सुमना श्रेष्ठ लक्षित प्रधानमन्त्रीको टिप्पणी : शिक्षकलाई घुँडा टेकाएर गर्व गर्नेहरू धेरै टिकेनन्

सुमना श्रेष्ठ लक्षित प्रधानमन्त्रीको टिप्पणी : शिक्षकलाई घुँडा टेकाएर गर्व गर्नेहरू धेरै टिकेनन्

१ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठप्रति लक्षित हुँदै टिप्पणी दिएका छन् ।

एमाले समर्थित नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले रास्वपाकी सांसद श्रेष्ठप्रति लक्षित हुँदै शिक्षकलाई घुँडा टेकाउनेहरूको सत्ता धेरै नचलेको बताए ।

केही समयअघि शिक्षकहरूमाथि एकतर्फी ढंगले आजको दिनमा पनि दमनचक्र चलाउने प्रयास भएको टिप्पणी गरे ।

सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दा आठ सय २५ जना शिक्षकलाई घुँडा टेकाएँ, राजीनामा गराएँ, झुकाएँ, राजनीतिबाट अलग गराएँ भन्ने जस्ता कुराहरू गरे,’ उनले भने, ‘तर शिक्षकहरूलाई निष्कासन गरेँ भनेर गर्व गर्ने, नेपाल राष्ट्रिय शिक्षक संगठनलाई ताकेरै लखेट्ने प्रयास भए । त्यस्ता प्रयासहरू लामो समय टिक्दैन । शिक्षक सरकारका शत्रु होइनन्, सरकारले शिक्षकमाथि जाइलाग्नुपर्ने कुनै कारण छैन । सरकारले शिक्षकहरूमाथि दमन गर्न मिल्दैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.