ दिनको समय दिएको छ ।

Tags: #मुकुलले स्वर्णिमलाई भने देशद्रोही#राष्ट्रिय स्वतन्त्र पार्टी

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.