डियाजको गोलमा हारबाट जोगियो कोलम्बिया

डियाजको गोलमा हारबाट जोगियो कोलम्बिया

२२ भदौ, विराटनगर । 

आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा हुने फिफा विश्वकपको छनोट खेलमा कोलम्बियाले बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार बिहान भएको खेलमा कोलम्बियाले पेरुसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

पेरुको लिमामा भएको खेलमा घरेलु टोलीका लागि एलेक्जेन्डर कालेन्सले एक गोल गरे भने कोलम्बियाका लुइस डियाजले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६८औं मिनेटमा कालेन्सले गोल गरेपछि पेरुले सुरुआती अग्रता बनाएको थियो । तर, खेलको ८२औं मिनेटमा डियाजले गोल गर्दै कोलम्बियालाई हारबाट जोगाएका हुन् ।

यसअघि जेम्स रोड्रिग्वेज सम्मेलित कोलम्बियाले हालै सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिनालाई हम्मेहम्मे पारेको थियो । सन् २०२६ को विश्वकप छनोटका ७ खेल खेल्दा एउटा पनि खेल नहार्ने टोली हो, कोलम्बिया ।

अरू टोलीले हार खेपे पनि ऊ सात खेलमा १३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । पेरुले भने विश्वकप छनोटमा हालसम्म एउटा पनि खेल जित्न सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.