NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्री ओलीका फलोअर्स फेरि बढ्न थाले

शुक्रबार भदौ २१ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
मैले छलेर सरकार कब्जा गर्न खोजेको छैनः प्रधानमन्त्री ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ भदौ , काठमाण्डौ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ समर्थकको ‘अनफलो’ अभियानका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले गुमाएका फेसबुकका फलोअर्स पुनः फर्किन थालेका छन् । उनले दुई दिनको अन्तरालमा ७७ हजार बढी फलोअर्स गुमाएकामा ३ हजार बढी पुन रिकभर भएका छन् । मेयर शाहले यही भदौ १६ गते एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध लेखेको स्टाटस भदौ १८ गते फेसबुकले हटाइदिएपछि बालेन समर्थकले त्यही साँझदेखि फेसबुकमा ओलीविरुद्ध अनफलो अभियान चलाएका थिए।

जसका कारण केपी शर्मा ओली फेसबुक पेजको फलोअर्स ६ लाख ६६ हजारबाट एकदिनमै ७७ हजार घटेर भदौ १९ गते (बुधबार) ५ लाख ८९ हजारमा झरेको थियो। तर बिहीबार देखि भने ओलीको फेसबुक फलोअर्स घटेको स्थानबाट बिस्तारै बढ्न थालेको हो। यस क्रममा आज बिहान सम्म ओलीको फेसबुक फलोअर्स ५ लाख ८९ हजारमा ३ हजार थपिएर ५ लाख ९२ हजारमा उक्लेको हो।

LS Auto

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले केही दिनअघि ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारका रूपमा शोषण र हिंसा गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई २ महिनादेखि कारबाही गर्न अनुरोध गर्दा पनि सरकारले नसुनेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखे।

प्रदेश सांसद शर्माको तस्बिरसहित उनले लेखेका थिए, ‘उहाँ हुनुहुन्छ– नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एकजना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनुभन्दा पनि यो सरकारले समाएको छैन।

अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला।’

बालेनको उक्त स्टाटस २ दिनपछि फेसबुकले हटायो। ‘मास रिपोर्ट’मा परेर उनको त्यो स्टाटस हटेको थियो । यसरी फेसबुकलाई रिपोर्ट गरेर उक्त स्टाटस हटाउन लगाउने उनै प्रधानमन्त्री ओली र उनको पार्टी एमालेका कार्यकर्ता भएको आरोप लगाउँदै बालेनका समर्थकले ओलीविरुद्ध फेसबुकमा ‘अनफलो’ अभियान चलाएका थिए । यस विषयमा अहिलेसम्म प्रधानमन्त्री ओली तथा उनको सचिवालयले बालेनविरुद्ध सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।

यसैबीच बुधबार अपराह्न भने एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यो विषयमा आफ्नो पुरानो भिडिओ क्लिप्ससहित एउटा पोस्ट गरेका छन्। त्यसमा उनले स्टाटस लेखेका छन्, ‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता छैन। सत्यबाहेक अरू केहीको पनि आयु लामो हुँदैन।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सक्रियता देखाएका थिए । पोखरेलले फेसबुकमा ओलीको पेज सेयर गर्दै फलो गरिदिन आशय प्रकट गरेका थिए । बुधबार बिहानतिर ओलीको फेसबुक पेज पोखरेलले आफ्नो अकाउन्टमार्फत् सेयर गरेका थिए ।

यस्तै पूर्व पार्टी अध्यक्ष ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलेपछि नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले समेत फलोअर्स बढाउने उपाय सुझाएकी थिइन् । झाँक्रीले बुधबार सामाजिक सञ्जाल मार्फत् फलोअर्स बढाउने उपाय दिएकी हुन् । उनले लेखेकी छन्, ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।’

Tags: #प्रधानमन्त्री ओली

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

World News: Russia-Ukraine यु*द्धविराममा असहमत, Iranलाई UN को चेतावनी || Nepal Times

00:13:56

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

हालका पोस्टहरू

प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.