NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर शुक्रबार भदौ २७ , २०८२
छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने शुक्रबार भदौ २७ , २०८२
विश्व चर्चित बन्दै सुशील कार्की, दोस्रो इतिहास लेख्दै शुक्रबार भदौ २७ , २०८२
Next
Prev

समाचार

नरेशका लागि ग्रान्ड जुरी खारेज,अब के हुन्छ ?सेप्टेम्बर १६ मा सुनुवाई

शुक्रबार भदौ २१ , २०८१
Reading Time: 1 min read
A A
ममता बेपत्ता प्रकरण : बलियो प्रमाण भेट्टाएको प्रहरीको दाबी, के–के छन् त ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ भदौ , एजेन्सी ।

अमेरिकाको भर्जिनियामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका उनका श्रीमान् नरेश भट्टका लागि अब ग्रान्ड जुरी पनि नबस्ने भएको छ । उनीविरुद्ध शव लुकाएको अभियोगमा मुद्दा दायर गरेर अनुशन्धान गरिरहेको प्रहरीले अहिलेसम्म ममताको शवसहित अन्य ठोस प्रमाण फेला पार्न नसकेको अवस्थामा नरेश पक्षका वकिलहरुले छिटो प्रक्रियाबाट जमानत लिने वा केशबाट बाहिर निस्कने जस्तो बाटो खोजिरहेको देखिएको विहीबारको सुनुवाईमा प्रत्यक्ष रुपमा उपस्थित भएका नेपालीहरुले बताएका छन्।

उनलाई बिहिबार अदालतमा पुनः उपस्थित गराइएको थियो । ग्रान्ड जुरीको समेत अधिकार त्याग्नका लागि न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोशनका सन्दर्भमा भएको सुनुवाईका क्रममा उनलाई अदालतमा उपस्थित गराइएको हो । विहान १० बजेका लागि सुनुवाई तोकिएपनि नरेशले आफूलाई नेपाली अनुवादक चाहिने बताएपछि नेपाली अनुवादकको अभावमा सुनुवाई केहीबेर सारिएको थियो ।

न्यायाधिसले ग्रान्ड जुरी रद्द गराउन नरेशका पक्षबाट दायर गरिएको मोशन स्वीकृत गरेका छन् । अर्थात् अब यो मुद्दामा ग्रान्ड जुरी राखिने छैन । अब अर्को सुनुवाई सेप्टेम्बर १६ का लागि तोकिएको छ । अक्टोबर २४ को प्रारम्भिक सुनुवाइ रद्द गर्नका लागि पनि नरेश भट्टका तर्फबाट दायर गरिएको मोशन गत बिहिबार अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको थियो ।

प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा विहान पौने ९ बजेका लागि ग्रयाण्ड जुरी तय भएको थियो । तर ग्राण्ड जुरी रद्द गर्ने मोशन स्वीकृत भएकाले मुद्दा अझ छिटो प्रकृयामा जानेछ । सुनुवाइमा ममता पक्षका वकिलहरुले नरेशको प्रस्तावमा विरोध नगरेपछि अक्टोबर २४ मा हुने प्रारम्भिक सुनुवाइ छुट दिनका लागि दायर मोशन स्वीकृत गरिएको थियो ।

नरेशको डिफेन्स टोलीले अदालती प्रक्रियालाई गति दिनका लागि प्रारम्भिक सुनुवाइमा छुटको प्रस्ताव गरेको थियो । जसका कारण मुद्दा सीधै अर्को चरणमा अर्थात् ग्राण्ड जूरी सुनुवाइमा गएको थियो । प्रारम्भिक सुनुवाई र ग्रान्ड जुरी रद्द गर्दा अभियोजकहरुलाई थप प्रमाणहरु जुटाउनका लागि कम समय हुनेछ । नरेशलाई विना धरौटी हिराशतमा राखिएकाले नरेशको डिफेन्स टोलीले मुद्दालाई छिटो अगाडि बढाउन चाहेका थिए ।

प्रारम्भिक सुनुवाइ र ग्रान्ड जुरीले मुद्दामा थप ध्यानाकर्षण र चर्चा समेत हुने गर्छ । सम्भवत नरेशको डिफेन्स टिम यसलाई कम गराउने रणनीतिमा रहेको छ । मुद्दा अगाडि सर्दा अभियोजन पक्षमाथि थप दवाव श्रृजना हुनसक्छ । त्यसैले नरेशको डिफेन्स टिमले यही रणनीतिमा ग्रयाण्ड जूरी पनि रद्द गराएको छ । अब सेप्टेम्बर १६ सम्म ममता पक्षका अभियोजकहरुले ठोस प्रमाण वा ममताको शवसहितको प्रमाण फेला पारेर नरेशविरुद्ध हत्याको समेत अभियोग दर्ता गर्नुपर्ने छ।

त्यस दिनसम्म पनि नरेशका विरुद्ध प्रमाणहरु फेला नपरे नरेश जमानतमा छुट्न सक्ने अनुमान गरिएको छ । ममता बेपत्ता घटनाको अनुसन्धान गरिरहेको भर्जिनियाको मनासस पार्क प्रहरीले गत शुक्रबार सिग्नल हिल पार्कमा खोजी गरेको थियो । यद्यपि ठोस प्रमाणहरु भेटिएको विषयमा प्रहरीले केहीपनि जानकारी नदिएको अमेरिकामा रहेर यो घटनालाई नपजकबाट नियालिरहेका पत्रकार गुणराज लुईटेलले जानकारी दिएका छन् ।

उनका लागि बिहीबारको सुनुवाईका क्रममा ममताकी आमा र भाइ पनि अदालतमा उपस्थित भएका थिउ । जहाँ आफ्ना ज्वाईलाई उनीहरु छोरीकै शव लुकाएको अभियोगमा पहिलो पटक हत्कडीसहित देखेका थिए । यसअघिको सुनुवाईमा नरेशलाई अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । न्यायाधीशले नरेश भट्ट भाग्नसक्ने जोखिममा रहेको र समुदायका लागि खतरा भएको विश्वास गर्दै धरौटीमा रिहा गर्न अस्वीकार गरेका थिए ।

प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीले मास्टर बेडरूम र बाथरूममा भेटिएको रगतको मात्राले ममता काफलेलाई जीवित नहुनेगरी चोटपटक लागेको सङ्केत गर्ने अदालतसमक्ष बताएकी थिइन् । यस मामलाका प्रत्येक सङ्केतले ममता अब जीवित नभएको देखिएको र शवबिना नै नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने अभियोजकको भनाई छ ।

यो अभियोग लगाउनका लागि मृत शरीर हुनु आवश्यक भएको तर अहिलेसम्म भएको प्रमाण केबल रगतमात्र भएको उल्लेख गर्दै नरेश भट्टका पक्षका वकिल शालेव बेन अब्राहमले सञ्चारमाध्यमको ठूलो उन्माद भएका कारण पक्राउ गरिएको तथा मानसास पार्क प्रहरी प्रमुख केही गर्न दबाबमा रहेको अदालतसमक्ष बताएका थिए । अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ ।

अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ । उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ ।

भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । अहिलेसम्म ममताको अवस्था अज्ञात छ। प्रहरीले ममता जीवित रहेको कुनै संकेत नरहेको बताएको छ । मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गर्दा उनले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् ।

अगस्ट ५ मा मात्र नरेशले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए । काभ्रेको पनौती घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी २८ वर्षीया ममता काफ्ले हराएको एक महिना बितिसकेको छ । तर अहिलेसम्म शव फेला पार्न नसकेको अमेरिकी प्रहरीले नेपाली नर्स ममता बेपत्ता प्रकरणमा अनुसन्धान गरिरहेको छ । सँगसँगै विभिन्न स्थानमा उनको शव खोजतलास गर्ने कामलाई पनि निरन्तरता दिइरहेको छ ।

Tags: #ग्रान्ड जुरी खारेज

लोकप्रीय

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

शुक्रबार भदौ २७ , २०८२

विचार

थप समाचार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
ताजा समाचार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा
Breaking news

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध
ताजा समाचार

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

शुक्रबार भदौ २७ , २०८२
देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

देउवा र प्रचण्डको घरमा धनको भण्डार, कोठाभरि डढेका पैसा

शुक्रबार भदौ २७ , २०८२
नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

नक्खु कारागारले भन्योः फरार कैदी बन्दी आत्मसमर्पण गर

शुक्रबार भदौ २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.