ओलीको फलोअर्स बढाउन झाँक्रीको यस्तो उपाय

ओलीको फलोअर्स बढाउन झाँक्रीको यस्तो उपाय

१९ भदौ, विराटनगर ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलेपछि नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले फलोअर्स बढाउने उपाय लगाइदिएकी छन् । झाँक्रीले बुधबार सामाजिक सञ्जाल ट्विटर (एक्स) मार्फत् फलोअर्स बढाउने उपाय दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको फेसबुकमा अनफलो गर्ने अभियान अझै कायमै राखेका छन् ।

मंगलबार बालेनले सामाजिक सञ्जालमार्फत् पोस्ट डिलेट गरेको जानकारी दिएपछि क्रुर बनेका उनका समर्थकहरूले अनफलो अभियान चलाउँदा ओलीको फेसबुकमा फलोअरहरू ह्वात्तै घटेका थिए ।

मंगलबार दिउँसोसम्म ओलीको फेसबुकमा झन्डै ६ लाख ६६ हजार फलोअर्स थिए । तर, बुधबार साँझ ५ बजेसम्ममा उनको फलोअर घटेर ५ लाख ९० हजारमा झरेको छ । यसरी हेर्दा करिब-करिब २४ घण्टाको अवधिमा ओलीका ७६ हजार फलोअर्स घटेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.