NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो आइतवार कार्तिक १६ , २०८२
बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं ! आइतवार कार्तिक १६ , २०८२
कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय आइतवार कार्तिक १६ , २०८२
मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट आइतवार कार्तिक १६ , २०८२
Next
Prev

समाचार

सहकारीको बचत अपचलन : रवि र छविसँग एकैदिन बयान

शुक्रबार भदौ ७ , २०८१
Reading Time: 1 min read
A A
सहकारीको बचत अपचलन : रवि र छविसँग एकैदिन बयान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ भदौ, विराटनगर ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समिति पछिल्लो समय भरपुर सक्रियताका साथ लागिपरेको छ । समितिले एकपछि अर्को गर्दै सहकारीको ठगी प्रकरणका आरोपितहरूको बयान लिने कामलाई तीव्रता दिएको छ ।

नियतबस ठगी गर्ने गिरोह नै सक्रिय रहेको निष्कर्षसहित छानबिन थालेको समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ । सोधपुछ–बयानलाई प्रतिवेदनमा उतारेर उक्त प्रतिवेदन सरकारलाई बुझाउने तयारी समिति छ ।

गत जेठ १५ गते एमालेका सूर्य थापाको संयोजकत्वमा बनेको छानबिन समितिले सहकारी प्रकरणमा मुछिएका विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ । यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिने समितिको तयारी छ ।

LS Auto

समितिले प्रतिनिधिसभा सांसद लामिछानेलाई बयानका लागि शुक्रबार (आज) बोलाएको छ । उनका साथै भोलि नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी बन्जाडेलाई सोधपुछका लागि बोलाइएको छ ।

समितिले गोरखा मिडियाअन्तर्गत सञ्चालित ग्यालेक्सी टेलिभिजन सुरुवाती लगानीकर्ता छवि र रविलाई एकै दिन बोलाएको हो । पहिले जोशी र त्यसपछि लामिछानेको बयान लिने समितिको तयारी छ । जोशीको आमाको निधन भएकाले ६ गतेसम्म ‘काजक्रिया’मा बस्नुपर्ने भएकाले समितिले भोलिका लागि जोशीसहित रविलाई बोलाएको हो ।

यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने समितिको कार्यसूची थियो । तर आमाको काज किरिया भदौ ६ गते सकिएपछि त्यसको भोलिपल्ट छविले बयानमा आउने बताएका थिए । जोशीको बयान नलिई रविलाई सोध्न प्रमाण नपुग्ने भएकाले म्याद सारिएको बताइएको छ । समितिले भदौ १० गतेसम्म सोधपुछ सक्ने गरी तयारी गरेको छ ।

सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जिबी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जिवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाउँदै आएका रवि टिभीबाट राजीनामा दिएर राजनीतिमा हानिएका थिए ।

रास्वपाको स्थापना गरेर पार्टीलाई सदनमा २१ सिट संख्या दिन सफल लामिछानेका नाममा पनि करोडौं रकम आएको दाबी नेताहरूले गर्दै आएका छन् । तर, लामिछानेले भने आफूले अहिलेसम्म अनधिकृत रूपमा सहकारीको पैसा नलिएको दाबी गर्दै आएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रहँदा रविले सहकारी ठगी प्रकरणमा आफूलाई झूटो आरोप लगाइएको दाबी गर्दै आफूप्रति विपक्षीहरू र सञ्चारमाध्यमले ‘पूर्वाग्रह’ राखेर आरोप लगाएका थिए । तथापि, संसदीय छानबिन समिति गठनप्रति आफ्नो आपत्ति नरहेको उनले त्यसबेला बताएका थिए । अब, आज हुने बयानले पनि धेरै कुराको उजागर गर्ने विश्वास लिइएको छ ।

Tags: #छविलाल जोशी#बयान#रवि लामिछाने#सहकारी प्रकरण

लोकप्रीय

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?
ताजा समाचार

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो
अन्तर्राष्ट्रिय

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.