NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट सोमवार साउन ५ , २०८२
मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै सोमवार साउन ५ , २०८२
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
Next
Prev

समाचार

मेटमणिको राष्ट्रघाती अभिब्यक्ति ! पार्टीले सोध्यो स्पष्टीकरण

शुक्रबार भदौ २८ , २०८१
Reading Time: 1 min read
A A
ओलीमाथि लगाए मेटमणिले गम्भीर आरोप
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२८ भदौ ,काठमाण्डौ ।

भारतको अतिक्रमणमा परेका लिपु लेक, कालापानी र लिम्पियाधुरा नेपाली भूभाग हुन् । नेपालको संविधानले नै ती भूभागहरु नेपालको रहेको प्रमाणिक गर्दै देशको नयाँ नक्सालाई आफ्नो अभिन्न अंगका रुपमा स्वीकार गरिसकेको छ ।

तर केही नेता यस्ता छन् जो अहिलेपनि आफ्नो मात्रृभूमिलाई भारतीय भूमि भएको दाबी गर्छन् । उनी हुन् नेकपा समाजवादी पार्टीका उपमहासचिव समेत रहेका प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी ।

पूर्वमन्त्री समेत रहेका चौधरीको यो देशको सार्वभौमसत्ता, स्वाधीन, अखण्डता र संविधानविपरितको अभिब्यक्तिको ब्यापक आलोचना भइरहेको छ । आलोचनाकै बीच उनको दल नेकपा एकीकृत समाजवादीले समेत लिपुलेक कालापानी भारतको हो भनेकोमा उपमहासचिव चौधरीलाई स्पष्टिकरण सोधेको छ ।

भदौ २५ गते एक टेलिभिजनमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतले दाबी गर्छ । भारतको दाबी पुग्छ, उसको दाबी पुग्छ ‘ जस्ता नेपाली भूभाग भारतकै रहेको आशयसहितको अभिव्यक्ति दिएका थिए ।

यसैलाई आधार मानेर नेकपा एसका महासचिव घनश्याम भूसालले चौधरीलाई स्पष्टीकरण सोध्दै लेखेको पत्रमा भनिएको छ, ‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् ।

हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ?’ ‘‘…तपाईंले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ ।

मलाई लाग्छ दावी पुग्छ उसको, दावी पुग्छ, भारतले लिन पाउँछ। (कालापानी र लिपुलेक) भारतको हो नि’ भन्नुभएको रहेँछ’ स्पष्टीकरण पत्रमा भनिएको छ ।चौधरीलाई यसबारे ३ दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने भारतले अतिक्रमण गरेका नेपाली भूभाग नेपालले फिर्ता लिएर छाड्ने बताउदै आएका छन् । चौथो पटक प्रधानमन्त्री बनेयता समेत ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कूटनीतिक संयन्त्रबाट समाधान गर्ने समझदारी भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् । ‘नेपालको संविधानको २०७७ असार ३ मा भएको दोस्रो संशोधनमार्फत नयाँ नक्सा समेटी संविधानको अनुसूची–३ मा राखिएको तथा सीमासम्बन्धी विषयमा हामीबिच अभूतपूर्व राष्ट्रिय सहमति रहेको छ ।

सुगौली सन्धि, १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत काली (महाकाली) नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट रहेको छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारले समेत एक सयको नोटको पुनः मुद्रण गर्दा संविधानमा समावेश नक्सा राख्ने निर्णय गरेको छ । नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीका अनुसार सन् १८५६ पछि भारतले सीमा मिच्न थालेको हो।

सुगौली सन्धिअनुसार काली नदी सीमा हो । भारतले ३० किलोमिटरपूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ भन्न थाल्यो । खास कालीलाई कुटियन्ती नामकरण ग¥यो । त्यसबाट नेपालको सामरिक क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा उता परेको देखाइयो ।

कालापानी र लिपुलेकको स्वामित्व नेपालले दाबी गर्दै आए पनि लिम्पियाधुरालाई चुपचाप त्यागिदिएको थियो। भारतले पनि ती भूभागलाई आफ्नो नक्सामा राख्दै आएको छ। भारतले कुटियन्ती भन्दै आएको नदीलाई नयाँ नक्सामा काली लेखेको छ।

कालापानी, लिपुलेकको ६२ वर्गकिलोमिटर क्षेत्रफल छ। ३१० वर्ग किलोमिटर लिम्पयाधुरा क्षेत्रको कब्जा गरेको छ। कालापानीपछि सुस्ता क्षेत्र बढी समस्याग्रस्त छ। भारतले त्यहाँको १४ हजारभन्दा बढी हेक्टर जमिन मिचेको छ।

वर्षौदेखि कालापानी–लिम्पियाधुरा क्षेत्रमा आफ्ना सेनाहरु राखेर नेपाली भूमि हडपेर बसेको भारतले सन २०१९नोभेम्बर २ मा ति भूभागहरु समेटेर राजनीतिक नक्सा नै प्रकाशित गरेपछि नेपालले त्यसको विरोध जनाएको थियो ।

नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखे पनि सुरुमा नेपालले संवादमार्फत समस्याको निकास चाहेपनि भारतले वेवास्ता गरेपछि नेपालले लिम्पियाधुरा सहितको चुच्चे नक्सा २०७७ जेठ ७ मा जारी गरेको थियो ।

त्यो नक्सालाई नेपालले २०७७ जेठ ३१ मा संसद्बाट पारित गरिसकेको छ । नेपाली भूभागमा भारतको दाबी पुग्छ भन्ने अभिब्यक्ति दिने मेटमणि दाङबाट निर्वाचित सांसद हुन्। उनले शहरीविकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

यसअघि नेपाली अतिक्रमित भूभाग संविधानमा सूचीकृत गर्दा संशोधन प्रस्ताव हाल्दै नेपाली ती भूभाग भारतको रहेको दाबी गर्ने ततकालीन समाजवादी पार्टीकी नेतृलाई पार्टीले नै कारबाही गरेको थियो ।

गिरीले नेपाल सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि समाजवादी पार्टीकी सांसदका रुपमा विरोध गरेकी थिइन । यसैकारण उनलाई सांसदबाट समेत उनको दलले हटाएको थियो ।

Tags: #भारतको अतिक्रमण#मेटमणिको राष्ट्रघाती अभिब्यक्ति#लिपुलेक र कालापानी

लोकप्रीय

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२

विचार

थप समाचार

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो
अपराध

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट
अन्तर्राष्ट्रिय

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
अन्तर्राष्ट्रिय

मोदीको जन्मदिनको अवसरमा ओली भारत जाँदै

सोमवार साउन ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२

हालका पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

अदृश्य हतियारमा जुट्यो पाकिस्तान, मुनिरको प्लान सबैभन्दा खतरनाक

सोमवार साउन ५ , २०८२
अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

अख्तियारले निवर्तमान मन्त्री गुप्तासंग बयान लिने, भोलिलाई बोलायो

सोमवार साउन ५ , २०८२
बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

बंगलादेशमा खस्यो चीनमा निर्मित फाइटर जेट

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.