मैनाली पत्रकारिता पुरस्कारबाट पुरस्कृत

मैनाली पत्रकारिता पुरस्कारबाट पुरस्कृत

विराटनगर असोज ३ , प्रदेश नं १ का आन्तरी मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारको मन्त्री मण्डल विस्तारको तयारी भईरहेको बताए ।

उहाँले महिलालाई समेत मन्त्री मण्डलमा समावेश गरी ११ सदस्य मन्त्रीमण्डल बनाउन तयारी भई रहेको जानकारी दिए ।

विराटनगरका सक्रिय पत्रकार गणेश लम्साललाई आज जनार्दन मैनाली पत्रकारिता पुरस्कार प्रदान गरेपछि सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्री मण्डल बिस्तारको कार्य चाडै हुने भन्दै यस विषयमा संघीय सरकारसंग सहमति लिने काम प्रदेश सरकारले अघि वढाएकोे बताए । प्रदेश नं १ को सरकार ३ फागुनमा पाँच सदस्य मन्त्री मण्डल गठन भएको थियो ।

प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लम्साललाई प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले दोसल्ला ओढाएर नगद १५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र प्रदान गरेका थिए ।

प्रेस चौतारीले मैनालीको स्मृति दिवसका अवसरमा हरेक वर्ष एकजना पत्रकारलाई सो पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि ९ जना पत्रकार पुरस्कृत भइसकेको चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारीले दिए ।

कार्यक्रमलाई नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, प्रेस चौधरीका केन्द्रिय उपाध्यक्ष लिलाराज भराई लगायतकाले सम्बोधन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.