एजेन्सी,असोज ४
बलिउड अभिनेता अमिर खान र अमिताभ बच्चन अभिनीत नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।
पोस्टरमा अमिताभलाई खुदाबक्स (ठग्स अफ कमान्डरको) रूपमा परिचित गराइएको छ । सो पोस्टरमा अमिताभ बच्चनलाई मात्र देखाइएको छ ।
पोष्टरमा हरियो रङको पगरी ,हातमा तरबार सहित समुन्द्री जहाजमा अमिताभलाई प्रस्तुत गरिएको छ । विजय कृष्ण आचार्यको निर्देशन रहेको यस चलचित्रलाई २०० करोड बजेटमा निर्माण गरिएको हो ।
यसराज प्रोडक्सनको ब्यानरबाट निर्मित यस चलचित्रमा अमिताभ अमिर खानको पिताको भूमिकामा देखा पर्ने जनाईएको छ । अमिताभ र अमिरको अलावा चलचित्रमा कैट्रीना कैफ,फतिमा साना सैख लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
‘ठग्स अफ हिन्दुस्तान’ १८३९ को नोबेल (ठग अफ कन्फेसन्स अफ ठग)मा आधारीत सत्य कथा हो ।