रोनाल्डोआबद्ध अल नासर साउदी सुपर कपको फाइनलमा

रोनाल्डोआबद्ध अल नासर साउदी सुपर कपको फाइनलमा

३१ साउन, विराटनगर ।

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोआबद्ध अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा अल–तावौनलाई २–० ले पराजित गर्दै अल नासर साउदी सुपर कपको उपाधिनजिक पुगेको हो ।

अल नासरलाई फाइनलमा पुर्‍याउन रोनाल्डो र आयमन याह्याले एक-एक गोल गरे ।

खेलको आठौं मिनेटमै याह्याले गोल गर्दै अल नासरलाई पहिलो हाफभरि १-० गोलको अग्रता दिलाएका थिए । ५७औं मिनेटमा रोनाल्डोले अर्को गोल थपे ।

खेलको इन्ज्युरी समयमा नासर १० खेलाडीमा समेटिएको थियो । नासरका मार्सेलो ब्रोजोभिक रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

यससँगै साउदी सुपर कपको उपाधिका लागि अल–हिलाल र अल–नासर भिड्ने भएका छन् । हिलाल यसअघि नै अल–अहली साउदीलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.