NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ? सोमवार कार्तिक १७ , २०८२
अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प, ४ देशमा कम्पन सोमवार कार्तिक १७ , २०८२
पश्चिमी वायुको प्रभाव कायमै,२ प्रदेशमा वर्षाको संभावना सोमवार कार्तिक १७ , २०८२
Next
Prev

समाचार

नरेन्द्र मोदीलाई पाकिस्तानको निम्तो

शनिबार भदौ १५ , २०८१
Reading Time: 1 min read
A A
भारत र पाकिस्तानका सेनाबीच नियन्त्रण रेखामा सङ्घर्ष विराम गर्ने विषयमा सहमति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ भदौ , एजेन्सी ।

खेलकुदका प्रतियोगिताहरुमा समेत एकअर्काको देशमा जान नचाहाने भारत–पाकिस्तान विश्वमै सबैभन्दा कटु सम्बन्ध रहेको छिमेकी मुलुकमध्येमा पर्छन् । जो दक्षिण एसियाका दुई ठूला आणविक शक्ति सम्पन्न राष्ट्रसमेत हुन् ।

तर भारत र पाकिस्तानको आपसी कटुताले सम्पूर्ण दक्षिण एसियाको विकास कतिपय अवस्थामा अवरुद्ध हुन पुगेको छ । हाल भारतमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको कुर्सीमा नरेन्द्र मोदी छन् ।

उता पाकिस्तानमा प्रधानमन्त्री शहबाज शरिफको यो दोस्रो कार्यकाल हो । भारत र पाकिस्तान विभाजित भएदेखि नै कटुताको प्रारम्भ भएको थियो । पाकिस्तान इस्लामिक गणतन्त्र भयो भने गणतन्त्र भारत धर्मनिरपेक्ष राष्ट्र भयो ।

हालका दिनहरूमा मोदीको शासनकालमा भारतले पनि क्रमशः धर्मनिरपेक्षतालाई त्याग्दै हिन्दुत्ववादी विचारलाई आत्मसात गरेको देखिन्छ । तर पछिल्लो चुनावी परिणामले त्यसमा केही धक्का दिएको छ ।

यस्तै १४ फेब्रुअरी २०१९ पुलवामा घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त्य तनावपूर्ण बन्यो । जम्मु–कस्मिरको पुलवामा भएको आत्मघाती बम हमलामा भारतको केन्द्रीय सुरक्षा बलका ४० जवानको ज्यान गएको थियो ।

भारतले उक्त घटनामा पाकिस्तानको हात रहेको बताएको छ । यस्तै मोदी सरकारले जम्मु–कस्मिरको विशेषाधिकार खारेज गर्ने निर्णय गरेपछि पाकिस्तान भारतसँग थप चिढिन पुगेको हो । त्यसयता दुवै देशले मौकैपिच्छे एकअर्कालाई शब्दवाण हान्न चुकेका छैनन् ।

यसैबीच शुक्रबार मात्रै भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानसँग अब वार्ताको समय समाप्त भइसकेको टिप्पणीसमेत गरे । पाकिस्तानसँगको सम्बन्ध अब उसकै भाषामा निर्भर हुने पनि उनले प्रस्ट पारे ।

पाकिस्तानको हरेक सकारात्मक र नकारात्मक कुराको जवाफ उसकै भाषामा दिइने उनको भनाइ थियो । भारतका तर्फबाट पाकिस्तानका लागि यस्ता चेतावनीपूर्ण सन्देशहरु जारी भइरहँदा पाकिस्तानले भने यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशमा आथित्यता ग्रहण गर्न निमन्त्रणा पठाएको छ ।

खासमा अक्टोबरमा पाकिस्तानमा सांघाइ सहयोग संगठन (एससीओ) काउन्सिल अफ हेड्स अफ गभर्नमेन्ट (सीएचजी) को बैठक आयोजना हुँदैछ । त्यसैका लागि पाकिस्तानले भारतलाई निम्तो पठाएको हो ।

पाकिस्तान समाचार आउटलेटले साप्ताहिक समाचार ब्रिफिङका क्रममा पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मुमताज जहरा बलुचलाई उद्धृत गर्दै पाकिस्तानले इस्लामाबादमा हुने आगामी सीएचजी बैठकका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत एससिओ सदस्य देशका सबै शासनाध्यक्षलाई निमन्त्रणा दिएको बताएको छ।

भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले शुक्रबारको साप्ताहिक मिडिया ब्रिफिङमा इस्लामाबादको निमन्त्रणा पुष्टि गर्दै विदेश मन्त्रालयसँग साझेदारी गर्न कुनै अपडेट नभएको बताए ।

‘हो, हामीलाई सीएचजीको बैठक (एससीओ बैठक) का लागि पाकिस्तानबाट निमन्त्रणा प्राप्त भएको छ, हामीसँग यसबारेमा कुनै अपडेट छैन, अवस्था के हो पछि थाहा पाउनेछौँ”, उनले भने ।

जियो न्युजको रिपोर्टअनुसार सीएचजीको ‘रोटेटिङ’ अध्यक्षता गरेको पाकिस्तानले यस वर्षको अक्टोबरमा इस्लामाबादमा एससिओ बैठकको आयोजना गर्दैछ । सांघाई सहयोग संगठठन सन् २००१ जुन १५ मा कजाकिस्तान, चीन, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानले स्थापना गरेको स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन हो ।

एससीओमा भारत, इरान, कजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, उज्बेकिस्तान र ताजिकिस्तानसहित नौ मुलुक सदस्य छन् । यसअघि मोदीले भने आफ्नो तेस्रो कार्यकालकालागि प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा पाकिस्तानका समकक्षि वा राष्ट्र प्रमुखलाई बोलाएका थिएनन् ।

Tags: #नरेन्द्र मोदी#पाकिस्तानको निम्तो

लोकप्रीय

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

सोमवार कार्तिक १७ , २०८२

विचार

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

सोमवार कार्तिक १७ , २०८२

थप समाचार

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा
खेलकुद

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
ताजा समाचार

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?
ताजा समाचार

खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

सोमवार कार्तिक १७ , २०८२
अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प, ४ देशमा कम्पन
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प, ४ देशमा कम्पन

सोमवार कार्तिक १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

हालका पोस्टहरू

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ?

सोमवार कार्तिक १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.