NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

रोनाल्डो र मेसीमा को उत्कृष्ट ? यस्तो छ, दुवैसँग खेलिसकेका डी मारियाको जवाफ

शुक्रबार भदौ ७ , २०८१
Reading Time: 1 min read
A A
रोनाल्डो र मेसीमा को उत्कृष्ट ? यस्तो छ, दुवैसँग खेलिसकेका डी मारियाको जवाफ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ भदौ, विराटनगर ।

अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारियाले विश्व फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीसँग खेल अनुभव संगालिसकेका छन् । पोर्चुगलका स्ट्राइकर रोनाल्डोसँग क्लब फुटबल अनि मेसीसँग क्लब र देश गरी दुवैतर्फको अनुभव छ, डी मारियासँग ।

हाल पोर्चुगिज क्लब बेन्फिकाबाट व्यावसायिक फुटबल खेलिरहेका डी मारियाले अन्तर्राष्ट्रिय खेलबाट भने सन्न्यास घोषणा गरिसकेका छन् । सन् २०२२ मा विश्वकप जित्दा पनि डी मारिया र मेसी एकसाथ अर्जेन्टिनी टोलीमा थिए । त्यसभन्दा अघि डी मारियाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा मेसीसँग एकसाथ खेलेका थिए ।

LS Auto

रोनाल्डोसँग भने उनले स्पेनिस क्लब रियल मड्रिडबाट एकसाथ खेलेका थिए । सन् २०१४ मा रियलले च्याम्पियन्स लिगको उपाधि जित्दा एकसाथ उत्सव मनाएका थिए, रोनाल्डो र डी मारियाले । रोनाल्डोसँग चार वर्ष रियलमा बिताएका डी मारियाले पिएसजी र रियलबाहेक युभेन्टस र म्यानचेस्टर युनाइटेडबाट पनि खेले ।

अहिले क्लब फुटबलको सुरुआत गर्दाताकाको क्लब बेन्फिका फर्किएका ३६ वर्षीय डी मारियालाई हालै एक अन्तर्वार्तामा मेसी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने प्रश्न सोधिएको थियो । जसमा उनले सर्वाधिक धेरै आठ पटकका बालोन डी‘ओर विजेता मेसी नै सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन् ।

उनले फ्रान्स फुबटलसँगको कुराकानीमा भनेका छन्, ‘मैले भन्नै पर्ने हुन्छ, जसले धेरै वर्ष खेलाडी बन्दै सर्वाधिक प्रतिष्ठित अवार्ड जितेका छन् । मेरो लागि मेसी नै उत्कृष्ट हुन् । उत्कृष्टताको सूचीमा मेसी र रोनाल्डोबीच सानोमात्र अन्तर छ ।’

३९ वर्षीय रोनाल्डो पाँच पटक बालोन डी‘ओरबाट पुरस्कृत भएका छन् । एक समय मेसी बार्सिलोना र रानाल्डोले रियलबाट खेल्दा उनीहरूबीच को उत्कृष्ट भन्ने सवाल–जबाफ सर्वत्र हुन्थ्यो । तर, अहिले दुवै जना युरोपियन लिगभन्दा अलग भएर खेलिरहेका छन् ।

बार्सिलोना छोडेर मेसी पिएसजी हुँदै अमेरिकन क्लब इन्टर मियामी पुगेका छन् भने रोनाल्डोले रियल छोडेपछि युभेन्टस, म्यानचेस्टर युनाइटेड हुँदै साउदी अरेबियन क्लब अल नासरबाट खेलिरहेका छन् । मेसी र रोनाल्डो दुवै खेलाडीको सहयोगमा आफ्नो खेलमा सुधार आएकोमा खुसी छन्, डी मारिया । पछिल्ला केही वर्ष उनीहरूसँग फुटबल खेल्दा आफूमा धेरै नै परिवर्तन आएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘विश्वभरि रोनाल्डो र मेसीमा को उत्कृष्ट छ भनेर निरन्तर चर्चा हुँदै आइरहेको छ । जबकि, उनीहरू अमेरिका र साउदी अरबमा छन् । ला लिगामा उनीहरू हुँदासम्म लिग नै उत्कृष्ट बनेको थियो । फुटबलप्रति सबैको माया बढाउने काम नै उनीहरूले गरेका थिए । त्यसमा एउटा चासोको विषय के हो भने, अहिले अमेरिकीहरूले पनि फुटबलको पुनर्खोज सुरु गरिसकेका छन् ।’

मेसी र रोनाल्डोबीच को उत्कृष्ट भन्ने सवाल करिब–करिब डेढ दशक अघिदेखि नै फुटबल समर्थकहरू उठाउँदै आएका छन् । मैदानभित्र घनघोर प्रतिस्पर्धा रहने मेसी र रोनाल्डोबीच मैदानबाहिर पनि उत्तिकै प्रतिस्पर्धा हुन्थ्यो । विशेषगरी उनीहरूले पुरस्कारमा, उनीहरूले बनाउने कीर्तिमानमा, राष्ट्रिय टोलीका लागि गरेको योगदानमा र सामाजिक सञ्जालमा उस्तै प्रतिस्पर्धा रहन्थ्यो ।

अरूमा उत्तिकै प्रतिस्पर्धा रहँदा सन् २०२१ सम्म राष्ट्रिय टोलीका लागि गरेको योगदानमा मेस्सी निरिह थिए । किनकि, सन् २०१६ मा नै रोनाल्डोले पोर्चुगललाई नेसन्स लिग जिताएका थिए । तर, २०२१ मा कोपा अमेरिका र २०२२ को विश्वकप जितेपछि राष्ट्रका लागि योगदान दिने मामलामा रोनाल्डो पछाडि परे ।

रोनाल्डो फुटबल इतिहासमा सर्वाधिक धेरै गोल गर्ने खेलाडी पनि हुन् । उनले पोर्चुगलका लागि २१२ खेल खेलेर १३० गोल गरेका छन् भने क्लबतिर एक हजार १६ खेल खेलेर ७६२ गोल गरेका छन् । मेस्सीले भने अर्जेन्टिनाका लागि १८७ खेल खेल्दा १०९ गोल गरेका छन् भने क्लबतर्फ ९०४ खेल खेलेर ७३५ गोल गरेका छन् ।

Tags: #फुटबल#लियोनल मेसी#क्रिस्टियानो रोनाल्डो

लोकप्रीय

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
निर्वाचन

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.