ओमानका विदेशमन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई

ओमानका विदेशमन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई

११ भदौ, विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

दुईदिने भ्रमणका क्रममा सोमबार काठमाडौं आएका ओमानका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा ओमानका विदेशमन्त्री अल्बुसैदी सोमबार अपराह्न काठमाडौं आएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.