NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

US – UK का विदेशमन्त्री किभमा, अजित डोभाल मस्कोमा

बिहिबार भदौ २७ , २०८१
Reading Time: 1 min read
A A
US – UK का विदेशमन्त्री किभमा, अजित डोभाल मस्कोमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ भदौ , विराटनगर।

रुसले इरानी मिसाइल पाएको खबरले अब रुस–युक्रेन युद्ध नयाँ मोडमा पुग्ने विश्लेषण गर्न थालिएको छ । खासमा यो युद्ध थप बढ्ने आशंकाहरु गर्न थालिएको छ । यसबीच अमेरिका र बेलायतका विदेशमन्त्रीहरु एक साथ किभ पुगेका छन् ।

त्यहाँ पुगेर उनीहरुले अब युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने संकेत गरेका छन् । बेलायती विदेशमन्त्रीले रुसलाई इरानले क्षेप्यास्त्र दिएको अवस्थामा अब युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने बहसलाई नयाँ मोड दिएको जनाएका छन् ।

LS Auto

बेलायती विदेशमन्त्री डेभिड ल्यामीले भने, ’रुसभित्र गहिराइसम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र दिनेबारेको बहस अब परिवर्तन भएको छ।’ लन्डनमा भएको वार्तापछि ल्यामी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेनको राजधानी किभ पुगेका थिए र ल्यामीले किभलाई ६० करोड पाउण्ड सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यहाँ उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटे । जेलेन्स्कीले आफ्ना सहयोगीहरूसँग लामो दूरीका क्षेप्यास्त्रहरूको आपूर्ति र प्रयोगको अनुमति दिन लगातार माग गर्दै आएका छन् ।अमेरिका र बेलायतले रुसको गहिराइसम्म प्रहार गर्न सक्ने लामो दुरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अहिलेसम्म अनुमति दिएका छैनन् किनभने त्यहाँ थप युद्धको खतरा छ ।

तर अब यसमा विचार गर्नुपर्ने उनीहरुले बताएका हुन् । ल्यामीले भने, ’इरानले रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरिरहेको छ र अब उसको सेनाले युक्रेन भित्र प्रहार गर्न सक्छ । यो निकै खतरनाक छ । रुस आफ्ना सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ।

“त्यसैले हामीले युक्रेनलाई थप मद्दत गर्नुपर्छ ।’ यता किभमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसंग पनि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले, रुसविरुद्धको युद्धमा कीभको जित “धेरै हदसम्म संयुक्त राज्य अमेरिकाको समर्थनमा निर्भर गर्दछ ।’

यस्तै युक्रेनी विदेशमन्त्री एन्ड्रि सिबिहाले पनि इरानले रुसलाई क्षेप्यास्त्र आपूर्ति गरिरहेको खबर आएका बेला लामो दुरीका क्षेप्यास्त्रमाथिको प्रतिबन्ध हटाउनु आवश्यक भएको बताए । युक्रेनका तर्फबाट यस्ता टिप्पणी अमेरिकाको निर्वाचनभन्दा ठिक दुई महिनाअघि आएको हो ।

निर्वाचनमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किए युक्रेनका लागि चुनौतीपूर्ण हुनसक्छ । ट्रम्पले निर्वाचन जिते भने युद्ध अन्त्य गर्न रुसलाई क्षेत्रीय सहुलियत प्रदान गर्न किभलाई दबाब दिन उनले सहायताको फाइदा उठाउने ट्रम्पका सहयोगीहरूले सुझाव दिएका छन् ।

यस्तोमा जेलेन्स्कीले नोभेम्बरसम्म युद्ध समाप्त गर्ने योजनाको रूपरेखा पनि तयार गर्ने बताएका छन् । उनले रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणले किभको ताकतको अवस्थाबाट सम्भावित वार्तामा प्रवेश गर्न अनुमति दिएको तर्क दिएका छन् ।

युक्रेनले जुनमा स्विट्जरल्यान्डमा ९० भन्दा धेरै मुलुकका नेता र शीर्ष अधिकारीहरूसँग शान्ति शिखर सम्मेलन आयोजना गर्यो तर रुसलाई आमन्त्रण गरेको थिएन । त्यसपछि जेलेन्स्कीले आगामी शिखर सम्मेलनमा मस्कोलाई सहभागी गराइनुपर्ने बताएका छन् ।

कुर्स्कमा भएको आक्रमणपछि क्रेमलिनले वार्तालाई अस्वीकार गरेको छ र युक्रेनले युद्धविरामका लागि यस क्षेत्रको ठूलो हिस्सा सुम्पिन माग गरेको छ । यसबीच भारतका राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभाल पनि रुस पुगेका छन् ।

उनले सेंट पीटर्सबर्गमा आफ्ना रूसी समकक्षी सर्गेई शोइगुसंग भेट गरेका छन् । दुई शीर्ष अधिकारीहरुको बैठकमा यूक्रेन संघर्षको समाधान खोज्ने र त्यसमा भारतको संभावित भूमिकाका बारेमा छलफल भएको बताइएको छ । बुधवार साँझ डोभाल–शोइगुको बैठक ब्रिक्स देशहरुको राष्ट्रीय सुरक्षा सलाहकारहरुको सम्मेलनको क्रममा भएको हो ।

मिडिया रिपोर्ट्सका अनुसार, २३ अगस्तमा किभमा यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीसंग प्रधानमंत्री नरेंद्र मोदीको भेटघाट भएको विषयलाई लिएर पनि डोभाल र शोइगुबीच कुरा भएको बताइएको छ । अजीत डोभालको रूस यात्रा, प्रधानमंत्री नरेंद्र मोदीको यूक्रेन यात्राको अढाई सातापछि भएको हो ।

यूक्रेनी राष्ट्रपति जेलेंस्कीसंगको भेटमा मोदीले रूस यूक्रेन युद्ध तुरन्त समाप्त गर्न अपील गरेका थिए । र भनेका थिए, भारत यो क्षेत्रमा शांति बहालीका लागि सक्रिय भूमिका निभाउन तयार छ । यता रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले पनि रूस–यूक्रेन युद्ध समाप्तिका लागि उनले भारत, चीन र ब्राजीलको मध्यस्थता स्वीकार गर्ने बताएका छन् ।

शनिबार इटलीकी प्रधानमंत्री जियोर्जिया मेलोनीले पनि जेलेन्स्कीसंगको वार्तापछि भारत र चीनले यो युद्धको समाधान खोज्न भूमिका निभाउन सक्ने बताएकी थिइन् । यसबीच भारतका विदेश मंत्री एस जयशंकरले पनि बर्लिनमा जर्मन विदेश कार्यालयको वार्षिक राजदूत सम्मेलनका क्रममा रूस–यूक्रेन युद्धका बारेमा टिप्पणी गरेका छन् ।

यसक्रममा उनले भने, संघर्षको हल निकाल्का लागि रूस र यूक्रेनले युद्धको मैदानबाट बाहिर आएर कुराकानी गर्नुपर्छ । यसका लागि भारत दुवै देशलाई सल्लाह दिनका लागि तयार छ । राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभाल मस्कोमै रहेका बेला जयशंकरको यो टिप्पणी आएको हो ।

यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #चर्चामा इरानी मिसाइल#नेपाल टाइम्स् ट्रेडिंग#युद्ध रोकिन्छ कि थप चर्किन्छ ?

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.