NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

उद्घाटनको ३ वर्षपछि धरहरा संचालनमा

शुक्रबार भदौ २८ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
उद्घाटनको ३ वर्षपछि धरहरा संचालनमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२८ भदौ ,काठमाण्डौ ।
काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । 
अघिल्लो पटक प्रधानमन्त्री हुँदा समेत कार्यकालको अन्तिम समयमा निर्माण सम्पन्न नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको  उद्घाटन गरेका थिए।  धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।
२०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्री संरचना २२ तलाको छ ।
दुईवटा लिफ्टबाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ । भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ ।
धरहरा परिसरमा प्रशासनिक भवन र सङ्ग्रहालयलगायतका संरचना पनि बन्दैछन् । धरहराको उद्घाटन  तीन वर्षअघि नै भइसकेको हो । यसअघि चौथो पटक  सरकारको नेतृत्व गनौ साथै प्रधानमन्त्रीले काठमाडौं महानगरलाई लक्षित गर्दै धरहरा पालिका विशेषको नहुने भन्दै संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
 संघीय सरकारले संचालन गर्ने भनेको   धरहरामा अहिले  महानगरले पार्किङको व्यवस्था मिलाएको छ । प्रधानमन्त्री ओलीले धरहरा र त्यसको पार्किङ कुनै पालिका (स्थानीय तह) विशेषको नभएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाले आफ्नो हक लाग्ने दाबी गर्दै आएको धरहरा र त्यसको मुनि बनेको भूमिगत पार्किङ क्षेत्रलाई प्रधानमन्त्रीले संघीय सरकार मातहत नै सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।
उनले तयार हुन नपाउँदै धरहराको पार्किङ महानगरपालिकाले खुला गरेकामा असन्तुष्टि जनाएका थिए ।  उनले भनेका थिए ‘अब त्यसलाई सञ्चालन गरिहाल्ने, त्यसलाई कसरी आम्दानीको स्रोत बनाउनुपर्छ, मनोरञ्जन पनि हुन्छ’, उनले भने, ‘कुन मन्त्रालयले कहाँबाट सञ्चालन गर्ने हो, त्यसको छुट्टै कार्यविधि बनाएर यस्ता कुरा सञ्चालन गर्ने हो ।’
आफ्नै पहलमा ‘मै बनाउँछु मेरो धरहरा’ अभियान सुरु गरेर ३६ करोड रुपैयाँ संकलन गरिएको भन्दै प्रधानमन्त्री ओलीले त्यसमा मकै पोलेको पैसा र साग बेचेको पैसा पनि रहेको बताए ।
‘त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गरौं, त्यहाँ लिफ्ट किन खिया लागेर बस्न दिने ?’, उनले भने, ‘युवाहरुलाई ताकत परीक्षण गर्न भ¥याङ पनि छ । धहरहराबाट काठमाडौं कम्ता मनमोहक देखिंदैन, किन सञ्चालन नगर्ने ? ’ हाल पुनर्निर्मित धरहरा क्षेत्रको अधिग्रहणसहित सञ्चालन र भूमिगत पार्किङको परिकल्पना आफ्नै भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले धरहरा चढ्न सरकारले खुला गरिहाल्नुपर्ने बताएका थिए ।
धरहरा क्षेत्रमा काठमाडौँ महानगरपालिकाले  गएको माघ १४ गतेदेखि निःशुल्क पार्किङको व्यवस्था गर्दै आएको छ। काठमाडौँ महानगरले तत्कालको ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्थापन भन्दै धरहरामा पार्किङ गर्ने व्यवस्था मिलाएको छ।
 धरहरा उद्घाटन  जम्मा ४२ प्रतिशत काम सम्पन्न हुँदा २०७८ वैशाखमा ओलीले नै गरेका थिए। ओलीले उद्घाटन गरेकै तीन वर्ष भए पछि धरहरा अस्थायी रुपमा भएपनि सर्वसाधारणका लागि खुला हुन् लागेको हो ।
तीन अर्ब ८ करोड रुपैयाँ लागतमा धरहरा निर्माणको काम  जीआईईटीसी रमण जेभी कम्पनीले गरेको हो  । ओलीले निर्माणाधीन अवस्थामा नै २२ तले मूल टावर बनिसकेको भन्दै ११ वैशाख २०७८ मा धरहराको उद्घाटन गरेका थिए ।
त्यति बेलै ८ महिनापछि धरहरा संचालनमा आउने भनिएपनि ३ वर्षपछि संचालनमा आउन लागेको हो । निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै  तत्कालीन अवस्थामा ओलीको आलोचना समेत भएको थियो  । र यसरी आलोचना गर्नेमा अहिलेको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकै नेता अग्रपंतिमा थिए ।
LS Auto
Tags: #धरहरा#धरहरा चढ्न पाइने

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

World News: पुटिनलाई पागल भन्ने ट्रम्पलाई रुसले दियो जवाफ,नाइजेरियामा ७सय जना मा*रि*ए || Nepal Times

00:15:24

World News: India को मुख्य शत्रु China, Pakistan सुरक्षा समस्या, Putin ‘पागल’ || Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.