NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

पुटिन पावरः न प्रतिबन्धले छेक्यो, न आईसीसीको आदेशले

बुधबार भदौ १९ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
पुटिन पावरः न प्रतिबन्धले छेक्यो, न आईसीसीको आदेशले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ भदौ , विराटनगर।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू कति शक्तिशाली छन् भन्ने पुनः एकपटक विश्वलाई देखाइदिएका छन् । चीन, उत्तर कोरिया, इरानजस्ता पश्चिमा खासगरी अमेरिकाको कट्टर विपक्षीका रुपमा उभिएका देशमा मात्रै होइन इन्टरनेसनल क्रिमिनल कोर्टको सदस्य राष्ट्र मंगोलियामा समेत भव्य भ्रमण गरेर शक्तिराष्ट्रलाई गतिलो झापड हानेका छन् ।

जबकी मंगोलियाका अधिकारीहरुलाई आईसीसीले आफ्नो आदेश मान्दै पुटिनलाई पक्राउ गर्न भनेको थियो । त्यसको उल्टो पुटिनले मंगोलियामा भव्य स्वागत पाए । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कुनै पनि आईसीसी सदस्य राष्ट्रको पुटिनले भ्रमण गरेको यो पहिलो अवसर हो ।

LS Auto

युक्रेनका बालबालिकाहरूलाई गैरकानुनीरूपमा डिपोर्ट गरेको आरोपमा आईसीसीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । भ्रमणअघि युक्रेनले पनि पुटिनलाई पक्राउ गर्न भनेको थियो । यता क्रेमलिनका प्रवक्ताले भ्रमणका दौरान पुटिन पक्राउ पर्ने कुनै चिन्ता नरहेको स्पष्ट पारेका थिए ।

यसबीच मंगलबार राजधानी उलानबाटारमा मंगोलियाका नेताले भव्य समारोहबिच पुटिनलाई स्वागत गरे । जंगेज खाँ स्क्वेरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । समारोहपछि पुटिनले मंगोलियाका राष्ट्रपति उखनागलिन खुरेलसुखसँग भेटवार्ता गरे । मंगोलियामा भएको पुटिनको स्वागत किभ, अमेरिका र उसंग जोडिएको समूहका विरुद्धका रुपमा हेरिएको छ ।

युक्रेनले पुटिनको यो यात्रामा रोष प्रकट गरेको छ । जेलेन्स्कीले मंगोलियामाथि पुटनको युद्ध अपराधलाई लुकाएको आरोप लगाएका छन् । मंगोलिया रुस र चीनबीच कम जनसंख्या भएको एक देश हो । र यो देश इन्धन र विजुलीका लागि रुसमाथि र आफ्नो खनिज उद्योगमा लगानीका लागि चीनमा निकै नै आश्रित छ ।

युक्रेनमा गरेको आक्रमणलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा आफूमाथि प्रतिबन्ध लगाउने कयौं प्रयासहरुको सामना गर्नका लागि पुटिनले हालैको महिनाहरुमा कयौं देशहरुको भ्रमण गरेका छन् । उनले मेमा चीन र जुनमा उत्तर कोरिया साथै भियतनामको यात्रा गरेका थिए । जुलाईमा उनी शांघाई सहयोग संगठन(एससीओ) को बैठकमा भाग लिनका लागि कजाखस्तान गएका थिए ।

गत वर्ष दक्षिण अफ्रिकी सरकारले पुटिनको जोहानसबर्गमा ब्रिक्स शिखर सम्मेलनमा सहभागि हुनेमा आपत्ति जनाएपपछि पुटिनले सो बेला भिडियो कन्फ्रेन्सबाट बैठकमा भाग लिएका थिए । दक्षिण अफ्रिका पनि आईसीसीको सदस्य हो । यसबीच पुटिनले तत्कालिन इरानी राष्ट्रपति राइसीलाई मस्कोमा स्वागत गरेका थिए भने आफू पनि इरान पुगेका थिए । यस्तै चिनियाँ राष्ट्रपति, भारतीय प्रधानमन्त्री, उत्तर कोरियाका सर्वोच्च नेतालाई पनि मस्कोमा स्वागत गरेका थिए ।

पश्चिमाहरुको प्रतिबन्धका बीच पूर्वका परमाणु शक्तिसम्पन्न शक्तिराष्ट्रहरुसंगको सम्बन्ध सुधार गर्दै भ्रमण जारी राखेका पुटिन यसैको निरन्तरता स्वरुप मंगोलिया पुगेका हुन् । उनी मंगोलिया पुगेका बेला यता युक्रेनलाई भने दशा आइलागेको छ । रुसले यो वर्षकै सबैभन्दा घातक हमला गरेको छ । रुसी मिसाइल आक्रमणमा परि ४९ युक्रेनीको मृत्यु भएको छ भने २१९ जना घाइते भएका छन् ।

युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन् । अधिकारीहरूले आक्रमण पोल्टावा शहरमा भएको बताए । पोल्टावा किभबाट करिब ३५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रुसको सीमा नजिकै रहेको यो शहर किभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।

नौ सय दिनभन्दा पनि धेरैअघि सन् २०२२ फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि यो आक्रमण रुसी सेनाले गरेको सबैभन्दा घातक आक्रमण भएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ ।

उद्धार टोली र चिकित्सकहरूले २५ जनालाई बचाएको रक्षा मन्त्रालयले विज्ञप्तिमा बताएको छ । तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको थियो । पोल्टावाका गभर्नर फिलिप प्रोनिनले बुधबारदेखि तीन दिने शोकको घोषणा गरेका छन् । यो आक्रमणपछि युक्रेनी राष्ट्रपतिले पश्चिमी साझेदारहरूसँग सैन्य सहायताको तत्काल डेलिभरी सुनिश्चित गर्नका लागि आफ्नो अपिललाई दोहो¥याएका छन् । यसअघि उनले अमेरिका र युरोपेली मुलुकहरूसँग सहयोगको आफ्नो वाचाहरू पूरा गर्न ढिलो भएको भन्दै आलोचना गरेका थिए ।

जेलेन्स्कीलाई रुसी मिसाइल र आफ्ना मन्त्री तथा अधिकारीका तर्फबाट एकैसाथ झट्का लागेको छ । उनको क्याबिनेटका मन्त्रीसहित ६ यूक्रेनी अधिकारीहरुले मंगलवार आफ्नो पदबाट राजीनामा दिएका छन् । जेलेन्स्कीले पनि आफ्ना एक सहयोगीलाई बर्खास्त गरेका छन् । जेलेंस्कीको पार्टीका वरिष्ठ नेता डेविड अराखामियाले यो साता सरकार पुनर्गठन हुने पनि बताएका छन् ।

जेलेन्स्कीलाई मन्त्रीहरुले यस्तो बेला साथ छोडेका छन्, जतिबेला रुसले शक्तिशाली दुई ब्यालेस्टिक मिसाइल हानेको छ । उनलाई विदेशमन्त्री समेतले साथ छाडे । विदेशमन्त्री दमित्रो कुलेबाले आज नै राजीनामा बुझाएका हुन् । कुलेबा जेलेनेस्कीको मन्त्रिमण्डलका अर्को हाई–प्रोफाइल मन्त्री हुन् । यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.