NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

मेसीले भंग गर्न नसक्ने रोनाल्डोको दुर्लभ कीर्तिमान

शुक्रबार भदौ २१ , २०८१
Reading Time: 1 min read
A A
मेसीविरुद्ध रोनाल्डो कहिले हुन्छ खेल ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ भदौ , एजेन्सी ।

समकालीन फुटबलका महान् हस्तीमध्येका दुई खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी । पछिल्लो दुई दशक यता रोनाल्डो र मेसीसँग तुलना गर्ने खालका नयाँ खेलाडीको उदय पनि भएकै छैन भन्दा फरक नपर्ला ! किनकि, व्यक्तिगत अवार्ड–पुरस्कार, टिमका लागि जितेको उपाधि, गोलसंख्या र रेकर्डमा रोनाल्डो र मेसीकै बर्चश्व छ, अहिलेसम्म पनि ।

स्पेनिस लिग खेल्दाताका यी दुईलाई एकअर्काका प्रतिद्वन्द्वीका रूपमा हेर्ने गरिएको थियो । उनीहरूबीचमा को उत्कृष्ट भन्ने प्रसंगले खेलक्षेत्रमा सनसनी मच्चाउथ्यो । तर, अहिले खेल करिअरको करिब–करिब अन्त्यतिर पुगेका मेसी र रोनाल्डो युरोपियन लिगबाट बाहिरिएपछि उनीहरूबीच त्यति धेरै तुलना गरिँदैन । तर, नाम र दामबाट चर्चित मेसी र रोनाल्डोको तुलना गर्नलायक अरू खेलाडी नभएकै कारणपनि वर्तमान फुटबल जगतमा यी दुईलाई एकआपसमा एक अर्काको प्रतिद्वन्द्वीका रूपमा हेरिन्छ ।

उनीहरू आफैं पनि एकअर्कालाई उछिनेर विभिन्न प्रकारका कीर्तिमान बनाउने ध्याउन्न छन् । हालैमात्र पोर्चुगलका कप्तान रोनाल्डोले अर्को एउटा कीर्तिमान बनाएका छन् । उमेरले ३९ पुग्दा पनि राष्ट्र र क्लबका लागि फुटबलमा प्रभाव कायमै राख्न सफल बनेका रोनाल्डोले नयाँ इतिहास रचेका हुन् ।युरोपियन नेसन्स लिग फुटबलअन्तर्गत बिहीबार राति भएको समूह चरणको खेलमा गोल गरेका रोनाल्डोले करियरको ९००औं गोल पूरा गरे ।

गए राति पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको जित निकालेको थियो । पोर्चुगलको राजधानी लिस्बनस्थित स्टेडियो डी बेन्फिकामा पोर्चुगललाई जिताउन कप्तान रोनाल्डो र डियोगो डालोटले एक–एक गोल गरेका थिए । क्रोएसियाले भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । खेलको ३४औं मिनेटमा गोल गर्दै रोनाल्डोले रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन् ।

रोनाल्डो आफ्नो खेल क्यारियरकै ९०० गोलको कोसेढुंगा पार गरे । यो गोलसँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ । फुटबल क्यारियरमा क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन् । रोनाल्डोले पोर्चुगलका लागि एक सय ३१ गोल गरेका छन् भने क्लब करिअरमा सात सय ६९ गोल गरेका छन् ।

राष्ट्रका लागि दुई सय १३ खेल खेलेका रोनाल्डोले ४५ गोलमा पास पनि मिलाएका छन् । नौ सय गोल पूरा गरेपछि रोनाल्डोले मैदानमा घुँडा टेकेर उत्सव मनाएका थिए । खेलपछि रोनाल्डोले भने, ‘यसले धेरै अर्थ राख्छ । यो एक माइलस्टोन थियो, जुनमा म लामो समयसम्म पुग्न चाहन्थें । म यो नम्बरमा पुग्नेछु भन्ने मलाई थाहा थियो ।’

पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडबाट ४५० गोल गरेका छन् भने इंग्ल्यान्डको म्यान्चेस्टर युनाइटेडबाट १४५, इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सबाट १०१, अल–नासरबाट ६८ र स्पोर्टिङ सिपीबाट पाँच गोल गरेका छन् । उनको यो कीर्तिमान भने मेसीले तोड्न पनि गाह्रो–गाह्रै छ ।

सर्वाधिक धेरै आठ पटकका बालोन डी‘ओर विजेता मेसीले क्लब फुटबलबाट सात सय ३५ र अर्जेन्टिनाका लागि एक सय नौ गोल गरी जम्मा ८४४ गोल गरेका छन् । रोनाल्डोभन्दा मेसी ५६ गोलले पछाडि छन् । मेसीले बार्सिलोनाका लागि सात सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् भने पिएजीका लागि ७५ खेलमा ३२ गोल गरेका छन् ।

यसैगरी, उनले इन्टर मियामीका लागि २९ खेलमा २५ गोल गरेका छन् भने बार्सिलोनाकै एट्लेटिकका लागि २२ खेलमा ६ गोल गरेका छन् । विश्वकप विजेतासमेत रहेका मेस्सीले एक सय ८७ खेल खेल्दा एक सय नौ गोल गरेका छन् । रोनाल्डो र मेसी दुवै आफ्नो खेल करिअरको अन्त्यतिर त छन् ।

सन्न्यास लिने मनसाय भने बनाइसकेका छैनन् । एक–अर्काभन्दा अब्बल देखिन उनीहरूबीच भएको व्यक्तिगत प्रतिद्वन्द्विताले फुटबल इतिहासमा विभिन्न कीर्तिमानहरू बन्दै आएका छन् । जुन, रेकर्ड तोड्न नयाँ खेलाडीलाई असम्भवप्रायः बन्दै गएको देखिन्छ ।

Tags: #क्रिस्टियानो रोनाल्डो#मेसी भन्दा अघि रोनाल्डो#लियोनल मेसी

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

विचार

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज
ताजा समाचार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.